You internet speed is slow. Switch to text view mode

Switch
epaper logo
ST

Last Login:
Logout
+
Page 1
Page 2
Page 3
Page 4
Page 5
Page 6
चिट्ठी

महत्त्वाकांक्षी सेना

- नेपाल संवाददाता

कटवाल–काण्डपछि नेपाली सेनाले आफ्नो पेसागत मर्यादा भुलेर व्यापारी मनोवृत्ति बढाउनु शोभनीय होइन (कटवाल काण्डले बढाएको व्यापारिक आकांक्षा, २७ साउन) । शान्ति प्रक्रियापश्चात नेपाली सेना नागरिक नियन्त्रणमा रहनुपर्छ भन्ने आवाज चर्को रूपमा उठेको थियो । तर, रेडियो संचालनदेखि ठेक्कापट्टासम्मका पछिल्ला गतिविधिले सेना व्यारेक अनुशासनबाहिर निस्कन खोजेको देखिन्छ । सेनाको यही अस्वाभाविक कदममा पछिल्ला सरकारहरूको साथसहयोग रहनु दु:खद कुरा हो । दुई तिहाइ जनमतप्राप्त सरकारले बेलैमा नेपाली सेनाको कामकारबाहीप्रति नियमन र नियन्त्रण नगर्ने हो भने आफ्नो पेसागत सीमा तोड्दै सेनाको मनलाग्दी बढ्ने देखिन्छ । बेलैमा सोचौँ ।
- रिमा गुरुङ
रसुवा

सेनाबारे भ्रम नछरौँ
‘कटवाल काण्डले बढाएको व्यापारिक आकांक्षा’, ‘सेनामाथि संसदीय निगरानी खोई ?’ र ‘विवादित महारथी’ लेखमा नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ (सैन्य पुँजीवाद, २७ साउन ।)नेपाली सेना नेपाल सरकारको महफ्वपूर्ण तथा अभिन्न अंग हुनुको साथै नेपाल सरकारबाट प्राप्त जिम्मेवारी नेपालको संविधानको मर्म बमोजिम पूर्णत: पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी (प्राथमिक तथा अन्य कार्य जस्तै : सडक निर्माण, प्रकृति संरक्षण आदि) दृढतापूर्वक प्रचलित ऐन, नियम र कानुन बमोजिम गर्दै आएको ब्यहोरा जानकारी गराउन चाहन्छौँ ।

नेपाली सेनाको दायित्व यस संस्थामा कार्यरत बहालवाला तथा अवकाशप्राप्त सैनिक जवानलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ कल्याणकारी योजना निर्देशनालयले प्रचलित सैनिक ऐनको अधीनमा रही विभिन्न कल्याणकारी गतिविधि गर्दै आइरहेको छ । त्यस्ता कार्य गर्दा सेना पुँजीवादतर्फ लागेको नभई स्वावलम्बी बन्ने कार्यतर्फ लागेको जानकारी गराउँदछौँ । तसर्थ केही व्यक्तिहरूका मनोभावनालाई समेटी आधारहीन खबर सम्प्रेषण गरी आम जनमानसमा भ्रम सिर्जना गर्ने कार्य नगर्न अनुरोध गर्दछौँ ।
- विजयविक्रम बस्नेत
सेनानी, जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा

वामदेवको छटपटी
नेकपा नेता वामदेव गौतमको संसद्मोह उदेकलाग्दो छ (वामदेव रिटन्र्स, २७ साउन) । जनताबाट अनुमोदित प्रतिनिधिलाई राजीनामा दिन लगाएर आफू जसरी पनि स्थापित हुने यो मनोविज्ञान लालचकै अर्को रूप हो । यद्यपि, नेपाली राजनीतिमा वामदेवको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । संसदीय व्यवस्थालाई स्वीकार गरिसकेपछि चुनावी हारलाई समीक्षा गरी जनताको मन जित्नेतिर लाग्नुपर्ने हो नेताहरू । पदलोलुपता त्यागेर पार्टी–निर्माणको सैद्धान्तिक बहसमा लाग्ने हो भने आन्दोलन र क्रान्तिबाट आएका नेताहरूप्रति जनआस्था बढेर जान्थ्यो । तर, वामदेव सत्ताबिना छटपटाउने नेता हुन् भन्ने पुष्टि पो हुँदैछ ।
-निमा थिङ
सिन्धुपाल्चोक

– पाँच दशक राजनीति गरेका वामदेवले आजको राजनीति नबुझेको भान हुन्छ । आज राजनीति व्यक्तिभन्दा पनि काम केन्द्रित छ । कसले कहाँ के गर्‍यो भन्दा पनि कसले आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या सुन्यो र समाधान गर्नेतर्फ पहल गर्‍यो भन्ने कुराले अर्थ राख्छ । पार्टीलाई सहयोग गरेको भरमा नाजायजलाई जायज बनाउन खोज्नु मूर्खता हो र यो मूर्खता वामदेवले  गर्दैछन् ।

पाकेको आँप आफँै खाँदा बलियो भइएला तर चार जनालाई बाँड्दा झनै बलियो हुन सकिन्छ । यस प्रकारको राजनीतिले आफूले लगाएको फल आफैँ खान पाउनुपर्छ भन्ने तर्क गर्छ । परम्परित राजनीतिको फल अरुले खान पाउँदैनन् भन्ने स्पष्ट सन्देश दिन्छ । अब उनी चुनावमा रिटर्न हुनुभन्दा बर्दियाली जनतामाझ रिटर्न हुनु जरुरी  छ ।
- सुशील भट्टराई
गुलरिया, बर्दिया

Page 7
स्मरण

अगमसिंहको आक्रोश

- बैरागी काइँला

उतिबेलाको दार्जिलिङको त्यो समय, कवि अगमसिंह गिरीको थियो । भानुभक्त प्राइमरी स्कुलका प्रधानाध्यापक थिए । उनको स्कुलमा पनि छुट्टीका बेला गोष्ठी र भेटघाट भइरहन्थ्यो । स्कूले विद्यार्थी छँदै पनि भाग लिएको थिएँ ।

धेरै अग्रज भएकाले म उनको छेउ परिहाल्न हच्कन्थँे । उनको आफ्नै साहित्यिक जमात थियो । साँझ परेपछि नियमित सुरापान गर्थे भन्ने सुन्थेँ । तर, पिएर लरबराउँदै हिँडेको कहिल्यै भेटिनँ । पिएर कसैसँग झगडा गरेको पनि थाहा पाइनँ । पियक्कड त थिए तर भलाद्मी ।

सन् १९५४ मा दार्जिलिङ पढ्न पुगेपछि त्यहाँको वातावरणले मलाई साहित्यतिर घिसार्‍यो । स्कुलको वार्षिक मुखपत्र र होस्टेलमा बस्ने छात्रहरू मिलेर निकालेको हस्तलिखित पत्रिका आँसुले लेख्न प्रेरित गर्दै लग्यो । गिरीकै शैलीमा पनि कविताहरू लेखेँ । छन्दबद्ध कविता पनि लेखेँ ।

उसबेलाका नामचलेका अच्छा राई रसिक र अरू हास्यव्यंग्यकारको सिको गर्दै हास्यव्यंग्य निबन्ध र भारतीमा समस्यापूर्ति कविता लेखेँ । अरू पनि नामी कविहरू थिए तर गिरीका कविताले झैँ विह्वल र आल्हादित तुल्याउन सकेन । स्कुलमा राम्रा गुरुहरूले नेपाली र अन्य विषय पढाए । म पुग्दा सूर्यविक्रम ज्ञवाली प्रधानाध्यापक थिए । बाबुलाल प्रधान, परशुराम रोका, हर्कबहादुर कुमाई, रामचन्द्र गिरी आदि साहित्यकार शिक्षक थिए ।

सन् १९५५ मा गिरीको खण्डकाव्य याद छापियो र १०/१५ प्रति लिएर हामी बसेको कर्माइकल होस्टेलमा गिरीजी अर्का कवि निर्मल प्रधानसँग आएको सम्झन्छु । ‘बेचिदिनू है भाइहरूले’ भनेका थिए । हामीले पनि केही प्रति याद बेचेर सहयोग गरेका थियौँ । करुण रसको त्यो भन्दा मनछुने मीठो कविता त्यसअघि मैले फेरि पढेको थिइनँ–जीवन क्षणको स्वप्न जगाउँदै आयो निर्मम याद ।

सधैँ दौरा–सुरुवाल, कोट र टोपी लाउने अगमसिंह गिरीको व्यक्तित्व आकर्षक र प्रभावशाली लाग्थ्यो । नेपालीत्व अगमसिंह गिरीको जीवन र काव्यको आदर्श थियो । उनका प्राय: गीत र कविता नेपाली जातीय भावनाले भरिएका हुन्थे । मुगलान भासिएका नेपालीको दु:ख, पीडा, गरिबी र तिनबाट मुक्तिको चाहले लेखिएका उनका कवितामा आफ्नो भूगोल, माटोप्रति अगाध प्रेम र निष्ठा नै प्राणतत्त्व हुन्थ्यो । नेपालीत्व उनको जीवन र काव्यको आदर्श थियो । सदा शोषित, उत्पीडित र सबै थोकको पहुँचबाट बाहिर सीमान्तमा बाँच्नु वाध्य पारिएका पहाडका नेपालीको नागरिक र मानवअधिकार, तिनको जातिप्रेम र अस्तित्वको दाबीका लागि स्वर बुलन्द गर्ने कवि थिए, गिरी ।

माटोको माया बिर्सेर यहाँ जिउनु पो केको सारपहाडकी रानी दार्जिलिङलाई माया छ बारम्बार ।।
पहिले कमानमा पैसा फल्छ भन्दै नेपालका कुनाकन्दराबाट दार्जिलिङ चियाबगानमा काम खोज्दै नेपालका मानिसहरू पुग्थे । तर, के साँच्चै चियाको बोटमा पैसा फल्थ्यो र ?
नियाली हेर हामीलाई भिजेका छैनन् परेली आँसुले गह भिजाए . . . अरूले निर्धा सम्झेलान् ।
बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर अरूका सारमा हाँसेको आँसुका घुट्का पिएर ।
उनका अरू पनि कृतिहरू छापिए । आत्मव्यथा (१९५९), जीवनगीत (१९६०) आँसु (१९६८), युद्ध र योद्धा (१९७०) उनकै जीवनकालमा प्रकाशित कृति हुन् । उनको निधनपछि छापिएको कृति हो, जलेको प्रतिविम्ब रोएको प्रतिध्वनि (१९७८) ।

नौलाख तारा उदाए ... गीतका अमर गीतकार अगमसिंह गिरी मात्रिक छन्दमा मात्र नभएर गद्य कविता पनि लेख्थे । उनको तेस्रो आयाम (१) मा ‘ चिहान यहाँ बोलिरहेछ’ गद्य कविता प्रकाशित भयो । त्यस पत्रिकाको पाठक प्रतिक्रियामा गिरीको कविताको टिप्पणी थिएन । त्यसैले उनी हामीसँग रिसाए । ... ‘रेलिङमा घस्रँदै मान्छे हिँड्छ, साँझको बेला, आकाशमा बादल लागेको छ ।’
‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?’ रिसाएजस्तो व्यंग्य गरे गिरीजीले एक साँझ ममाथि । मैले त नबोली जितेँ । मसँग उनको पेच पार्ने कुरा गरेको यही नै पहिलो र अन्तिम थियो होला । एउटा धारको नेतृत्व गरेर प्रतिष्ठित भएका, कहलिएका सर्जकको अहम्मा हाम्रा गतिविधिले चोट पुगेछ । गिरी साहित्यमा अलिकति मात्र रुचि हुनेका लागि उत्प्रेरक थिए । विभिन्न गोष्ठी आयोजना गर्थे र बोलाउँथे । साहित्यिक गतिविधिका अभियन्ता थिए । त्यसैले दार्जिलिङे साहित्यिक वातावरणमा रमाएका सबै उनको नेतृत्वप्रति अनुगृहीत रहनेछन् ।

Page 8
विदेशबाट

नोट कोरे कारावास

- नेपाल संवाददाता

च्यातेर, कोरेर वा जलाएर नेपाली नोट बिगार्ने १ भदौदेखि कारबाहीमा पर्ने भएका छन् । त्यस्ता व्यक्तिलाई तीन महिनासम्मको जेल सजाय वा पाँच हजार रुपियाँसम्म जरिवाना हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसअघि पनि त्यस्ता कार्य गर्नेलाई कानुनी दायरामा ल्याइने भनिएको थियो । तर, कार्यान्वयन अभावमा उक्त कार्य सम्पन्न हुन सकेको थिएन । यसपालि भने यसलाई कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकका अधिकारीले जानकारी दिएका छन् ।

एक तथ्यांक अनुसार नेपाली बजारमा अहिले करिब ४ खर्ब ५८ अर्ब बराबरका नोट चलनचल्तीमा छन् । त्यसमध्ये ३० प्रतिशत नोट काम नलाग्ने अवस्थामा छन् । भारतीय समाचार संस्था आईएएनएसले लेखेको छ, ‘जनताकै लापरबाहीका कारण नेपाली नोटको आयु घट्ने गरेको थियो । नयाँ नियमसँगै नोट प्रयोगमा सबै सचेत हुने निश्चित छ ।’

तस्बिरमा इतिहास

सरर ट्रली बसैमा...

- नेपाल संवाददाता

 

चार दशकअघि भक्तपुरको सूर्यविनायकस्थित ट्रली बस स्टप ।

 

साताका चर्चित

साताका चर्चित

- नेपाल संवाददाता


मीन भाम
फिल्मकर्मी
निर्माणाधीन चलचित्र ‘चिसो वर्षा’ ले स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार युरोको आर्ते किनो इन्टरनेसनल प्राइज पाएकाले ।


जेमिन महर्जन
कराँते खेलाडी
बंगलादेशमा आयोजित शेख कमाल स्मृति अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेकाले ।




किरण खरेल
कवि तथा गीतकार
अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा महानन्द साहित्य सम्मान प्राप्त गरेकाले ।

 


शुभशंकर कँडेल
सञ्चार व्यवसायी
नेपाल मिडिया सोसाइटीको अध्यक्षमा निर्वाचित भएकाले ।

Page 9
सोझै

सोझै

- रवीन्द्र मानन्धर

सोझै

 

तथ्यचित्र

लैंगिक अनुपात

- नेपाल संवाददाता

लैंगिक अनुपात

सुर बेसुर

सुर बेसुर

- नेपाल संवाददाता

विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ लाई ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको हो । जसले कानुन उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ । गृहमन्त्रीको काम कानुन कार्यान्वयन गर्ने, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो ।

रामबहादुर थापा ‘बादल’
गृहमन्त्री
अनलाइन खबर

Page 10
परिहास

पहिले अहिले

- सुरेश किरण

पहिले :
पहिले मतलब, केही वर्ष पहिले । हामी आफ्ना माग लिएर सरकारकोमा डेलिगेसन जाने गथ्र्यौं । हामी भन्या पार्टी पनि होइनौँ, विपक्षी पनि होइनौँ, केही पनि होइनौँ । आफ्नो कुनै माग छ भने भन्ने त सरकारलाई नै हो । हाम्रा माग लिएर जाादा मन्त्रीहरू भन्ने गर्थे– हेर्नोस्, तपाईंहरूको माग अत्यन्त सान्दर्भिक छ । मेरो त यसमा पूरा समर्थन छ । तर, त्यो पूरा गर्न सकिने अवस्था छैन ।

‘किन मन्त्रीज्यू ?’ हामी सोध्ने गथ्र्यौँ ।मन्त्रीज्यू भन्नुहुन्थ्यो, ‘हेर्नोस्, अल्पमतको सरकार छ । कुन बेला ढल्छ भन्नै सकिादैन । तपाईंको माग पूरा गर्दागर्दै सरकार गिरिसकेको हुन्छ । यो अस्थिरताले गर्दा तपाईंहरूको माग पूरा गर्छु भन्न सक्दिनँ ।’

अहिले :
अहिले मतलब देशमा स्थिरता आएको अहिलेको समय । हामी आफ्ना मागहरू लिएर फेरि मन्त्रीज्यूकोमा जान्छौँ । माग अघि सार्छौं । सबै माग पढिसकेपछि मन्त्रीज्यूले हामीतिर नजर लगाउनु हुन्छ । अनि, भन्नुहुन्छ, ‘यो माग त पूरा गर्न सकिादैन । अहिले यतातिर ध्यान दिने सरकारको फुर्सद छैन ।’हामी भन्छौँ ‘किन सकिादैन मन्त्रीज्यू ?’

मन्त्रीज्यू भन्नुहुन्छ, ‘हेर्नोस्, देशमा बल्लबल्ल राजनीतिक स्थिरता आएको छ । सरकारको पूरै ध्यान समृद्धितिर छ । अहिले यो हाम्रो प्राथमिकताको विषय होइन ।’हामी जोड गर्छौं, ‘हैन मन्त्रीज्यू, यति माग जसरी भए पनि पूरा गर्नुपर्छ ।’मन्त्रीज्यू कड्किनुहुन्छ, ‘के रे ? सरकारलाई दबाब दिनुभएको ? दुई तिहाइ बहुमत भएको सरकार हो यो । यसरी दबाबले चल्दैन बुझ्नुभो ? ल जानुस् ।’

परिहास

सैनिक मल

- सुरेश किरण

काठमाडौँको मुटुमै शाही नेपाली सेनाको बिजनेस मल पनि खुल्ने भएछ । त्यही मलमा रहेको दन्त अस्पताल त सुरु नै भइसक्यो । अरु मल र यो मलमा फरकै यही हो । अरु मलमा भए पसलहरूसाग सिनेमा हल हुने गथ्र्यो । यहाा चाहिा पसलहरूसागै अस्पताल रहन गएको छ । बिजनेस कम्प्लेक्समा अस्पताल ! नयाा प्रयोग हो ।

अब जहाासम्म बिजनेस मलको कुरा छ, सेनाको मल भनेपछि त्यहाा कस्तो पसल राखिन्छ होला ? यो भने सोच्नै पर्ने हुन्छ । सेनाको मल भने पछि त्यहाा सैन्य वस्तुकै पसल राखिनु पर्‍यो । जस्तो कि बम, गोला, गोली, पेस्तोल, राइफल, बन्दुक, म्याग्जीन, मोर्टार, मेसिन गन, जिलेटिन आदि । यस्तो सामान अरु कुन मलमा किन्न पाइन्छ र ? कहीँ पनि पाइादैन । पाइने भनेको सैनिक मलमै हो । यदि सैनिक मलमा यस्ता सामान किन्न नपाइने हो भने त्यो अरु पैसा कमाउन खोलिएको मलभन्दा कहाा फरक हुन्छ ?

परिहास

उत्कृष्ट शिक्षा

- सुरेश किरण

न्यायाधीशहरूको शैक्षिक विवाद फेरि बाहिर आएको छ । स्कुल शिक्षामा फेल भएका वा पासै भए पनि अत्यन्त कम नम्बर ल्याएका विद्यार्थीहरू अहिले सर्वोच्च अदालतमा न्यायाधीश भएका रहेछन् । कोही कोही त जााचमा फेल भएकाले नक्कली सर्टिफिकेट बनाएर पनि न्यायाधीश खान आएका रहेछन् । यसले गर्दा न्यायाधीशहरूको शैक्षिक योग्यतामा निरन्तर प्रश्नहरू उठाउन थालिएको छ ।

गहिरिएर हेर्ने हो भने यो न्यायाधीशहरूको शैक्षिक योग्यतामा प्रश्न उठाउने विषय नै होइन । यो त हाम्रो शैक्षिक गुणस्तरको प्रमाण हो । हाम्रो शिक्षाको गुणस्तर नै यति उत्कृष्ट छ कि एसएलसी फेलै भए पनि त्यसले विद्यार्थीलाई न्यायाधीशसम्म बन्न सक्षम बनाउाछ । पास भएको भए त अझ के बन्ने हुन्, त्यो अर्कै कुरा भयो । फेलै भए पनि ठूलो पदमा पुग्न त्यसले रोक्ने छैन ।

स्कुलमा आठ कक्षा मात्रै पढेको विद्यार्थी अहिले मेडिकल कलेज चलाएर बसिरहेको त हामीले देखेकै छौँ । त्यो पनि हाम्रो शिक्षाको उत्कृष्ट गुणस्तरकै कमाल हो । उच्च शिक्षासम्म जानै पर्दैन । सामान्य कक्षा नै काफी छ । त्यसैले न्यायाधीश श्रीमान्हरूले कम नम्बर ल्याए भनेर खिसी नगर्नुस् । कम नम्बर ल्याए पनि उहााहरूलाई न्यायाधीश बनाउन सक्ने शिक्षा प्रणालीमा गर्व गर्नुस् ।

Page 11
परिहास

पानीजहाजको सम्भाव्यता

- सुरेश किरण

प्रधानमन्त्री केपी ओलीले पानीजहाज चलाउने योजना ल्याएपछि देशभरि त्यसैको चर्चा छ । यसै क्रममा काठमाडौँ उपत्यकामा पानीजहाज चलाउन सम्भव छ कि छैन भन्ने विषयमा पनि एउटा एनजीओले सम्भाव्यता अध्ययन गरेको रहेछ । हालै त्यसको प्रतिवेदन पनि सार्वजनिक भएको छ । प्रतिवेदनको निष्कर्षचाहिा यस्तो रहेछ – उपत्यकामा पानीजहाज चलाउने सम्भावना छ । उपत्यका पानीजहाज सञ्चालनको लागि अत्यन्त उपयुक्त ठाउा पनि हो । पानीजहाज चलाउन सबैभन्दा नभई नहुने तफ्व पानी हो । उपत्यकामा पानीको सम्भावना प्रशस्तै रहेछ । हरेक वर्षा याममा त्यो पुष्टि हुादै आइरहेको छ । हामीले गत दस वर्षको रेकर्ड हेर्दा हरेक वर्षा याम उपत्यकामा पानीजहाजको लागि उपयुक्त वातावरण बन्ने गरेको देखिन्छ । यो चार महिनाको वर्खे समयलाई बढाएर आठ महिने पुर्‍याउन सकिन्छ । उपत्यकामा रहेका केही ढलहरू बन्द गरिदियो भने त्यो वातावरण तयार हुन्छ । ढल बन्द गर्न हामीलाई नगरपालिका, महानगरपालिकाहरूले सहयोग गर्नेछ । वास्तवमा उनीहरूको कामै ढल बन्द गर्ने रहेछ । यहाा बग्ने नदीहरू पहिल्यै अतिक्रमण भइसकेको कारणले बेला–बेला नदीहरू बहुलाउने सम्भावना पनि प्रशस्तै छ । अत: सरकारले अनुदानै दिएर भए पनि साझा, मयूर, संयुक्त, नेपाल, मकालु, अग्नि वा यस्तै कुनै यातायात कम्पनीलाई पानीजहाज चलाउने लाइसेन्स दिए पनि हुन्छ । बरु पानीजहाजमा सिण्डिकेटवालाहरूको आाखा नजाओस् ।

झटारो

के नक्कली, के सक्कली

- लक्ष्मण गाम्नागे

एकपछि अर्को गर्दै प्रधानन्यायाधीशका शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रहरू शंकाको घेराबन्दीमा परिरहेका छन् । प्रमाणपत्रकै कारण प्रधानन्यायाधीशहरूको जागिर जान थालेपछि रोलक्रममा रहेका न्यायाधीशहरूको मन पनि आत्तिएको होला । विभिन्न संवैधानिक निकायमा जान इच्छुक धेरै उम्मेदवारहरू हिस्रिक्क भएका होलान् । प्रमाणपत्र छानबिनको नाममा विशिष्ट तहमा यस्तो त्रास सिर्जना गर्नु उपयुक्त हुँदैन । सुनुवाइ समितिले व्यावहारिकता पनि हेर्नुपर्छ ।

अहिले राज्यसत्ताको उपल्लो तहमा पुगेर ठूला–ठूला नियुक्ति पाउने अवस्थामा जो पुगेका छन्, उनीहरूको स्कुल–कलेजको पढाइ कस्तो थियो समितिले विचार गर्नुपर्छ । बाख्रा चराउँदै, घाँस काट्दै, हलो जोत्दै, डल्ला फुटाउँदै, भैंसीका डडाल्नमा बसेर फर्मुला घोक्तै पढेका ती महान् अग्रजहरूका प्रमाणपत्र नक्कली नै रहेछन् भने पनि नक्कली भन्नु हुँदैन, मान्यता दिनुपर्छ ।

सबैलाई थाहा छ, त्यो बेला एसएलसीमा राम्रो गर्नेहरू डाक्टर इन्जिनियरतिर लाग्थे । ठीकठीकैहरू कमर्शतिर लाग्थे । मरीतरी पास हुने, दुइटा–तीनटा मार्कसिट हुनेहरू मानविकी वा कानुनतिर लाग्थे । प्रमाणपत्र कसैगरी हात पार्न नसक्नेहरू खेतीपाती वा राजनीतितिर लाग्थे । दुवैतिर जाँगर नहुनेहरूले छिमेकी राष्ट्रतिरबाट प्रमाणपत्र ल्याएर भए पनि उच्च शिक्षा पढेर देशको सेवा गर्थे ।

न्यायाधीशहरूको केसमा पनि यस्तै भएको हुनसक्छ । उनीहरू घुँडा धसेर भए पनि, घुँडा टेकेर भए पनि जागिरमा लागेका होलान् । जागिर पाउनलाई, बढुवा हुनलाई जहाँबाट जसरी भए पनि ल्याएर प्रमाणपत्र पेश गरेका होलान् । धेरैतिरबाट प्रमाणपत्र बटुल्दा तिथिमितिमा एकरूपता भएन होला । फेरि कसैले जागिर खाने बेलामा पछि कुनै संवैधानिक निकायको प्रमुख होइएला, संसदीय सुनुवाइ भन्ने माखेसाङ्लोमा फसिएला भनेर सोचेको पनि त हुँदैन । त्यसैले यसमा पराजुली वा जोशी दोषी छैनन् । खास दोषी त्यो समयको परिस्थिति हो, सरकारको शिक्षा नीति हो । उनीहरूलाई पढाउने मास्टरहरू, परीक्षामा पास गराउनेहरू, नक्कली मार्कसिट र प्रमाणपत्र बनाइदिनेहरू, जागिर दिने, सिफारिस गर्ने, गलत फैसला गर्न प्रेरित गर्ने बिचौलियाहरू, गलत फैसला गर्दा पनि पुरस्कृत गर्ने निकाय दोषी हुन् । व्यर्थै सम्माननीयहरूलाई बलिको बोको नबनाइयोस् ।

अहिलेकै काण्डमा पनि जोशीजीलाई अयोग्य प्रमाणित गर्ने कुनै आधार देखिँदैन । सुनवाइ समितिले सोधेका सबै प्रश्नका उत्तर उनले दिएकै रहेछन् । विभिन्न थरिका प्रमाणपत्र कहाँबाट आए भनेर सोध्दा ‘कहाँबाट आए–आए छानबिन गरिपाऊँ’ भनेकै रहेछन् । उनका राम्रा राम्रा फैसलाहरू पिठ्युँपछाडि लुकाएर नराम्रा–नराम्रा फैसलालाई नजिर बनाएर उनको योग्यतामाथि प्रश्न उठाइएको रहेछ । न्यायाधीशजस्तो मान्छे बेन्चमा किन निदाउँछ ? सुनुवाइ समितिले यसको खोज अनुसन्धान गर्ने, उपचार गर्ने, अदालतमा बेन्चको सट्टा पलङको व्यवस्था गर्न निर्देशन दिनुपर्नेमा उनको निद्रालाई अयोग्यताको आधार बनाइएको रहेछ । उनीमाथि सरासर अन्याय भएको रहेछ ।

यसरी भित्रभित्र पसेर खोतल्न थाल्ने हो भने मन्त्री, प्रधानमन्त्री, सांसद, सचिवलगायत हामी धेरैका योग्यता र प्रमाणपत्रमा त्यसैगरी धमिरा लागेको भेटिन सक्छ । त्यसैले यो सुनवाइ गर्ने प्रावधान एकदमै खतरानाक देखियो । सुनवाइ र छानबिन गर्दै जाँदा प्रधानन्यायाधीश मात्र होइन संवैधानिक निकायको प्रमुख बनाउने मान्छे नै भेट्टाइएन भने राष्ट्रमा कत्रो संकट आउला ! अत: यो संसदीय सुनवाइको व्यवस्था तुरुन्त खारेज गरेर मुलुकलाई संकटमा फस्नबाट जोगाऔँ । लहरो तानेर पहरो लडाउने काम गर्दै नगरौँ ।

Page 12
प्रदेश

महलीसागरको मर्का

भारतीय बाँधबाट नेपाली धानबाली बर्सेनि डुबानमा
- मनोज पौडेल

भगवानपुरका पीडित किसान

तौलिहवा - साउनको तेस्रो साता ५ सय ५४ नम्बरको सीमा–स्तम्भनजिक कृषक मोहम्मद रहिश एकपटक रोपिसकेको खेतमा पम्सेट चलाएर दोस्रोपटक रोप्न पानी फाल्दै थिए । अर्का कृषक परशुराम यादव २ कट्ठामा दोस्रोपटक रोपाइँ गर्दै थिए । बाँध पीडित भगवानपुरका शान्ति यादव पानी नपर्दा आकाशतिर हेरेर बस्छन्, धेरै पानी परे लालाबाला र घर जोगाउन मुस्किल पर्छ । “बढी वर्षा भएको ४ घन्टामा डुबान हुन्छ” यादव भन्छन्, “वर्षा भएन भने धान पनि हँुदैन ।”

दुई दशकयता यहाँका किसानले कहिल्यै राम्ररी अन्नबाली स्याहार्न पाएका छैनन् । अहिले महलीसागरमा सन् १९०१ मा बनाइएको पुरानो ५ ढोके बाँध र ०५९ मा निर्माण थालिएको नयाँ १५ ढोके बाँध (ढोका मात्र राख्न बाँकी) छन् ।

भारतले सीमा क्षेत्रमा बनाएको ढोका मात्र राख्न बाँकी महलीसागर बाँधको १५ फाटकमा एक मिटर चौडा र डेढ मिटर लम्बाइको मोटामोटा सालको पटरा राखेर पानी छेकेपछि असार दोस्रो साता नेपालतर्फको तीन हजार हेक्टर धानबाली डुबानमा परेको छ । सदरमुकाम तौलिहवादेखि करिव १० किमि दक्षिण यशोधरा गाउँपालिका ५ भगवानपुर गाउँदेखि ३ सय मिटर दक्षिणमा पर्ने भारतको सिद्धार्थनगर जिल्लाको महली गाउँमा उक्त बाँध निर्माणाधीन छ । महिना दिनअघि नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले उक्त अस्थायी संरचना निर्माण गरेको थियो ।

नेपाली प्राविधिकका अनुसार महलीसागर बाँधका कारण गाउँपालिकाको भगवानपुर, कचरिहवा, रंगपुर, भैईसहिया, लोहरौली र पर्सोहिया गाउँ प्रभावित हुन्छन् । बाँधकै कारण उक्त क्षेत्रमा नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमा–स्तम्भ पनि डुबानमा पर्दै आएको छ । समस्या समाधान गर्न बारम्बार प्रशासनलाई घचघच्याउँदै आए पनि द्विदेशीय कुरा भएकाले माथिल्लो स्तरबाट यसको समस्या समाधान गर्नुपर्ने यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डे बताउँछन् । पीडित कृषकलाई गाउँपालिकाबाट हुन सक्ने राहत दिने उनको भनाइ छ । भारतको सीमा सुरक्षा बल (एसएसबी)ले पहरा दिने बाँधको विषयलाई लिएर विवाद हँुदा भारतीय पक्षले बाँधको मर्मत सम्भारको दाबी गर्दै आएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भारतीय ड्रेनेज डिभिजन कार्यालयलाई पत्राचार गरेर डुबान हटाउन आग्रह गरेपछि निकास खोलिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलको भनाइ छ ।

Page 13
प्रदेश

‘सरकारले हेरेको भए यस्तो हुन्थ्यो ?’

९ सय ७१ बाढीपीडित परिवारको समस्या ४ वर्षसम्म उस्तै
- कलेन्द्र सेजुवाल
शिशुसँगै पालमा सुतिरहेकी सुत्केरी निर्मला नेपाली

सुर्खेत - सुर्खेत, लेखपराजुलका मिस्त्री सुजन विकले सिन्धुपाल्चोकमा भूकम्पपीडितका ५० घर ठड्याए । उनी बाढीपीडित भन्ने बुझेपछि स्थानीयले सोधेछन्, ‘हाम्रो त बरु जग्गा छ, तिमीहरूको त्यही जग्गा पनि बाढीले बगाएछ, सरकारले हेरेन ?’ उनी नाजवाफ । सुर्खेत फर्केका बेला विरक्तिए, “सरकारले हेरिदिएको भए चार वर्षसम्म सडक छेउमै बास हुन्थ्यो ?”

०७१ साउनको बाढीपहिरोबाट विस्थापित सुजनजस्ता थुप्रै पीडित रोजीरोटीका लागि सिन्धुपाल्चोक, गोरखा, काठमाडौँ, धादिङ, दोलखालगायत जिल्लाका भूकम्पपीडित बस्तीमा गएर घर बनाउने काम गरिरहेका छन् । सरकारी अनुदानका घर बनाइरहँदा उनीहरूको मनमा उठ्ने साझा प्रश्न हो– पीडा एउटै तर सौतेनी व्यवहार किन ?

भूकम्पपीडितभन्दा अघि घरबासविहीन भएका सुर्खेतका ९ सय ७१ परिवारको बास अहिले पनि टहरोमै छ । सिन्धुपाल्चोक गएर भूकम्पपीडितका ६ घर बनाएका इत्रामखोलाका बाढीपीडित भक्तबहादुर शाही भन्छन्, “उता हामीजस्तै पीडितलाई सरकारले घर बनाउन पैसा दियो, हामी गएर घर बनाइदियौँ । यता फर्केपछि भने चार वर्ष पुरानो पालभित्र बस्नुपर्‍यो ।” सुर्खेत, बाँके, बर्दिया र दाङका बाढीपहिरोबाट विस्थापितका लागि घर बनाइदिन सरकारले ४ असार ०७२ को मन्त्रिपरिषद् निर्णयबाट ‘निजी आवास पुनर्निर्माण अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७३’ मा बाढीपीडितलाई भूकम्पपीडितसरह घर निर्माणका लागि प्रतिपरिवार तीन लाख रुपियाँ अनुदान दिने उल्लेख छ । जग्गा नभएका हकमा घडेरी खरिद गर्न थप ५० हजार रुपियाँ उपलब्ध गराउने भनिएको छ ।

सुर्खेतका सूचीकृत बाढीपीडितमध्ये २ सय ५५ को मात्र घर बनाउनलाई जग्गा छ भने ७ सय १६ परिवार जग्गाविहीन छन् । इत्रामखोलाकी बाढीपीडित बिस्ना शाही भन्छिन्, “सरकारले एकातिर घर बनाउन राहत दिने भन्यो, अर्कोतिर कागजी गाँठैगाँठा हालेर नदिने नीति पनि बनायो ।” जग्गा नभएकामध्ये ४ सय ६४ ले मात्र पहिलो किस्ता भुक्तानी त लिए तर, घर बनाउन भने पाएनन् । बाढीपीडितका अनुसार घर बनाउने प्रक्रियामा कार्यविधिमा थप तीन गाँठा हालिएका छन् । पहिलो किस्ता ५० हजारबाट जग र प्लिन्थसम्म कार्य सम्पन्न गर्नुपर्ने, उक्त निर्माणको प्राविधिक प्रतिवेदनपछि दोस्रो किस्ताबापत १ लाख ५० हजार दिइने र दोस्रो किस्ताबापत डिजाइन नमुना अनुसार काम भएको प्रतिवेदनपछि मात्र अन्तिम किस्ताबापत एक लाख रुपियाँ दिइने उल्लेख छ ।

पीडितका अनुसार पहिलो किस्ता लिएका अधिकांशले डिजाइन नमुना बमोजिम घरको जग हालेका छन् । तर, सरकारी निकायले प्रक्रिया अगाडि बढाइदिएन । इत्रामखोलाकी ओमकुमारी ओली भन्छिन्, “अहिले त उठाएको जग पनि भत्किसकेको छ, अब यसमा दोष कसलाई दिने ?” कार्यालयका इन्जिनियर झंक थापाका अनुसार आव ०७३/७४ मा १० करोड रुपियाँ आएकामा तीन करोड मात्र खर्च भयो, बाँकी फिर्ता । गत आर्थिक वर्षमा त एक रुपियाँ पनि आएन ।

Page 14
Page 15
सुप्पत बात

दलालतन्त्रमा समृद्धिको गफ

- सुरेन्द्र लाभ

आज देशमा चारैतिर समृद्धिको कुरा गुञ्जायमान छ । धेरै लामो अस्थिरता पश्चात स्थिरता आएकाले समृद्धिको एजेन्डाले प्राथमिकता पाउनु स्वाभाविक पनि हो । संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारसम्म यदि कुनै साझा मुद्दा बनेको छ भने त्यो समृद्धि नै हो । यस अर्थमा देशले ठूलो अवसर पाएको छ ।

 

यो विषय तलसम्म कति पुगेको छ, जान्न मन लाग्यो । सप्तरी जिल्लाको खेतमा धान रोपाइँ गरिराखेका एक किसानसँग सोधँे– ‘समृद्धिको कुरा सुन्नुभएको छ ?’ उनले जवाफ फर्काए, “खै, म त गरिब मान्छे, मलाई केही थाहा छैन ।” यही प्रश्न धनुषा जिल्लाका एका रिक्सा चालकसँग सोधेँ । उनको उत्तर पनि त्यस्तै थियो– “हामी जस्तालाई के थाहा हुनु ?” पर्सा जिल्लाका एक कारखानामा काम गर्नेसँग पनि यही प्रश्न सोधेँ । र, जवाफ फेरि उस्तै आयो– “तपार्इंहरू जस्तालाई यस्ता कुराको जानकारी हुन्छ ।” भाषा र शैली फरक भए पनि आशय एउटै थियो । जसको समृद्धिको कुरा गरिन्छ, त्यसै वर्गलाई केही जानकारी नहुनु आफँैमा अचम्म लाग्ने विषय भयो । के यो नेताहरूको भाषणको विषय मात्र हो अहिलेसम्म ? अथवा समृद्धि गरिबहरूको सरोकारको विषय नभएर धनीहरूको सरोकारको विषय हो ? कसको समृद्धिको कुरा गरिँदैछ ?


विकासको प्रतिफल पाउन समय लाग्छ, यो सही हो । तर कम्तीमा संकेत त देखा पर्नु पर्‍यो । केही लक्षणको अनुभूति त हुनुपर्‍यो । आज पनि गरिबहरू आफ्नो गरिबीलाई भाग्यसँग किन जोडिरहेका छन् ? यो समृद्धिको एजेन्डामा उनीहरूको कुनै भूमिका छ कि छैन ? अथवा माथि–माथि मात्रै यो मुद्दा घुमिरहेको छ ? केन्द्रमा गरिबहरूको मसिहा ‘वामपन्थी’ सरकार छ । प्रदेश र स्थानीय तहमा आफँैले छानेर बनाएको सरकार छ । त्यसमा पनि नेपालको इतिहासमा पहिलो पटक संविधानमा लेखियो– ‘समाजवादउन्मुख अर्थतन्त्र ।’ अर्थात्, सबै दृष्टिकोणवाट उपयुक्त स्थिति छ । तापनि, तलसम्म किन यो विषय आउन सकेन ?


देशमा सडक बनेकै छ । खेतमा उत्पादन भएकै छ । कलकारखाना चलेकै छ । होटेल–रेष्टुराँ चम्केकै छ । गाडीहरू गुडेकै छन् । कार्यालयहरूमा घुस मौलाएकै छ । करहरू बढेकै छन् । मानव विकास सूचकांकमा देशअगाडि आएकै छ । प्रतिव्यक्ति आयमा प्रगति भएकै छ । तर, गरिबहरूको जीवनमा के भएको छ ? कति प्रगति भएको छ ? अनि कुन वर्गको आम्दानी बढेको छ ? यहाँ सोच्नु पर्दैन ? कुन वर्गको मानव विकास सूचकांक अगाडि बढेको छ, विचार गर्नु पर्दैन ? हल्ला गरेर समृद्धि आउने भए त पञ्चायती व्यवस्थामा उहिले नै ‘विकास’को मूल फुटिहाल्थ्यो । कहिलेकाहीँ लाग्छ– काठमाडाँै दौडिराखेको छ । सबैलाई जग्गा चाहियो । राम्रो घर चाहियो । उच्च जीवन शैली चाहियो । र, केही समयमै यो सपना पूरा भएको पनि पाउछौँ । तर, प्रश्न छ– यति पैसा आउँछ कहाँबाट ? लगभग नेपालका प्रत्येक सहरको कथा एउटै छ । समाजवादउन्मुख अर्थतन्त्रमा यस्ता सामान्य देखिने प्रश्नहरू गम्भीर छन् कि छैनन् ? अर्थतन्त्रको ‘तर’ कसले खान्छ भन्ने विषय विचारणीय छ कि छैन ? खोज्दै जाँदा हामी के पाउनेछौँ भने हाम्रो अर्थतन्त्र भ्रष्टतन्त्र भइसकेको छ । हामी दलालतन्त्रको ठूलो सिकार भइसकेका छौँ । रोग ठूलो भइसकेकाले औषधी पनि ठूलै गर्नु पर्ने हुन्छ । सरकारका सबै अंगलाई बलियो र प्रभावशाली बनाउनुपर्ने आवश्यकता छ । खासगरी योजना आयोगलाई नीति निर्माणसँगै अनुगमन प्रणालीको महत्त्वपूर्ण औजारका रूपमा विकसित गर्नुपर्ने आवश्यकता छ । अर्थमन्त्रालयको परम्परागत सोच र प्रक्रियामा परिवर्तन गर्नुपर्ने खाँचो छ । प्रदेश २ मा योजना आयोगको नाम भारतको नक्कलमा ‘नीति आयोग’ राखियो । नाम फेर्दैमा यसको प्रभाव प्रमाणित हुँदैन । काम देखाउनुपर्ने हुन्छ । यस्तै केन्द्र र प्रदेशमा विभिन्न मन्त्रालयको काम कारबाहीलाई समाजवादी दिशातिर डोर्‍याउनु पर्छ । स्थानीय तहका सरकारले पनि मात्र कर उठाउने होइन, संविधानको मर्मअनुसार समृद्धिको फल तलसम्म पुर्‍याउन आफ्ना कार्यक्रमलाई अगाडि बढाउनुपर्ने हुन्छ ।


मूल कुरा के छ भने समृद्धिको विषयलाई भाषणमा मात्र सीमित नराखेर प्रक्रियामा लिएर जानुपर्छ । र, प्रक्रियामा लिएर जाँदा समृद्धि बढाएर मात्र हुँदैन, समृद्धिमा सहभागी कोको भए भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ । अनि मात्र, सप्तरीको किसान, धनुषाको रिक्सा चालक, पर्साका मजदुर र देशका अन्य भेगका गरिबले समृद्धिको अनुभूति गर्नेछन् ।

Page 16
संवाद

‘व्यापार घाटा डब्लुटीओले गराएको होइन’

- नेपाल संवाददाता

कुनै समय स्कुले खर्च जोहो गर्न स्याङ्जाको मालुंगामा बसका यात्रुलाई डालामा फलफूल बेच्ने ठाकुर पराजुली आज विश्व व्यापार संगठन (डब्लुटीओ) मुख्यालयमा छन् । खुला प्रतियोगिताबाट डब्लुटीओ मुख्यालयमा अधिकृत बन्ने उनी पहिलो नेपाली हुन् । जे ने भा मूख्यालयमा गत वर्ष साउनमा भेट्दा खासै नखुले पनि यसपालि काठमाडौंमा भने उनले थुप्रै कुरा गरे । नेपालको व्यापार नीति समीक्षा सिलसिलामा डब्लुटीओको तर्फबाट आएको प्रतिनिधिमण्डलका एक सदस्य पराजुलीसँग रामबहादुर रावलका प्रश्न :


ग्रामीण बस्तीबाट डब्लुटीओ मुख्यालयसम्मको यात्रा कसरी ?
स्कुले जीवन संघर्षपूर्ण रह्यो । सानैमा बुवा गुमाउनुपर्‍यो । आफैँ खर्च जुटाउँदै मालुंगा, स्याङ्जाबाट एसएलसी गरेँ । पुतलीसडकका इन्स्टिच्युटमा पढाउँदै कलेज खर्च जुटाएँ । वाणिज्यशास्त्रमा स्नातक गरेपछि वाणिज्य मन्त्रालयमा जागिरे भएँ । कोरियाको क्युङ ही युनिभर्सिटीमा छात्रवृत्तिमा अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध र विकास अर्थशास्त्रमा स्नातकोत्तर गर्ने मौका पाएँ । त्यहाँ प्राय: विद्यार्थीको सपना विश्व व्यापार संगठनको मुख्यालय पुग्ने हुन्थ्यो । प्रोफेसर तेहान यू भन्थे, ‘मेरा हरेक विद्यार्थीले अन्तर्राष्ट्रिय टेबलमा वार्ता गरेको देख्न चाहन्छु ।’ नभन्दै सन् २०११ मा खुला प्रतियोगिताबाट तथ्यांकशास्त्रीको रूपमा डब्लुटीओले मलाई चयन गर्‍यो ।


योपल्ट नेपाल आउने सन्दर्भ ?
डब्लुटीओ प्रावधानअनुसार प्रत्येक सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा भइरहन्छ, आर्थिक अवस्थाअनुसार फरक–फरक अवधिमा । नेपालको समीक्षा सन् २०१२ पछि आउँदो डिसेम्बरमा जेनेभामा दोस्रोपटक हुँदैछ । यसबीच नेपालले व्यापार नीतिमा गरेका परिवर्तन, आर्थिक अवस्था र वैदेशिक लगानीबारे तथ्यगत जानकारी संकलन गरिन्छ । एउटा सदस्यले अर्को सदस्यलाई जानकारी दिन र पारदर्शिताका लागि यो गरिन्छ । नेपालको समन्वयमा डब्लुटीओ सचिवालयले स्वतन्त्र प्रतिवेदन बनाउँछ । त्यो प्रतिवेदनमा तीन मस्यौदाकारमध्ये सचिवालयका तर्फबाट म पनि आएको हुँ । तर, डब्लुटीओले जाँच वा पुलिसिङ गर्दैैन । नेपालको स्थिति देखाइदिने मात्र हो ।


डब्लुटीओमा नेपालको उपस्थिति कस्तो छ ?
डब्लुटीओ अन्तर्राष्ट्रिय व्यापारलाई कानुनी दायरामा ल्याएर व्यापार गराउने संयन्त्र हो । सन् १९४७ मा ग्याट भन्ने संस्था बन्यो । त्यसले वस्तु व्यापार मात्र हेथ्र्यो । पछि गैरभन्सार अवरोध घटाउनेलगायत अवधारणा आए । विभिन्न चरणका वार्ता भए । उरुग्वे वार्तापछि सन् १९९५ मा डब्लुटीओ बन्यो । ग्याटका सदस्य यसका पनि सदस्य भए । नेपाल ग्याटमा नभएकाले डब्लुटीओको प्रक्रियाअनुसार आबद्ध हुनुपर्‍यो । सन् २००३ मा कानकुन सम्मेलनमा आवेदन स्वीकृत भयो र अर्को वर्ष नेपालको संसद्ले अनुमोदन गरेपछि वार्ताबाट सदस्यता लिने पहिलो अति कम विकसित राष्ट्र (एलडीसी) नेपाल बन्यो ।


नेपालले डब्लुटीओ सदस्यता लिनु आवश्यक थियो ?
सन् १९८० को दशकदेखि नै हाम्रो बजार खुला गर्नेतर्फ गइरहेका थियौँ । नीतिहरू विश्वव्यापीकरणसँग मिल्दोजुल्दो बनाइँदै थियो । भारत पहिल्यै सदस्य थियो, चीन २००१ मा भयो । दुवै ठूला छिमेकी गइसकेपछि नेपाललाई एक प्रकारको परिस्थितिजन्य दबाब पनि थियो ।


डब्लुटीओमा गएर नेपाललाई के फाइदा भयो ?
के घाटा भयो ? तपाईंको आशय हामी चीन–भारतजस्ता धेरै निर्यात गर्ने अर्थतन्त्र होइनौँ नि भन्ने हुन सक्छ । तर, एक्लै बाहिर बस्ने कि समूहमा गएर आवाज ठूलो बनाउने भन्ने सवाल सँगसँगै आउँछ । डब्लुटीओमा अति कम विकसित मुलुकको समूह एलडीसी छ । नेपाल एक्लैले बोल्दाभन्दा समूहमा बोल्दा आवाज शक्तिशाली हुन्छ । भूपरिवेष्ठित मुलुकको अर्को समूह एलएलडीसी छ । द्विपक्षीय वार्ताको टेबुलमा आफ्नो मात्रै अनुरोध गर्दा आवाज सानो सुनिन सक्छ । तर, धेरै मिलेर त्यही कुरा गर्दा शक्ति बढी हुन्छ । साथै नेपाल विश्व अर्थतन्त्रबाट सधैँ अलग्गिएर रहिरहन सक्दैन ।


खुला बजारको फाइदा विकसित मुलुकले मात्रै उठाए ?
डब्लुटीओमा जाँदा सबै उद्योग धराशयी हुन्छन्, प्रतिस्पर्धा गर्न सक्दैनौँ भन्ने एकथरीको तर्क त्यतिखेर पनि थियो । खुला बजार भनेको हाम्रो वस्तु अरुको बजारमा र अरुको वस्तु हाम्रो बजारमा पहुँच दिने कुरा हो । गुणस्तरीय र प्रतिस्पर्धी वस्तु त अवश्य चाहिन्छ । तर, नेपालले वार्ता र सहमति गर्दा प्रशस्त नीतिगत ठाउँ छाडेर गरेको छ । तत्कालै बजार खुला गर्नेभन्दा पनि तयारीका लागि प्रशस्त नीतिगत ठाउँ राखेको छ । बाह्य उत्पादन आयातमा भन्सार घटाउनै पर्ने अवस्थामा पुगेका उदाहरण एकदम कम छन् ।


ठूला देशलाई निर्बाध पहुँच दिँदा हाम्रो व्यापारघाटा चुलिएको चुलियै छ । कहिलेसम्म यो अवस्था बेहोरिरहने ?
व्यापार घाटा डब्लुटीओ प्रवेशले ल्याएको होइन । निर्यात गर्न आफ्नो वस्तु भएन, आयात बढ्यो, स्वभावत: घाटा भयो । व्यापार सम्झौताले बजार सुनिश्चित गर्ने हो । हाम्रो वस्तु नै छैन भने केको बजार सुनिश्चित गर्ने ? बरु डब्लुटीओबाट जति फाइदा लिन सक्नुपथ्र्यो, त्यो नसकेको हो । हानि भएको छैन ।


तत्काल हामीले लिने फाइदा के हो त ?
अन्य राष्ट्रसँग व्यापार सम्झौता गर्न, निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना खोज्न, भएका सम्झौताबाट कति लाभ लिन सकेका छौँ भन्ने समीक्षा गर्न र प्राविधिक सहायता लिन सक्छौँ डब्लुटीओलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संयन्त्रबाट । बहुपक्षीय सम्झौताले द्विपक्षीय वाणिज्य वार्तामा सघाउ पुर्‍याउँछ । पारवहनको कुरा गर्दा डब्लुटीओको सहायता लिन सक्छौँ । यस्तै व्यापार सहजीकरण सम्झौता छ । सबैले स्वीकार गरेका नियमलाई द्विपक्षीय रूपमा लागू गराउन सहज हुन्छ । जुन हाम्रा छिमेकी मुलुकसँग पनि लागू हुन्छ ।


स्वदेशी उत्पादन प्रवद्र्धनको उद्देश्यले बाहिरबाट आउने वस्तुमा भन्सार बढाउने चलन छ । यो कति उचित हो ?
अहिले सामान्य खानेकुरा पनि आयात गर्दैछौँ, जुन कृषिप्रधान भनिने मुलुकका निम्ति सहज कुरा होइन । अझ यिनै वस्तुमा भन्सार दर बढायौँ भने वस्तुको मूल्य बढ्छ । रेमिटेन्समा आधारित अर्थतन्त्र छ । साँझ बिहान चलाउन थोरै सामान किन्दा पनि धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । यसले अवाञ्छित समस्या सिर्जना हुन्छ । डब्लुटीओले यति भन्सार लगाउनै पर्छ वा लगाउनुहुन्न भन्दैन । घटीबढी गर्ने ठाउँ प्रशस्त छ । तर, नेपाल र नेपालीलाई केकति लाभ वा हानि हुन्छ भनेर हेर्नुपर्छ । महँगी बढ्दा जनता पक्कै खुसी हुँदैनन् । विदेशी उत्पादन निरुत्साहित गर्नु केही हदसम्म ठीकै होला । तर, आफ्नो उत्पादनको तयारी पनि हुनुपर्‍यो । राजस्व मात्र बढाउने सोच थप प्रत्युत्पादक हुन सक्छ । तर, यो मेरो नितान्त निजी धारणा हो ।


नेपाल अतिकम विकसित रहिरहने कि विकासशीलमा उक्लने बहस चल्दै छ नि ?
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को विकास नीतिसम्बन्धी समितिले विकासको स्तरका आधारमा देशको वर्गीकरण गर्छ । अति कम विकसितबाट विकासशीलमा स्तरोन्नति गर्न मूलत: तीन सूचक हेरिन्छ, प्रतिव्यक्ति आय, आर्थिक जोखिम र मानव विकास । तीमध्ये दुई सूचक पूरा भए वा आय एक्लैको मापदण्ड पूरा भए पनि स्तरोन्नति गर्न सकिन्छ । नेपालले आयबाहेकको मापदण्ड पूरा भए पनि समय भएको छैन भनेर हाललाई स्तरोन्नति नहुन अनुरोध गर्‍यो र अनुमोदन पनि भयो । कतिपयले हामी विकासशीलमा उक्लँदा वैदेशिक लगानी बढ्ने, अर्थतन्त्र चलायमान हुने र समृद्ध बनिने भनेका छन् । तर, भौतिक रूपमा केही पनि परिवर्तन नभई विकासशील हैसियतमा उक्लँदा प्रत्युत्पादक हुन सक्छ । अर्थतन्त्रको एउटा आधार बनोस् । बजारमा मौद्रिक प्रवाह बढे पनि त्यसलाई सुव्यवस्थित गर्न सकियोस् । ऊर्जा, यातायात र कानुनी पूर्वाधारमा व्यापक सुधार जरुरी छ ।


हाम्रा हरेक निर्यात व्यापारमा छिमेकीबाट सधैं अवरोध हुन्छ भन्ने गुनासो छ नि ?
व्यापार गर्ने छिमेकीसँगै हो । त्यसमाथि हामी भूपरिवेष्ठित छौँ । कूटनीतिक कौशल देखाउने पनि यस्तैमा हो । अर्को, छिमेकमा उत्पादन हुने वस्तुका एकाध पार्टपुर्जा मात्र भए पनि बनाउन वा जोड्न सक्नुपर्छ । यसले उनीहरूको अर्थतन्त्रसँग हाम्रो अर्थतन्त्र जोडिन्छ । यस्ता सम्भावना खोज्नुपर्छ । राजनीतिक तहमा सम्बन्ध चिसो वा गाढा हुन सक्छ । तर, व्यापारले जोडिरहने अवस्था ल्याउनुपर्छ ।

Page 17
Page 18
बेथिति

स्वास्थ्यका मन्त्री र सचिवको सम्बन्ध सधैँ अस्वस्थ

- भिषा काफ्ले

तेस्रो वरीयताको उपप्रधानमन्त्रीसहितको पद लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छिरेका थिए, उपेन्द्र यादव । पदबहाल भएको दुई महिना बित्न नपाउँदै मातहतकी सचिव डा पुष्पा चौधरीबारे मन्त्री यादवले चेतावनी दिन थालिसकेका छन्, ‘यस्तै रबैया हो भने काम गर्न सकिँदैन ।’


मन्त्रीस्तरीय निर्णय गरी मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने फाइलसमेत सचिवले रोकिदिन थालेपछि यादव सचिवसँग रुष्ट छन् । मन्त्रिपरिषद्मा लैजाने फाइल मन्त्रीस्तरीय निर्णय गरेको ७२ घन्टाभित्र प्रधानमन्त्री कार्यालयमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ । उक्त समयभित्र दर्ता नगरे फाइल फिर्ता हुने र पुन: निर्णय गर्नुपर्ने हुन्छ ।


पछिल्लो दुई निर्णय फिर्ता भएपछि मन्त्री यादव दुईपटक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा टकरावको स्थिति आएको छ । मन्त्री–सचिवबीच असमझदारी रहेको मन्त्रीका स्वकीय सचिव महेश चौरसिया स्वीकार्छन् । भन्छन्, “व्यक्तिगत रूपमा कुनै असमञ्जस्यता छैन तर कार्यशैलीमा सचिवको स्पिरिट कम भएको देखिन्छ ।”


त्यसो त सत्ता साझेदार संघीय फोरम अध्यक्षसमेत रहेका यादवले मन्त्रिपरिषद्मा राख्ने प्रस्तावलाई प्रधानमन्त्री ओलीले शक्ति सन्तुलनकै लागि भए पनि सामान्यत: नाइँनास्ती गर्ने अवस्था छैन । किनकि, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो प्रयासपछि उनी वरिष्ठ मन्त्रीका रूपमा सिंहदरबार छिरेका हुन् ।


फाइल अड्काउने कुरामा मात्र नभएर संघीय संरचना अनुसारको संरचना निर्माण गर्दा पनि सचिवले निश्चित मानिसको मात्र हितमा हुने गरी एकलौटी संरचना निर्माण गरेको भन्दै कर्मचारीले मन्त्री यादवलाई सच्याउन दबाब दिएका थिए । उनले सबैलाई मिलाएर लैजाने आश्वासनसमेत दिएका पनि थिए । तर, सचिव चौधरीले मन्त्रीसँग छलफल नै नगरी एकलौटी रूपमा संघीय मामिला मन्त्रालयमा संरचना पठाएकी छन् । यद्यपि, उक्त संरचना मन्त्रिपरिषद्बाट भने पारित भएको छैन ।


सचिव चौधरीको बुझाइ भने राजनीतिक कार्यकर्तामार्फत मन्त्रीले आफूलाई बढी दबाब दिएको भन्ने छ । आफू नियम कानुन अनुसार चल्ने र कसैको दबाबमा पनि नपर्ने उनको अडान छ ।


स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीचको यो टक्कर नौलो भने होइन । ०७० पछि मन्त्री–सचिवबीच बिरलै मात्र सहकार्य भएको पाइन्छ । माघ ०७० मा स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेका खगराज अधिकारी र तत्कालीन स्वास्थ्य सचिव डा प्रवीण मिश्रबीच पनि सुखद सम्बन्ध रहेन । बाहिर अन्य कारण देखिए पनि यी दुईबीच राजनीतिक टकराव थियो । टकरावको सुरुआत भरतपुर अस्पताल विकास समितिको अध्यक्ष नियुक्तिबाट सुरु भएको थियो ।


त्यो असन्तुष्टिले पदाधिकारी नियुक्तिमा मात्रै असर गरेन, धेरै नीतिगत विषयमा पनि असर पर्दै गयो । अवकास पाउन केही समय मात्र बाँकी रहेका डा मिश्रले अन्तमा मन्त्रीको निर्णयबाट उठेका फाइलमै सही नगरेपछि दुईबीचको द्वन्द्व उत्कर्षमा पुग्यो । टकरावको असर स्वास्थ्य सेवाको सचिव स्वास्थ्यकर्मीबाट मात्र हुने कानुनी व्यवस्थालाई चुनौती दिँदै मन्त्री अधिकारीले सचिवको एक मात्र दावेदार डा किरण रेग्मीको फाइल सदर गरिदिएनन् । फाइल रोकेर उनले प्रशासन समूहका शान्तबहादुर श्रेष्ठलाई स्वास्थ्य सचिवका रूपमा मन्त्रालय भित्र्याए ।


प्रशासन समूहका सचिव भित्र्याएसँगै नेपाल चिकित्सक संघले विरोध गरे पनि मन्त्री अधिकारीले श्रेष्ठलाई नै निरन्तरता दिए । त्यसपछिका मन्त्री रामजनम चौधरीले पनि श्रेष्ठलाई नै काखी च्यापे ।


स्वास्थ्य सेवामा योग्य कर्मचारीलाई अन्याय गरेको भन्दै चिकित्सक संघले पुन: आन्दोलन गरेपछि कामचलाउ अवस्थाका तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा नेकपा एमालेप्रति झुकाव राख्ने १२आँै तहका डा सेनेन्द्रराज उप्रेतीलाई सचिव नियुक्त गरियो ।


चौधरीपछि स्वास्थ्यमन्त्री भएका कांग्रेसका गगन थापा र उप्रेतीबीचको विवाद सडकमै पोखिएको थियो । कर्मचारी सरुवाका विषयमा सुरु भएको विवादले मन्त्रालयमै दुइटा संयन्त्र चल्ने अवस्थासम्म पुग्यो । कतिसम्म भने मन्त्री मन्त्रालयमा पुग्दा सचिव बाहिर निस्किएर हिँड्ने अवस्था रह्यो । तर, पूर्वसचिव उप्रेती भन्छन्, “कतिपय काम मन्त्रालय संयन्त्रभन्दा बाहिरबाट गर्न खोज्दा नगर्न सल्लाह मात्र दिएको हुँ ।”


थापापछि स्वास्थ्य मन्त्रालय सम्हालेका तत्कालीन माओवादी नेता गिरिराजमणि पोखरेल र उप्रेतीपछि सचिवको जिम्मेवारी पाएकी डा किरण रेग्मीको कार्यकाल पनि सौहार्द रहेन । डा रेग्मीले विभिन्न समितिमा हुने राजनीतिक नियुक्तिमा असहयोग गरिदिइन् । छोटो कार्यकाल स्वास्थ्यमन्त्री भएका पोखरेलले बिदाइ पत्रकार सम्मेलनमा खुलेरै सचिवले सहयोग नगरेको आरोप लगाए । पूर्वसचिव रेग्मी भन्छिन्, “मन्त्रीलाई राजनीतिक बाध्यता थियो होला, मलाई प्रशासनिक र कानुनी बाध्यता ।”


संघीय संसद्को निर्वाचनताका स्वास्थ्यमन्त्री भएका दीपक बोहोराले डा किरण रेग्मीलाई बिदाइ गरे भने डा पुष्पा चौधरीलाई स्वागत गरे । करिब दुई महिना स्वास्थ्यमन्त्री भएका बोहरासँग भने दुवै सचिवसँग विवाद भएन । केपी शर्मा ओली नेतृत्वको सरकार गठनसँगै स्वास्थ्य मन्त्रालय राज्यमन्त्री पद्मा अर्याल (हाल भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री) को जिम्मामा पर्‍यो । अर्यालसँग पनि सचिव चौधरीको सम्बन्ध सौहार्द रहेन । अर्यालले अगाडि बढाएका धेरै फाइललाई निर्णय नगरी अनावश्यक रोकेको भन्दै उनीहरूबीच जुहारी चलेको थियो । तीन महिनाअघि जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको महासभामा अर्यालले आफूलाई जानबाट रोकेर असम्बन्धित मानिस लगेको भन्दै सचिव चौधरी रुष्ट भइन् ।
टकरावको परिणाम सबै स्वास्थ्य सेवालाई एउटै ऐनमार्फत नियमन गर्ने गरी छाता स्वास्थ्य ऐनको मस्यौदा मन्त्रिपरिषद्सम्म पुग्न सकेन । सचिवसँगको मनमुटावका कारण उक्त फाइल मन्त्रालय घुम्दाघुम्दै महिनौँ बित्यो । अन्त्यमा मन्त्रिपरिषद् पुगेको विधेयकको मस्यौदा पुन: स्वास्थ्य मन्त्रालयमै फर्कियो । प्रत्येक मन्त्री र सचिवबीचको टकरावका कारण ५ वर्षपछि बल्ल राष्ट्रिय स्वास्थ्य सेवा ऐनको विधेयक मस्यौदाका रूपमा मन्त्रिपरिषद्मा पुगेको छ ।


संघीय व्यवस्थामा स्वास्थ्य सेवा संरचनाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । गत चैतदेखि नै जिल्ला संरचना नरहने निर्णय भए पनि स्वास्थ्यमन्त्री स्तरीय निर्णय गरेर दुईपटकलाई थमौती गरिएको छ । संरचना नबन्दा त्यहाँ कार्यरत कर्मचारी व्यवस्थापन र प्रदान हुँदै आएको सेवा कसरी प्रदान गर्ने भन्ने निक्र्योल नभएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनाल बताउँछन् ।


प्रशासन र स्वास्थ्य दुवै समूहका सचिवसँग काम गरेका मन्त्री अधिकारी स्वास्थ्य समूहका सचिव बढी प्राविधिक विषयमा अल्झिने हुँदा राजनीतिक नेतृत्वसँग टकराव पर्ने बताउँछन् । भन्छन्, “राजनीतिक नेतृत्वलाई जनताका काम गर्नैपर्ने दबाब हुन्छ, चाँडो काम होस् भन्ने हुन्छ । तर, सचिवहरु प्रशासकभन्दा पनि बढी प्राविधिक बनिदिनुहुन्छ, त्यहीँबाट बुझाइ फरक पर्न थाल्छ ।”


पूर्वस्वास्थ्य सचिव किरण रेग्मी राजनीतिक नेतृत्व पार्टी र कार्यकर्ताको दबाबमा हुने र सचिव कानुनको दायरामा बस्नुपर्ने हँुदा मनमुटाव सिर्जना हुने बताउँछिन् । भन्छिन्, “मन्त्री र सचिव सँगै बसेर एजेन्डामा छलफल गर्ने हो भने कुनै समस्या हुँदैन । तर, त्यहाँ बिचौलियाले दुईतिर खेल्छन् अनि समस्या उत्पन्न हुन्छ ।” मन्त्रालयको नेतृत्वमा विवादले तल्लो तहका जनताले पाउने स्वास्थ्य सेवामा समेत असर पर्ने पूर्वस्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको अनुभव छ ।


नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को तेस्रो संशोधनले स्वास्थ्य मन्त्रालयको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा स्वास्थ्य सचिवलाई स्थापित गरिदिएको छ । उक्त ऐनको दफा १९ मा स्वास्थ्य सेवाका कर्मचारी मात्र स्वास्थ्य मन्त्रालयको सचिव हुन पाउने प्रावधान छ । यही दफामा टेकेर प्रशासनबाट सचिव ल्याउँदा नेपाल चिकित्सक संघले आन्दोलन गरेको थियो । अन्य समूहको सचिव नआउने र आफूले पनि अन्य मन्त्रालयमा जानु नपर्ने मानसिकताका कारण सचिवमा केही दम्भ देखिने पूर्वमन्त्री अधिकारीको दाबी छ ।

Page 19
Page 20
सुरक्षा

प्रहरीलाई पुलपुल्याउँदा...

तराईमा फैलिएको हिंसा रोक्ने इन्काउन्टर शैली काठमाडौँ पस्नासाथ उदांगो
- मनबहादुर बस्नेत

पााच वर्षअघि गुन्डागर्दी पृष्ठभूमिका दिनेश अधिकारी ‘चरी’ प्रहरी मुठभेडमा मारिँदा तत्कालीन सत्तारुढ एमालेका सांसद राजेन्द्र पाण्डेले छानबिन गर्न सांसदमा आवाज उठाए । त्यसको एक वर्षपछि अर्का गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरीबाट उही शैलीमा मारिएपछि कांग्रेसले सडक र सदनमा एकसाथ आवाज उठायो ।


गत २१ साउनमा ११ वर्षे निशान खड्काका अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएर मारेको अपुष्ट तथ्य सार्वजनिक भएपछि बल्ल सरकार यस्ता गैरन्यायिक प्रकृतिका कारबाहीप्रति छानबिन गर्न अग्रसर भएको छ । निशानको अपहरणपछि भक्तपुरको नगदेशमा हत्या भएको थियो ।


२४ साउनमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुठभेड (इन्काउन्टर) बारे अनुसन्धान गर्ने बताए । सिन्धुपाल्चोकका
गोपाल तामाङ र नुवाकोटका अजय तामाङ मुठभेडमा मारिएको प्रहरी दाबी छ । तर, प्रत्यक्षदर्शी र तामाङद्वयका घरबेटी श्याम लवटले कोठाबाटै पक्रेर लगेको बताएपछि यो प्रकरणमा प्रहरी भूमिका शंकास्पद बन्यो ।


यी राष्ट्रिय बहसको मुद्दा बनेका मुठभेडका शृंखलाबद्ध घटना हुन् । तर, कहिल्यै छानबिनको प्राथमिकतामा नपरेका प्रहरी इन्काउन्टरका विवादित दृष्टान्त पनि छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयले नेपालको द्वन्द्वसम्बन्धी तयार पारेको प्रतिवेदनमा ०६५ वैशाखको मध्यदेखि ०६८ जेठ मध्यसम्म मधेस क्षेत्रमा २ सय ८१ गैरन्यायिक हत्या भएकोमा १ सय ३२ घटनामा सुरक्षाकर्मी दोषी देखिएका थिए । तर, दोषीउपर छानबिन नै गरिएन ।


यस्तो आरोपको नाभी खोज्दै जाँदा दशकयताका घटनातिर फर्कनुपर्ने हुन्छ, जतिखेर ०६३ पछि माओवादी र अन्य राजनीतिक दलले आफ्ना मुद्दा सम्बोधन नगरेको भन्दै मधेसमा असन्तुष्टि बढ्यो । ०६४ को पहिलो संविधानसभा चुनावपछि तराई क्षेत्रमा एकपछि अर्को सशस्त्र भूमिगत समूह जन्मिए । यी समूहले मधेस क्षेत्रमा ०६९ सम्म आतंकको साम्राज्य चलाए ।


राजनीतिक संगठनको आवरणमा खुलेका यस्ता संगठनको ध्येय मूलत: आपराधिक गतिविधिबाट त्रास फैलाउनु र धन आर्जन गर्नु बन्यो । यी समूह तह लगाउन परिचालित सुरक्षाकर्मीले इन्काउन्टरलाई व्यापक बनाए । ०६५ असारदेखि गृह मन्त्रालयले भूमिगत समूहका आतंक रोक्न मैदानी भागमा विशेष सुरक्षा योजना लागू गर्‍यो । त्यसपछि त झनै तराईमा इन्काउन्टरले प्रश्रय पायो । मानवअधिकारवादी संस्थाहरूले यस्ता घटनाबारे थुप्रै प्रतिवेदन सार्वजनिक गर्दै प्रहरीले कार्यशैली सुधार्नुपर्ने सिफारिस पनि गरेका थिए । तर, यसबारे सुनुवाइ हुनु त परै जाओस्, इन्काउन्टरको वाहवाही बढ्यो ।


यस्तो कारबाही गर्ने सुरक्षाकर्मी समाजको नजरमा रातारात नायक कहलिए । स्थिति कस्तोसम्म आयो भने सिरहा, धनुषालगायतका जिल्लाको कमान्ड सम्हाल्दा थुप्रै इन्काउन्टरमा उत्रिएका प्रहरी अधिकृत रमेश खरेलको बहादुरीको गाथा गाउँदै अढाई वर्षअघि भोजपुरी फिल्म नै बनाइयो, एसपी खरेल, द रियल हिरो (हेर्नुस् : तस्बिर) । फिल्ममा अपराधीलाई ठाउँको ठाउँ मारिनुलाई प्रशंसा गरिएको छ ।

मधेशका जिल्लामा थुप्रै इन्काउन्टर गरेका रमेश खरेलको बहादुरीको गाथा गाउँदै बनेको भोजपुरी फिल्म एसपी खरेल, द रियल हिरोको पोस्टर ।


“इन्काउन्टर भनेको परिआउँदा आत्मरक्षाका लागि प्रहरीले अपराधीविरुद्ध गोली चलाउनु हो । यहाँ त भकाभक मानिस मारिएका छन् र ती सधैँ विवादमा तानिएका छन् । तैपनि, कसैले छानबिन गरेर यसो हो भन्दैन,” पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारी भन्छन्, “यस्तो कामलाई निरुत्साहित गरिनुपर्छ । ”


तराईमा गाँजिएको हिंसा दबाउन सुरक्षा संयन्त्रले जुन बाटो अपनायो र त्यसलाई काठमाडौँले नसुनेझैँ गर्‍यो । त्यसैको मार अहिले काठमाडौँले खेप्दै छ । चरीदेखि निशान अपहरणकारीको मुठभेडसम्म आइपुग्दा प्रहरीको कार्यशैली उदांगिसकेको छ । तैपनि, प्रहरीलाई यस्ता घटनाका लागि केले उत्प्रेरित गर्छ ? राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी आफ्नो ओहदाको प्रचारका लागि प्रहरीले यस्तो कार्य गर्ने बताउँछिन् । भन्छिन्, “नेताको नजरमा पर्न र जनमानसमा हिरो बन्न यस्तो गर्छन् ।”


अझ अचम्म त यस्ता घटना सुरक्षाकर्मीको आत्मरक्षाकै लागि भएका थिए वा थिएनन् भन्ने कसीमा जँचिएकै छैन । “कानुन कार्यान्वयनकारी निकाय भीडको पछाडि लाग्ने होइन । विधिअनुसार चल्नुपर्छ । चलेको हो कि होइन जाँचिनुपर्छ,” भण्डारी भन्छन् । यातना, गैरन्यायिक हत्या, अमानवीय व्यवहारलगायतका गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनमा संलग्न प्रहरी अधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाइन्छ । विभिन्न मानवअधिकारवादी संस्थाको रिपोर्टका आधारमा अमेरिकाले ‘भेटिङ ल’ प्रयोग गर्छ ।


प्रहरीले ०६९ मा प्रहरी उपरीक्षक (एसपी) प्रकाश अधिकारीको अगुवाइमा भेटिङमा सूचीकृत कर्मचारीको खोजी गर्दा झन्डै एक सय प्रहरी भेटिएका थिए । आरोपबारे छानबिन नहुँदा विदेशमा हुने तालिम गुमाउने अधिकारी थुप्रै छन्, प्रहरीमा । वृत्तिविकासमा यस्ता तालिम महत्त्वपूर्ण हुन्छ ।


मुकदर्शक आयोग
२३ साउन । ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोग परिसर दिनभरिजस्तै भीडभाडपूर्ण थियो । तामाङद्वयलाई प्रहरीले पक्राउपछि हत्या गरेको भन्दै दिउँसो आयोगमा उजुरी पर्‍यो । लगत्तै आयोगले पाँच सदस्यीय अनुसन्धान टोली बनायो । दुई घन्टा पनि बितेको थिएन, महानगरीय प्रहरी आयुक्त कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज नेउपाने आयोगमा झुल्किए । नेउपानेसँग आयोगका सदस्य सुदीप पाठकको कार्यकक्षमा करिब एक घन्टा सवाल जवाफ भयो ।


नक्कली मुठभेड दाबी गरिएको घटनालाई आयोगले हल्का रूपमा नलिएको सुरुआती सन्देश दिएको छ, पाँच सदस्यीय समिति बनाएर । ठूला र गम्भीर घटनामा मात्रै यति बृहत् आकारको अनुसन्धान समिति बन्ने सुदीप पाठक बताउँछन् । पाठकले यस्तो दाबी गरे पनि यही प्रकृतिका केही उजुरीबारे आयोगले लामो समयदेखि मुठभेड नियोजित थियो/थिएन भन्ने खुट्याउनै सकेको छैन ।


पाँच वर्षसम्म आयोग निचोडमा नपुग्नु आफैँमा अनौठो छ । २१ साउन ०७१ मा काठमाडौँको भीमढुंगामा ‘चरी’ मुठभेडमा मारिएको प्रहरी दाबी थियो । यद्यपि, चरीकी प्रेमिका खुश्बु ओलीले गैरन्यायिक हत्या भन्दै आयोगमा छानबिन गर्न निवेदन दिइन्, जसको अनुसन्धान अझै टुंगिएको छैन । गुन्डागर्दी, अवैध असुलीका माध्यमबाट समाजमा त्रास उब्जाएका कारण अधिकांशले चरी प्रकरणलाई उदारतापूर्वक लिए । आयोगले पनि दबाब महसुस गरेन ।


त्यो इन्काउन्टरको एक वर्षलगत्तै उपत्यकामा अर्का गुन्डा नाइके भनिएका ‘घैंटे’ उही शैलीमा मारिए । ३ भदौ ०७२ मा प्रहरीद्वारा काठमाडौँ कपुरधारामा मारिएका घैंटे प्रकरण झनै रहस्यमय बन्यो । कारण, उनले प्रहरीबाटै आफू असुरक्षित छु भन्दै आयोगमा डेढ महिनाअघि नै निवेदन दिएका थिए । २७ असारमा यस्तो निवेदन परे पनि उनी जोगिएनन् । घटनालगत्तै प्रहरीले योजनाबद्ध हत्या गरेको भन्दै छानबिनका लागि आयोगमा उजुरी खापियो । तर, हालसम्म योजनाबद्ध हत्या वा आकस्मिक मुठभेड भन्ने आयोगले बोलेको छैन ।
प्रहरी इन्काउन्टरविरुद्ध उठेका आवाजलाई आयोगले जसरी क्रमश: पन्छाउँदै गयो, उसैगरी यही प्रकृतिका इन्काउन्टरका घटना हुँदै गए । प्रहरीले दुई वर्षअघि ललितपुरको एकान्तकुनामा लागूऔषध कारोबारी भन्दै प्रवीण खत्रीलाई गोली हानी मार्‍यो । २३ साउन ०७४ मा भाग्न खोजेको भन्दै प्रहरीले खत्रीलाई निशाना साँधेको थियो । यस घटनामा समेत दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी थपियो । तर, अघिल्ला प्रकरणजस्तै अनुसन्धानको निचोड निकाल्न सकेन ।


आयोगले माओवादी हिंसात्मक आन्दोलनका बखत नियन्त्रणपछिको हत्यालाई गैरन्यायिक र युद्ध अपराध मान्दै द्वन्द्वरत दुवै पक्षलाई चर्को दबाब दिने गरेको थियो । द्वन्द्वपछि भने लगालग नक्कली मुठभेडबारे प्रश्न उठ्दासमेत निक्र्योलमा पुग्न सकेको छैन । अनुसन्धान महाशाखा हेर्ने आयोगका सदस्य पाठक चरी प्रकरणमा गोली कति दुरीबाट हानिएको भन्ने अध्ययन गर्ने ‘ब्यालेस्टिक’ विज्ञ नपाइएको र घैंटेको मृत्युबारे सबै तथ्य नखुलेकाले रिपोर्ट अधुरो रहेको तर्क गर्छन् ।


अझ पछिल्लो इन्काउन्टरबारे शंका गर्नुपर्ने ठाउँ बढी भएको फौजदारी कानुनका जानकार प्राध्यापक रजितभक्त प्रधानांग बताउँछन् । भन्छन्, “यस्ता घटनाबारे कसैले अनुसन्धान नगर्दा प्रहरीले जो–कसैलाई इन्काउन्टरका नाममा मार्ने जोखिम बढेको छ । यो विधिको शासनका लागि खतरा हो ।”

Page 21
Page 22
टिप्पणी

यो ट्याउँट्याउँ होइन

- सुमी भारद्वाज

बलात्कारजस्तो जघन्य अपराधको देशभरि विरोध भइरहँदा नेकपा नेतृ शशी श्रेष्ठले ‘यस्ता घटनाहरू कम्युनिस्ट सरकारलाई असफल बनाउने षड्यन्त्र भएको’ टिप्पणी गरिन् ।

प्रतिनिधिसभामा उनले दिएको मन्तव्य लज्जास्पद र हास्यास्पद छ । आज समाजमा हेपिएका मान्छेहरू पाइला–पाइलामा पाशविक हिंसाका सिकार भएका छन् । महिला समस्याका कारक नै महिला हुन् भनी आँैला ठड्याउने समाज यही हो । हिंसाग्रस्त परिवार छ, तै पनि समाज लज्जाबोध गर्दैन । महिलामाथि हुने अमानवीय कृत्यको प्रतिकार नगरी टुलुटुलु हेरीबस्ने निकायसँग महिलामैत्री समाजको हामी आशा गर्छौं । लोकतन्त्रका लागि लडेका महिलाहरू उही जडताबाट ग्रसित हुनु आश्चर्यजनक छ ।


प्रतिनिधित्व जोसुकैको होस्, सत्ताको हठी चरित्रले वर्ग, लिंग, वर्णको समस्या र विभेदलाई पनि छायामा पार्दोरहेछ । महिलालाई कमजोर तुल्याउने राज्यको सामन्तवादी दृष्टिकोण आजपर्यन्त उस्तै छ । आधा आकाश ढाक्ने महिलाको स्वर सत्ताको नापनक्सा छैन । नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ४ को राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भन्ने कानुनलाई उपेक्षा गर्दै त्यस्तो हक कार्यान्वयनमा राज्यको उदासीनता रहनु पितृसत्ताको कस्तो हठ † संविधान कार्यान्वयन गर्ने जिम्मेवारी लोकतान्त्रिक सरकारको हो ।


राहुल सांकृत्यायन लेख्छन्, ‘समाजका समस्यालाई भुलाउनु, समाजभित्रका वर्ग, स्वार्थका कारणले भएका सामाजिक अन्याय र अत्याचारप्रति आँखा चिम्लने तथा वास्तविकताबाट ध्यान हटाएर काल्पनिक संसारमा घुम्ने सामन्ती समाजको बानी हुन्छ ।’ तर यो समाज सामन्तकालीन रहिरहन सक्दैन । राज्यका विभिन्न संयन्त्रले महिलामाथि गरेका दलनको बहस गर्नुपर्दैन अब ? विधि–निर्माताले मागेको सजायले अपराध त कम होला । तर, आपराधिक मानसिकतासँग लड्न सक्ने हक अधिकारमा राज्यले पहल लिने बेला आयो । सत्ताको सामन्ती चरित्र बदल्ने आँट गर्ने नेतृत्व आज त्यसैको बचाउमा लाग्नु खेदपूर्ण छ । के आधा आकाशले खोजेको प्रतिनिधि यस्तै हो त ?


दल दर्तासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७४ को दफा १५ को उपदफा ४ बमोजिम दलका सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नु पर्नेछ भन्ने व्यवस्थालाई कार्यान्वयन गर्ने निकायले नै उदासिनता वरण गरेपछि मर्दवादी संस्कारको घुम्टोभित्रका नेताहरूलाई त झनै भनेजस्तो भइगयो । सांस्कृतिक रूपले महिलामाथि लादिएका विभेदका जन्जीरहरू हटाउने व्यक्ति, संस्थाले नै महिला आवाजलाई ट्याउँ–ट्याउँमा सदर गर्छन् । लोकतान्त्रीकरण यसरी नै हुने हो भने यो भन्दा विडम्बनापूर्ण व्यवहार अरु के होला र † पुरुषले जन्मजात पाएको स्वतन्त्रताको लागि महिलाले जीवनभर लड्नु पर्छ । समाज कुण्ठित छ र नै हिंसाग्रस्त छ । पितृसत्ताले इज्जतको कडीका रूपमा बोकाएको यौनरक्षाको भारले महिलालाई असुरक्षित बनाउँदै लगेको देखिन्छ ।


श्रुति, स्मृति आधारित शास्त्रहरूबाट निर्मित संस्कार र संस्कृतिले पितृसत्ताको नै वकालत गरेको छ । पुरुषहरूलाई शासक वर्गझैँ चरित्र–चित्रण गरेका शास्त्रलाई अकाट्य मान्ने कुसंस्कार नै परिवर्तित समाजको लागि घोर अवरोधकका रूपमा काम गरेको छ । महिलाको अस्तित्व निर्धारित र आश्रित बनाएको छ ।


राजनीतिले समाजसँग वार्तालाप गर्नुपर्छ । महिलामाथि हुने हिंसाजन्य अपराधविरुद्ध गनगन गर्ने पनि विपक्षीसँग जोडेर राजनीतिकरण गर्नै पर्दैन । यसको डटेर सामना गर्न सामाजिक प्राणी भए पुग्छ । तर, आज महिलाले समाजको अंग नै होइनझैँ हिंसा र प्रताडना खेपेका छन् । विकृतिलाई समृद्ध चेतनाले निस्तेज पार्ने हो । तर, आज सिद्धान्तका बोक्रे अहम्ले गर्दा फराकिलो आधार निर्माणमा हामी चुक्यौं ।


महिला सवालमा गुणात्मकताको उपस्थिति नदेखिनु जनप्रतिनिधिको चिन्तनको तिलाञ्जलि हो कि भनी सवाल उठ्नु स्वाभाविक हो । संघर्षभन्दा अनुनय–विनय सजिलो हुने गरेको छ । पुँजीवादी चरित्रका नायकहरू समावेशी, समानुपातिक व्यवस्थालाई लागू गर्न चाहन्नन् । संविधान कार्वान्वयन गर्ने निकायहरू महिलाका सवालमा मिलापत्र र मनाउने खेलमा मात्र संलग्न देखिनु प्रतिगमनको द्योतक हो ।


आधा आकाशका महिलालाई राज्यले कानुनी रूपमा पक्षपात गरिएका हरेक तह र तप्कामा आफ्नो स्वामित्व ग्रहण गर्ने वातावरण बनाई समान अवसर उपयोग गर्ने मौका देओस् । बलात्कारजस्तो पाशविक घृणित कार्यले पीडितलाई पर्ने असरबारे खुलेर बहस गरौँ, ताकि बलात्कारीले वर्ग बनाउन नपाओस् । संरचनात्मक विभेदले गर्दा महिलामाथि हुने घृणित कार्यविरुद्ध बोल्नुुको सट्टा पूरै संसद् निदाउनु चिन्तनको समस्या हो ।

Page 23
विशेष

६ महिनाको परीक्षाकमजोर नतिजा

इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओलीका सुरुआती ६ महिना कर्मकाण्डमै सीमित
- बाबुराम विश्वकर्मा

उपलब्धि १ : विकास निर्माणका काममा हुने ढिलासुस्ती हटाउन प्रभावकारी कदम चालिएको छ । तोकिएको समयसीमामा गुणस्तर कायम गर्दै लागत बमोजिम काम सक्ने, ढिलाइ तथा लापरवाही गर्ने, सार्वजनिक निर्माण कार्यको जिम्मेवारी लिएका निर्माण व्यवसायी तथा आयोजनाको जिल्लागत विवरण तयार गरिएको छ ।

उपलब्धि २ : प्रधानमन्त्रीको भारत र चीन भ्रमणबाट छिमेक–सम्बन्ध नयाँ उचाइमा पुगेको छ । यसबीचमा भारत र पाकिस्तानका प्रधानमन्त्रीले नेपाल भ्रमण गरे ।

उपलब्धि ३ : यसै अवधिमा भारत तथा चीनसँगको द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न भएको छ । सेन्ट किट्स एन्ड नेविस, बुरुन्डी र रुवान्डासँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
उपलब्धि ४ : काठमाडौँ–तराई जोड्ने द्रुतमार्ग निर्माणका लागि १९ हजार ५ सय रुख काट्ने काम सकिएको छ ।

उपलब्धि ५ : सिंहदरबारमा १ मेगावाट क्षमता बराबरको सौर्य विद्युत् जडान गरिएको छ । निजी क्षेत्रका परियोजनाबाट २८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण ग्रीडमा जोडिएको छ ।

उपलब्धि ६ : पशु नश्ल सुधारका लागि १ लाख ७६ हजार २ सय २६ जनावरमा कृत्रिम गर्भाधान गरिएको छ । स्वदेशमै पशु खोप उत्पादनमा आत्मनिर्भर हुन विभिन्न पशु रोगविरुद्धको खोप १ करोड १२ लाख र रेबिजविरुद्धको खोप १ लाख ८ हजार डोज उत्पादन गरी वितरण गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सचिवालयले तयार गरेको ११ पृष्ठ लामो ६ महिने प्रगति प्रतिवेदनमा यीभन्दा महत्त्वपूर्ण उपलब्धि भेटिँदैनन् । प्रतिवेदन हेर्दा लाग्छ, ओलीले पहिलो ६ महिना औसत बिताएछन् । ३ फागुन ०७४ मा ओलीले सत्ता सम्हालेका थिए । ओलीसँग यसअघि एकपटक प्रधानमन्त्री, गृह र परराष्ट्रमन्त्री भएको अनुभव छ । तर, यसपालि सुरुआती नतिजामा भने उनी औसत ठहरिए । विश्लेषक विष्णु सापकोटा भन्छन्, “सरकारी काम हेर्दा ओली ६ महिनामा उत्तीर्ण मात्रै भए । उल्लेख्य ‘डेलिभरी’ छैन ।” प्रधानमन्त्री ओलीका लागि यो कार्यकाल अपार अवसरको प्रस्थानबिन्दु मानिएको थियो । सरकारले सुशासन, सेवा प्रवाह र समृद्धिका लागि सानातिना निर्णय मात्र होइन, देशकै कायाकल्प गर्ने सामथ्र्यसमेत राख्ने आम अपेक्षा थियो । दुर्भाग्य पहिलो ६ महिनामा ओलीको सचिवालय औसत सरकारले समेत सजिलै गर्न सक्ने कामको प्रगति देखाएर पन्छिन विवश छ ।

ओलीसित इतिहासकै सुविधाजनक बहुमत त छँदैछ । संघीय र प्रादेशिक सरकारका मन्त्री–मुख्यमन्त्री चयनमा पनि उनै हावी भए । सातमध्ये ६ प्रदेशमा नेकपाकै सरकार छ भने तीन प्रदेशका मुख्यमन्त्री र अधिकांश मन्त्री ओलीकै विश्वासपात्र छन् । सरकार, संसदीय दल र नेकपाको केन्द्रीय कमाण्डमा ओली नै एकछत्र छन् । राष्ट्रपतिमा ओलीकै इच्छामा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी दोहोरिएकी छन् ।

संविधान संशोधन मात्रैले नपुग्ने भन्दै धाराधारामा पुनर्लेखन मागिरहेको संघीय समाजवादी फोरमसमेत यही सरकारमा सामेल हुनु ओलीका लागि थप अनुकूल स्थिति हो । त्यतिले नपुगेर ओलीले प्रधानमन्त्री कार्यालयलाई अरू शक्तिशाली बनाएका छन् । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ । यी तीन निकाय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाहेक नै चालू आवमा प्रधानमन्त्री कार्यालयका लागि ५३ करोड ४ लाख २५ हजार रुपियाँ विनियोजन गरिएको छ ।

यस्तो चुनौतीविहीन अनुकूलता ०४६ यताका कुनै पनि प्रधानमन्त्रीलाई प्राप्त थिएन । ०१६ मा दुई तिहाई बहुमतसहित सत्तामा गएका विश्वेश्वरप्रसाद कोइराला पनि यति सहज ढंगले कुर्सीमा बस्न पाएका थिएनन् । चाहिएको सबै कुरा भएर पनि ओलीले सार्वजनिक रूपमै ‘दुई तिहाईको सरकारलाई कांग्रेसले काम गर्न दिएन’, ‘सरकारलाई घेराबन्दी गरेर असफल पार्न खोजियो’ जस्ता कर्मकाण्डी वाक्य प्रयोग गर्न थालेका छन् । विश्लेषक श्याम श्रेष्ठ कटाक्ष गर्छन्, “यति छोटो अवधिमा कुनै पनि सरकार यति निकम्मा साबित भएका थिएनन् ।”

इतिहासकै निम्छरो प्रतिपक्ष र सुध्रिएको छिमेक–सम्बन्ध ओली सरकारका लागि थप अनुकूल हो । तर, सरकारले जनतामा उत्साह जगाउनै सकेन । जंगल फाँडेका, पशुलाई कृत्रिम गर्भधारण गराएका, भारत र पाकिस्तानका प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका गतिविधिलाई सरकारको प्रारम्भिक प्रगति विवरणमा समेट्नुपर्ने बाध्यतामा ओलीको सचिवालय गुज्रेको छ । तर, सरकारको खराब सुरुआतमा धेरथोर जसको दोष भेटिए पनि प्रधानमन्त्री ओलीकै छनोट र निर्णय मुख्य कारक देखिन्छ ।

ओली आत्मकेन्द्रित देखिएको भन्दै नेकपाभित्रैका कतिपय शीर्षस्थ नेता रुष्ट छन् । त्यसैले सरकारका केही कदम सार्वजनिक रूपमा आलोच्य भइरहँदा पार्टी पंक्तिकै कतिपय नेताले बचाउ गर्ने आवश्यकता देखेनन् । लाभका अधिकांश पदमा आफ्नो गुट, त्यसमा पनि विश्वासपात्रलाई मात्रै प्राथमिकता दिने हुँदा विगतका एमाले नेताहरू नै ओलीमैत्री देखिएका छैनन् । राजनीतिशास्त्री देवराज दाहाल भन्छन्, “ओलीले पार्टी र कर्मचारीतन्त्रबाटै साथ पाएनन् । उनी त्यत्तिकै अलमलमा परेकाले अहिलेसम्मको समय उपलब्धिविहीन भएको छ ।”

ओलीले अर्थमन्त्रीमा युवराज खतिवडालाई ल्याउँदा काफी प्रशंसा पाएका थिए । मनोनीत अर्थमन्त्रीलाई सदर गर्न राष्ट्रियसभाको सजिलो बाटोबाट उनलाई सांसद पद पनि थमाए । त्यतिले नपुगेर तत्कालीन एमालेको कुनै कमिटीमा नरहेका खतिवडालाई एकैपटक नेकपाको केन्द्रीय सदस्य मनोनीत गरे । खतिवडाको बजेटलाई कतिपय अर्थविद्हरूले सन्तुलित भनी प्रशंसा पनि गरे । तर, सत्तारुढ पार्टीकै सांसद र नेता मात्रै होइन, शुभेच्छुकहरूले समेत बजेटबाट समाजवाद उन्मुख संविधानको मर्म आत्मसात् नभएको भन्दै आलोचना गरेका छन् । विश्लेषक श्रेष्ठ भन्छन्, “वामपन्थी एजेन्डा उन्मूलन गर्न खतिवडा नै पर्याप्त छन् । उनले फेरि एकपटक बजेट ल्याए देशमा वामपन्थी शिला खोज्दै हिँड्ने दिन आउँछ ।”

वाम घोषणापत्रमा दुई वर्षभित्र देशलाई खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने भनिएको थियो । तर, खतिवडाले कृषिको बजेट झन्डै आधा कटौती गरे । गत आवमा कृषिमा ८१ अर्ब रुपियाँ विनियोजन थियो । खतिवडाले भने कृषि क्षेत्रका लागि ४० अर्ब मात्र विनियोजन गरेका छन् ।

सत्तारुढ दलको संयुक्त चुनावी घोषणापत्रमा शिक्षा बजेट २० प्रतिशत पुर्‍याइने भनिएको थियो । यसअघि शिक्षामा १७ प्रतिशतसम्म राज्यको लगानी थियो । तर, खतिवडाले विज्ञान, प्रविधिसहितको शिक्षामा केवल १० प्रतिशत बजेट छुट्याए । यसपालिको बजेटमा पनि स्वास्थ्य न्यून प्राथमिकतामा छ । जबकि, संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखेको छ । खतिवडाले विगतकै बजेटमा समेत भारी कटौती गरेर संविधान र घोषणापत्र दुवैलाई निरर्थक बनाएका छन् ।

देश संघीयतामा गएको छ तर अर्थमन्त्री खतिवडाले संघ र प्रदेशलाई संविधानले दिएको अधिकार अनुसार बजेट विनियोजन गरेनन् । बरु कुल बजेटको ७१ प्रतिशत हिस्सा संघ र २९ प्रतिशत हिस्सा प्रदेश र स्थानीय तहलाई विनियोजन गरे । अर्थमन्त्री भएलगत्तै श्वेतपत्र जारी गरेर देश कंगाल भएको घोषणा गरेका खतिवडाले साउन अन्तिम साता अमेरिकास्थित विश्व बैंकको मुख्यालय पुगेर भने नेपालमा लगानी गर्न आर्थिक परिसूचक अनुकूल रहेको बताए । जबकि, त्यो वार्षिक बजेटकै नजिक अर्थात् ११ खर्बभन्दा बढी व्यापार घाटा छ । खतिवडा अर्थमन्त्री भएपछि पुँजी बजार मात्र होइन, समग्र निजी क्षेत्रसमेत उत्साहित देखिएको छैन ।

मनोनीतको घेराबन्दी
नेकपाको नेतृत्व, मनोनीत अर्थमन्त्री, कर्मचारीतन्त्र मात्र होइन, आपैँmले मनोनीत गरेका सल्लाहकार नै ओलीलाई असफल बनाउने कारक बन्दै गएका छन् । ओलीले आफ्ना सल्लाहकारमा विज्ञ होइन, कार्यकर्ता छाने । ती कार्यकर्ता जो आफ्नै पार्टीभित्र अनि संसदीय चुनावमा समेत पराजित रहे । यसर्थ, ओलीको कार्यदक्षता र प्रभावकारिता बढ्न सकेको छैन । विश्लेषक सापकोटा भन्छन्, “कार्यकर्तालाई नै सल्लाहकार राखेपछि राम्रो नतिजा आउँदैन । अहिले भएको त्यही हो ।”

एउटा दृष्टान्त हेरौँ : ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले ७ साउन ०७५ को एक अन्तर्वार्तामा भनेका छन्, ‘डा गोविन्द केसीका विषयमा प्रधानमन्त्रीले पोजिसन बनाउन मिल्दैन । शिक्षा मन्त्रालयले डिल गरिरहेको छ । यति माथि आउनै पर्दैन । यो त शिक्षा मन्त्रालयको एउटा शाखाले डिल गर्ने विषय हो । किन सबै ठाउँमा प्रधानमन्त्रीलाई लग्नुपर्‍यो ?’

रिमालको यही ढिपीका कारण १६ असार ०७५ देखि जुम्लामा आमरण अनशन बसेका डा केसीका मागको सम्बोधन तीन सातापछि मात्रै हुन सक्यो । आम दबाबका कारण सरकारकै लागि प्रतिकूल हुन सक्ने देखिएपछि प्रधानमन्त्री ओली स्वयं अगाडि सर्नुपर्‍यो । ओलीको टोलीसँग १० साउन ०७५ मा ९ बुँदे सहमतिपछि केसीले २७ दिन लामो अनशन तोडे । तीन वर्षअघि पहिलो प्रधानमन्त्रीकालमा पनि ओलीले उनै रिमाललाई मुख्य सल्लाहकार बनाएका थिए । रिमाल अहिलेसम्म प्रत्यक्ष निर्वाचित छैनन् । पहिलो संविधानसभामा समानुपातिक कोटाबाट सभासद् रहेका उनी नेकपाको स्थायी समितिमा पनि मनोनीत भएका छन् । पूर्वएमालेको गत महाधिवेशनमा सचिव पदमा हारे पनि उनी ओलीसँगको पहुँचले पोलिटब्युरो सदस्य, केन्द्रीय आर्थिक विभाग प्रमुख र सचिवालय सदस्यमा मनोनीत भएका थिए । उनले प्रधानमन्त्रीको भूमिका प्रभावकारी बनाउनेभन्दा पनि प्रोपागान्डालाई बढी महत्त्व दिने गरेका छन् ।

प्रधानमन्त्रीको सल्लाहकार विषयगत विज्ञ हुनुपर्ने मान्यता छ । तर, व्यवस्थापनमा स्नातक रिमालकै लागि ओलीको सल्लाहकार समूहमा श्रेणीगत असमानता सिर्जना गरिएको छ । रिमालले मन्त्रीसरहको सुविधा (मासिक १ लाख ५० हजारभन्दा बढी पारिश्रमिक र १ करोडभन्दा बढी मूल्यको विलासी गाडी) लिएका छन् । रिमाल प्रधानमन्त्रीलाई सघाउनेभन्दा बढी मन्त्री, सचिवको ब्रिफिङ, ठूला नियुक्ति तथा सरुवा–बढुवा आदिमा आफूलाई संलग्न गराउँछन् । स्रोत भन्छ, “उहाँमा आफैँ प्रधानमन्त्री भएजस्तो अहंकार छ, त्यसैले राजकीय मामिला हेर्ने, मिडियालाई अन्तर्वार्ता दिने, मन्त्री–सांसदलाई तर्साएर कज्याउनेमा रुचि राख्नुभएको छ ।”

स्रोतका अनुसार रिमालले तीन साताअघि प्रधानमन्त्रीले मन्त्रीहरूको मार्कसिट बनाउँदै हुनुहुन्छ भनेर तर्साएका थिए । तर, त्यसको आलोचना भएपछि उनी स्वयंले खण्डन गरे । रिमाल राज्य प्रणालीमा कसरी भय सिर्जना गर्न अग्रसर छन् भन्ने बुझ्न २४ साउन ०७५ को उनको एउटा ट्वीट हेरौँ, ‘धेरै अंग बिरामी छन् । कतिपय अंग काम नलाग्ने छन् । उपचार गर्ने कसरी ? औषधी पर्याप्त नहुने छाँट छ । सर्जरीतिर लागौँ, अनपेक्षित संक्रमणकालबाट ज्यानै जाने पनि खतरा छ ।’

यी विचरा !
रिमालपछिको वरीयतामा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली छन् । रिमालले प्रधानमन्त्रीका सबै सल्लाहकारलाई प्रधानमन्त्रीप्रति उत्तरदायी बनाउनेभन्दा आफूप्रति बफादर बनाउने गरेका छन् । रिमालले मन्त्रीसरहको सुविधा लिए पनि मैनालीलाई चाहिँ राज्यमन्त्रीसरहको सुविधा (मासिक १ लाख २५ हजार रुपियाँ र साधारण गाडी) दिइएको छ । प्रधानमन्त्री ओली र रिमाललाई भेट्न नपाउने जिल्लातिरका पीडित कार्यकर्ता र औषधोपचारका लागि सहयोग माग्न आउनेहरू मैनालीलाई भेटेर चित्त बुझाउँछन् । नेकपाका मनोनीत केन्द्रीय सदस्य मैनाली गत चुनावमा बारा १ बाट पराजित भएका थिए ।

रिमालकै योजनामा मैनालीभन्दा तल्लो वरीयतामा प्रेस सल्लाहकार नियुक्त गरिएका छन्, कुन्दन अर्याल । हाल पार्टीको कुनै पनि तहको जिम्मेवारीमा नरहेका उनी यसअघि नेपाल टेलिभिजनको अध्यक्ष थिए । पत्रकारितामा विद्यावारिधि अर्याललाई रिमालकै सिफारिसमा विशिष्ट श्रेणीको सुविधा (मासिक १ लाख १० हजार रुपियाँ र गाडी सुविधा) पाउने गरी प्रेस सल्लाहकार मनोनीत गरिएको हो । सिंहदरबार र बालुवाटारमा रिमालको मुड हेरेर मात्र चल्नुपर्ने बाध्यतामा छन्, मैनाली र अर्याल ।

विज्ञको ठाउँमा नियुक्त गरिएका प्रधानमन्त्रीका सल्लाहकार समूहका सदस्यहरूको यो हविगतले उनी कस्ता सहयोगीबाट घेरिएका छन् भन्ने प्रस्ट हुन्छ । ओलीको प्रारम्भिक ६ महिना कमजोर सावित हुनुको एउटा कारण कमजोर सल्लाहकार समूह पनि हो । चुनावबाट निर्वाचित जनप्रतिनिधि भूमिकाहीन अनि जनतासँग प्रत्यक्ष नजोडिएका मनोनीत पात्रहरू शासन र राजकीय मामिलामा हावी हुँदै गएका कारण ओलीको सुरुआती कार्यकाल कमजोर बनेको छ । राजनीतिशास्त्री दाहाल भन्छन्, “अहिलेको कर्मकाण्डबाट मुक्त भएर संविधान कार्यान्वयन, जनतालाई राहत, पुनर्निर्माण र सेवा प्रवाहलाई चुस्त बनाउन सकेनन् । सबै अनुकूलता हुँदाहुँदै पनि ओली असफल हुन्छन् ।”

Page 24
Page 25
Page 26
विशेष

मनोनयनबाटै मालामाल

- राजन भट्टराई
राजन भट्टराई

पोहोरको चुनावमा काठमाडौँ– ४ बाट कांग्रेसका गगन थापासँग पराजित राजन भट्टराईलाई प्रधानमन्त्री कार्यालयले औपचारिक रूपमा चिन्दैन । तर, उनी ओलीका औपचारिक बैठक, भेटघाट तथा विदेश भ्रमणमा मात्र होइन, राजकीय मामिलामा समेत संलग्न छन् । दिनभर बालुवाटार र सिंहदरबारस्थित प्रम कार्यालयमा भेटिन्छन् ।

उच्च स्रोतको दाबीमा, केही समयअघि विदेश जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एयरपोर्टबाट जबर्जस्ती बालुवाटार झिकाएर केरकार गराउने काम भट्टराईले नै गरेका थिए । व्यक्तिगत पहुँचकै आधारमा पहिलो कार्यकालमा ओलीले उनलाई परराष्ट्र मामिला सल्लाहकार बनाएका थिए । ०७३ मा ओली सत्ताबाट हटेपछि भट्टराई नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्य बनाइए । त्यसअघि उनी ०७० को संविधानसभामा समानुपातिक सभासद् थिए भने माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार । एमालेको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भट्टराई नवौँमा भने ओली प्यानलबाट चुनिए । औपचारिक हैसियतबिनै राजकीय मामिलामा रहेका भट्टराई अब ओलीको परराष्ट्र तथा सुरक्षा सल्लाहकार बन्ने दाउमा छन् ।

 

Page 27
विशेष

आश गरिएका नै औसत

सरकारका अधिकांश मन्त्री दिशाविहीन । अपरिपक्व । कामचलाउ
- जनक नेपाल

प्रधानमन्त्री केपी ओलीले आफू निकट थुपै्र आकांक्षी पन्छाउँदै युवराज खतिवडालाई अर्थमन्त्री बनाए । निर्वाचित सांसदलाई मात्रै मन्त्री बनाउनुपर्ने संवैधानिक बाध्यता सम्बोधन गर्न राष्ट्रियसभामा मनोनीत गरे । पार्टी र तत्कालीन वाम गठबन्धनभित्र छिटफुट विरोध नभएका होइनन्, तैपनि खतिवडालाई विगतमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र राष्ट्र बैंकको गभर्नर भएर अर्थतन्त्रको नसनस छामेका ‘विषय विज्ञ’ का रूपमा आम रूपमै स्वीकारियो ।

खतिवडाको अनुहार हेरेकै भरमा बजेटअघिसम्म प्रधानमन्त्री ओलीले देखाएका सपना र मन्त्रीहरूका प्रतिबद्धतालाई आम नागरिकले आशामुखी नजरले हेरे । तर, नीति, कार्यक्रम र बजेटमा वाम गठबन्धनको चुनावी घोषणापत्र र नेपाली कम्युनिस्टहरूले वर्षांैदेखि देखाउँदै आएका सपना तुहिएपछि सरकारप्रति आशंका र अविश्वास सुरु भएको छ । सँगै, मन्त्रीहरूले आफ्ना असफलताको दोष पनि बजेटमै जोडेर अर्थमन्त्री खतिवडालाई एक्ल्याउन थालेका छन् ।

‘समाजवादउन्मुख’ लक्ष्य बोकेको दुई तिहाई बहुमतको सरकारले ६ महिनामा सार्वजनिक सेवा वितरणमा कुनै राहत महसुस हुने काम गरेन । सर्वसाधारण सेवा लिन अहिले पनि घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ । नि:शुल्क पाउनुपर्ने आधारभूत शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै सुधारको संकेत देखिएको छैन । सार्वजनिक सुशासन तथा पूर्वाधारविज्ञ सूर्यराज आचार्य बलियो र स्थिर सरकारले जगाएको उत्साह ६ महिनामै निराशातर्फ बदलिन थालेको बताउँछन् । “प्रधानमन्त्री ओलीले चरम निराशाबीच एउटा आशा र सपना पक्कै देखाएका हुन् । समृद्धिको गन्तव्य घोषणा गरेकै हुन्,” उनी भन्छन्, “तर, अहिलेकै जीर्ण राज्यसंयन्त्र लिएर त्यो लक्ष्य पूरा हुँदैन । त्यसैले यसपटक पनि आशालाग्दो छनक देखिएन ।”

मन्त्रीहरूका कदम वाम सरकारले निदृष्ट गरेको गन्तव्यतिर देखिएका छैनन् । प्रधानमन्त्री बन्नेबित्तिकै ओलीले कबुल गरेको थिंक ट्यांकको ६ महिना पुग्दासमेत सुरसार छैन । समृद्धिको यात्रा तय गर्न राष्ट्रिय स्तरका मात्र नभई अन्तर्राष्ट्रिय स्तरका विज्ञको समेत सहयोग लिनुपर्नेमा सरकार पार्टीको, अझ गुटको घेराभन्दा बाहिर निस्कन नसकेको आचार्यको टिप्पणी छ ।

दुई तिहाईको अनुमोदन पाएको सरकारलाई लामो संक्रमण र अस्थिरताले दिएको आम निराशालाई चिर्ने अवसर छ, तर हालसम्मका क्रियाकलापले उनीहरूमा त्यो अपेक्षा अनुरूपको परिपक्वता नभएको संकेत दिलाएका छन् । एक–दुई मन्त्रीलाई छाड्ने हो भने अधिकांशले न आशलाग्दो सुरुआत गर्न सकेका छन्, न त भरपर्दो दीर्घकालीन योजना नै बनाउन । यसर्थ, इतिहासकै सर्वाधिक अवसर र समय पाए पनि मन्त्रीहरूका गतिविधि उही पुरानै कामचलाउ किसिमका देखिएका छन् । अर्थविद् गोविन्दबहादुर थापा नाकैमुनिका खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले देखाएका ठूला सपनाप्रति जनताको विश्वास टुट्दै गएको उल्लेख गर्दै भन्छन्, “मन्त्रीहरूले आम नागरिकले अनुभूति गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ ।”

मन्त्रीहरूमा ठोस योजना अनुरूप अघि बढ्नेभन्दा पनि तत्काल नतिजा देखाएर एक्लाएक्लै सेलिब्रिटी बन्ने होड देखिएको छ । गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी र ऊर्जामन्त्री वर्षमान पुनजस्ता अनुभवी नेताहरू नै यो रबैयाको सिकार देखिए । अघिल्लो कार्यकालमा सेलिब्रिटी भएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यसपटक भने सुरुमै विवादमा परे । “मन्त्रीहरूमा परिपक्व कार्यसम्पादनभन्दा अनेक उपाय गरेर चर्चामा आउने र सेलिब्रिटी बन्न खोज्ने प्रवृत्ति देखियो,” पूर्वसचिव माधव पौडेल भन्छन्, “मन्त्रीको छनोट त ठीकै हो, तर, अहिलेसम्म अधिकांशको काम सन्तोषजनक देखिएन ।”

सरकारको कमाण्डमा पनि समस्या छ । प्रधानमन्त्री ओलीले विभागीय मन्त्रीलाई खबरै नदिई २१ सचिवको सरुवा गरिदिए । उनी सचिवहरूलाई बारम्बार बालुवाटार बोलाएर ब्रिफिङ लिन्छन् । त्यसले सचिवहरू मन्त्रीभन्दा प्रधानमन्त्रीप्रति जवाफदेहीजस्तो देखिएको अवस्था छ । “सचिवले टेर्दैनन् । उनीहरूको सीधा सम्पर्क प्रधानमन्त्रीसँगै छ,” एक मन्त्री गुनासो गर्छन्, “कमाण्ड प्रणाली टुटेकाले काम गर्न गाह्रो भइरहेको छ ।” सिंहदरबार स्रोतका अनुसार गृह, खानेपानी र परराष्ट्र मन्त्रालयमा त्यो समस्या धेरै छ ।

प्रधानमन्त्री ओली पार्टी एकतामा धेरै समय व्यस्त रहँदा त्यसको प्रभाव सरकारमा परेको पक्कै हो । अहिलेसम्म सरकार र पार्टीबीच न दूरी, न त राम्रो समन्वय देखिएको छ । सरकार सञ्चालनमा सिंगो पार्टी कमिटी नै लागेजस्तो देखिन्छ । तर, सरकारको बचाउ वा आलोचनामा भने कमै नेताले मुख खोलेका छन् । नेकपा सचिवालय सदस्य वामदेव गौतम कम्युनिस्ट सरकार बनेको अनुभूति हुने राहत कार्यक्रम ल्याएर दीर्घकालीन योजनामा लाग्नुपर्ने सरकार कांग्रेसको घेराबन्दीमा अल्मलिएको जिकिर गर्छन् । “प्रधानमन्त्री त १८ घन्टा काम गरिरहनुभएको छ । ब्रिफिङ र निर्देशनले उहाँलाई एकछिन फुर्सद छैन,” उनी भन्छन्, “मन्त्रीहरू अनुभवी भएनन् । उनीहरू कामले होइन, बोलेर प्रतिस्पर्धा गरिरहेका छन् ।”

मन्त्रिपरिषद् गठनपूर्व बसेको तत्कालीन एमाले स्थायी कमिटी बैठकमा ओलीले मन्त्री चयन गर्ने जिम्मेवारी आफूलाई दिन प्रस्ताव गरेका थिए । त्यसै अनुसार काम गर्न सजिलो हुने गरी ओलीले आफैँ छनोट गरेकाले अहिले मन्त्रीलाई दोष दिन नमिल्ने उनको भनाइ छ । यति हुँदाहुँदै पनि अर्थमन्त्री खतिवडाको भने गौतमले खुलेरै आलोचना गरे । योजना आयोगसँग समेत परामर्श नगरेर ल्याएको बजेट कांग्रेसका अर्थमन्त्रीको जत्ति पनि लोकप्रिय नभएको आरोप लगाउँदै उनी व्यंग्य गर्छन्, “बनाउन त हामीले ठूलै अर्थशास्त्रीलाई अर्थमन्त्री बनायाँै । खासमा उनी तथ्यांक र बैंकिङविज्ञ मात्र रहेछन् ।”

मन्त्री को कस्ता ?
ओली सरकारमा धेरै नै आशा गरिएका मन्त्रीहरूको काम पनि औसतभन्दा फरक देखिएन । तिनै औसत कामलाई सरकारले उपलब्धिका रूपमा गणना गर्नुपर्ने स्थिति छ । ३३ केजी सुन तस्करी काण्डको छानबिन र सिन्डिकेट अन्त्यमा देखाएको चासोले गृहमन्त्री रामबहादुर थापाले प्रारम्भमा निकै चर्चा कमाए । तर, सरकारले प्रशंसा कमाएका यी दुवै काम अहिलेसम्म टुंगोमा भने पुग्न सकेनन् । सिन्डिकेट अन्त्य खासमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको अधिकार क्षेत्रको विषय थियो । तर, अवरोध गर्न खोज्ने यातायात व्यवसायीमाथि कारबाही गरेर जस भने गृहमन्त्री थापाले लिए । बरु विकल्पको व्यवस्थापन गर्न नसकेकामा मन्त्री महासेठ आलोचनामा परे । समयमै काम नसक्ने निर्माण व्यवसायीमाथि कारबाही गर्ने चेतावनी दिएर पनि गृहमन्त्री थापा चर्चामा आए । पछिल्लो समय बलात्कार, अपहरण र हत्याका घटना वृद्धि हुँदा उनी आलोचनामा परेका छन् ।

सरकार बनेको पाँच महिनाभित्रै प्रधानमन्त्री ओलीले भारत र चीन भ्रमण गरेर दुई छिमेकीसँग समदूरीमा बस्न चाहेको सन्देश दिएका छन् । लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले राजनीतिक मात्र होइन, सांस्कृतिक तथा पर्यटकीय महत्त्व राख्यो । यसलाई सरकारले छिमेकीसँगको कूटनीतिक सम्बन्ध सुधारका रूपमा अथ्र्याएको छ । खासगरी, अघिल्लोपटक प्रधानमन्त्री हुँदा बिग्रेको सम्बन्ध सुधार्न ओली सफल भएका छन् । पुराना सन्धि–सम्झौता पुनरावलोकन गर्न सहमति जनाएर भारतले पनि नेपालसँगको सम्बन्धका संवेदनशील पाटो बुझेको संकेत दिएको छ । चीन भ्रमणमा अपेक्षा गरिएको पारवहन तथा व्यापार प्रोटोकलमा हस्ताक्षर हुन नसके पनि छिट्टै टुंग्याउने उच्चस्तरीय समझदारी बनेको सरकारी पक्षको दाबी छ । यी दुवै प्रयासमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अग्रसरताले काम गरेको थियो ।

सरकारमा धेरै अपेक्षा गरिएका अर्का मन्त्री हुन्, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट । उनको कार्यकालको आरम्भ पनि औसत नै रह्यो । वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन उनले केही हदसम्म कोसिस गरिरहेका छन् । खासगरी, मलेसिया जाने कामदारको स्वास्थ्य जाँचमा भइरहेको ठगी रोकेकामा प्रशंसासँगै माफियाको घेरामा परेको आरोप पनि उनले बेहोर्दै आएका छन् । श्रमिकलाई बैंकबाट पारिश्रमिक, न्यूनतम पारिश्रमिक ९ हजारबाट वृद्धि गरी १३ हजार ४ सय ५० पुर्‍याउने निर्णयलाई सकारात्मक रूपमा लिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी विमानस्थल सुधार, जहाज खरिद र पर्यटन क्षेत्रमा ल्याएका केही योजनाले राम्रो संकेत देखाउने मन्त्रीमा पर्छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता आएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा खुला गरेर हवाई ट्राफिक कम गर्न खोजिएको छ । केही नियुक्ति र बजेट वितरणले भने उनी विवादमा तानिएका छन् । खासगरी, लाउडा विमान भाडा प्रकरणका एक आरोपित हरिभक्त श्रेष्ठलाई नागरिक उड्डयनविज्ञ र फेवाताल अतिक्रमणको आरोप लागेका सुनील शाक्यलाई पर्यटनविज्ञ नियुक्तिले उनी विवादमा परे । त्यस्तै, भर्खरै लुम्बिनी विकास कोषमा उपाध्यक्ष अवधेशप्रसाद त्रिपाठी र कार्यकारी निर्देशकमा विवादास्पद प्रशासक विष्णुप्रसाद ढकालको नियुक्तिले पर्यटनमन्त्रीमाथि प्रश्न उठाएको छ ।

आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने लक्ष्यसहित बजेट ल्याएका अर्थमन्त्री युवराज खतिवडा ‘अलोकप्रिय बजेट ल्याएको’ भन्दै सिंगो नेकपा पंक्तिमा आलोचित छन् । उनले ल्याएको बजेटले लोककल्याणकारी तथा समाजवादउन्मुख कार्यक्रम तथा योजना नसमेटेको आरोप छ । सामाजिक सुरक्षा भत्ता वृद्धि, नि:शुल्क शिक्षा र स्वास्थ्यका चुनावी नाराले उत्साहित जनतालाई खतिवडाको बजेटले निरास तुल्याएको छ । कर बढाएको, नि:शुल्क शिक्षा तथा स्वास्थ्यमा ध्यान नदिएको र निम्न तथा निम्नमध्यम वर्गमा राहत पुग्ने कार्यक्रम नल्याएको आरोप उनीमाथि छ । तैपनि, अर्थ प्रशासनमा सुधार, सार्वजनिक खर्चमा मितव्ययीता र वित्तीय अनुशासन कायम गर्न उनको नीतिले काम गरेको सरकारी दाबी छ ।

ऊर्जामन्त्री वर्षमान पुन धेरै हल्ला नगरेरै परिणाम दिने गरी ‘नेपालको पानी, जनताको लगानी’ योजना अघि सार्दैछन् । सरकारी निकायको ५१ प्रतिशत सेयर र ४९ प्रतिशत नागरिकको सेयर रहने उक्त कार्यक्रमबाट १८ ठूला–साना जलविद्युत् आयोजनामा झन्डै ५० लाख नागरिकलाई मुनाफाको ग्यारेन्टीसहित सेयरधनी बनाउने लक्ष्य लिइएको छ ।

मन्त्रीपिच्छे विवाद
सिन्डिकेट अन्त्यजस्तो जनपक्षीय काम हुँदासमेत भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले लोकप्रियता कमाएनन् । सरकारले उपलब्धिका रूपमा गणना गरेको त्यो कामको धेरै जस गृहमन्त्री थापाले पाए । झट्ट हेर्दा महासेठले भित्रभित्रै सिन्डिकेट जोगाउन चलखेल गरेको र गृहमन्त्री थापाको हस्तक्षेपले मात्र त्यो सम्भव भएजस्तो देखियो । महासेठलाई व्यवसायीसँग गुप्त सम्झौता गर्न खोजेको आरोपसमेत लाग्यो । १ साउनदेखि सिन्डिकेटको विकल्पका रूपमा यातायात कम्पनी दर्ता, यात्रु बिमामा विकल्प दिनेलगायतका व्यवस्थापन हुनुपर्नेमा महासेठ चुके । त्यसले पनि उनीप्रति शंका मात्र बढाएन, सरकार सिन्डिकेटबाट पछाडि फर्किन लागेको आरोप लाग्यो ।

अर्को, उनले १ वैशाखदेखि काठमाडौँमा खाल्डाखुल्डी देखिने छैनन् भन्ने प्रतिबद्धता जनाएका थिए । तर, महानगरका भित्री सडक मात्र होइन, मुख्य सडकहरू खाल्डाखुल्डी र हिलाम्मे छन् । उनी विवादमा तानिए । नागढुंगा–कलंकी–कोटेश्वर सडक बिस्तार तथा निर्माणमा भएको ढिलाइले उनको क्षमतामाथि नै प्रश्न उठाइदियो । प्रधानमन्त्री ओली स्वयंले दुई पटक बोलाएर निर्देशन दिनुपर्‍यो । यतिसम्म कि कार्यक्षमतामा सुधार नल्याए फिर्ता बोलाउने संकेतसमेत दिइसकेको बालुवाटार स्रोत दाबी गर्छ ।

विवादमा तानिएका अर्का मन्त्री हुन्, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित । पीआर र डीभी लिएर सरकारी सेवामा रहेका कर्मचारीलाई कारबाही गरेर अघिल्लो कार्यकालमा चर्चा कमाएका उनी वातावरणमन्त्रीका रूपमा सुरुमा सिंहदरबार छिरेका थिए । सरसफाइमा बेवास्ता गर्ने केही होटललाई कारबाही गरेर चर्चामा आएका उनी सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै एकपछि अर्को विवादमा तानिए । तीनै तहका सरकारलाई जनशक्ति व्यवस्थापनको जिम्मेवारी लिएको मन्त्रालय सम्हालेका उनले कर्मचारीलाई खुसी बनाएर काम लिन सकेनन् । स्वेच्छिक अवकाशमा निस्कन लागेका कर्मचारीलाई रोक्दासमेत उनको आलोचना भएको थिएन । तर, उनले बोलीमा संयम अपनाउन सकेनन् । राष्ट्रसेवक कर्मचारीलाई ‘थाङ्ने कर्मचारीसँग म डराउन्नँ’ भनेपछि विवाद चर्कियो । प्रधानमन्त्री ओलीले उनलाई सचेत गराउनुपर्‍यो । मन्त्री पण्डितले बिच्क्याएपछि नै कर्मचारीतन्त्रबाट सरकारले रचनात्मक सहयोग नपाएको बताइन्छ ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा आफूलाई विवादमा तान्ने गरी प्रश्न सोधेको आरोपमा नेपाल टेलिभिजनको कार्यक्रम बन्द गराएर विवादमा आए । मन्त्रीका रूपमा बाँस्कोटा औसत रहे पनि सरकारका प्रवक्ताका रूपमा भने निकै कमजोर देखिएका छन् । सरकारका राम्रा कामको समेत प्रचारप्रसार नभएको भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक असन्तुष्टि जनाइसकेका छन् । अदालतभित्र हुने भ्रष्टाचार नियन्त्रण गर्ने र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न लगाएर आशालाग्दा देखिएका न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ बोलीकै कारण राजीनामा दिन बाध्य भए । कानुन निर्माणमा थुप्रै काम अधूरै राखेर उनी सिंहदरबारबाट बाहिरिए ।

मन्त्रालयमै गुमनाम
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल मन्त्रालयमै सीमित छन् । रक्षा मन्त्रालयमा नीतिगत सुधार, गैरव्यावसायिक निर्माण–व्यवसायमा रुचि देखाएको नेपाली सेनालाई कसरी अगाडि बढाउने भन्नेमा उनले कुनै काम देखाउन सकेका छैनन् । उद्योगमन्त्री मातृकाप्रसाद यादव पनि मन्त्रालयमै हराएका छन् । बजेट आउनासाथ बढेको कालोबजारी र महँगी नियन्त्रण गर्न नसकेकामा उनी आलोचित भए ।

बन्द उद्योग सञ्चालनमा ल्याउने संरक्षणवादी नीतिको कुरा गरेको सरकारले त्यसको सुरुआत कपडा, कागज वा औषधीभन्दा जनकपुर चुरोट कारखानाबाट गर्न खोजेपछि उनी विवादमा छन् । दुई दर्जनभन्दा धेरै सल्लाकार विज्ञ समूह बनाएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल यसपटक कामभन्दा धेरै विवादमा आए । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन र डा गोविन्द केसीको अनशन बेलैमा टुंग्याउन नसक्दा उनी आलोचित भए । वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी घोषणा गरेका वन तथा वातावरणमन्त्री शक्ति बस्नेत पनि मन्त्रालयमै सीमित छन् । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा उनी गृहमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्री उनको कामबाट प्रभावित थिए । यसपटक भने लामो कार्ययोजना सार्वजनिक गरे पनि कार्यान्वयनमा निकै कमजोर देखिएका छन् । उल्टै अस्वाभाविक रूपमा राज्यस्रोतको दुरुपयोग गरेको उनीमाथि आरोप लागेको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विकको ६ महिना खेलकुद बुझ्दैमा बित्यो । नेपाली खेलकुद क्षेत्रलाई कसरी अगाडि बढाउने भन्नेमा उनी अझै अस्पष्ट छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चक्रपाणि खनाल भर्खर भूमि व्यवस्थाका लागि विज्ञहरूसँग अन्तक्र्रिया गरेर टुंगोमा पुग्दै थिए, उनको मन्त्रालय नै विभाजन भयो । धान र उखुको मूल्य तोक्नेबाहेक कृषिमा आशालाग्दो कुनै सुरुआत गर्न सकेका छैनन् । खानेपानीमन्त्री बिना थापामगरको दसैँअघि मेलम्चीको पानी काठमाडौँमा वितरण गर्ने प्रतिबद्धता छ । तर, यही गतिमा त्यो सम्भव देखिँदैन । उनी पनि मन्त्रालयमै सीमित छिन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा न कुनै विवादमा छिन्, न त उपलब्धिपूर्ण काम गरेकामा कुनै चर्चा छ ।

मन्त्रीहरूको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई छुट्टाछुट्टै बोलाएर सचेत गराउने र परिणाम आउने गरी काम गर्न निर्देशन दिन थालेका छन् । कार्यप्रगति नदेखिए मन्त्रीहरूको जिम्मेवारी हेरफेर हुन सक्नेसम्मको संकेत दिइएको छ । योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा कार्यसम्पादन सुधार्न मन्त्रीहरूले सचिव र कर्मचारीतन्त्रसँग भएको अनुभव र क्षमता परिचालन गर्न सक्नुपर्ने बताउँछन् । “सबै बिग्रिसकेको होइन । ६ महिनालाई तयारी चरणका रूपमा पनि लिन सकिन्छ,” उनी भन्छन्, “संघीयतामा केन्द्रीय सरकारको काम मात्र होइन, प्रदेश र स्थानीय सरकारका कामसमेत हेरेर मूल्यांकन गरिनुपर्छ ।”

संघीय समाजवादी फोरमबाट नेकपा सरकारमा सामेल उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री इस्तियाक राईको अहिल्यै मूल्यांकन गर्ने बेला भएको छैन । स्वास्थ्य राज्यमन्त्रीमा औसत काम गरेर भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा पदोन्नति भएकी पद्माकुमारी अर्याल र तामाङको राजीनामापछि नियुक्त भएका कानुनमन्त्री भानुभक्त ढकालको परीक्षण हुन अझै बाँकी छ । राजनीतिक विश्लेषक निलाम्बर आचार्य पाँचवर्षे सरकारको मूल्यांकन गर्ने बेला भइनसकेको बताउँछन् । “कमी–कमजोरी, अलमल र अस्पष्टता थुप्रै छन् । असुरक्षा बढेको छ । सरकारले संघीयता कार्यान्वयनलाई व्यवस्थित गर्न सकेको छैन,” उनी भन्छन्, “पाँचवर्षे कार्यकालको सरकारलाई ६ महिनामै विफलतातर्फ गयो भन्न मिल्दैन ।”

Page 28
Page 29
विशेष

सचिवालय कि भनसुन अड्डा ?

- नेपाल संवाददाता

मन्त्रीहरू मुख्यत: तीन कुरामा चुकेका छन् । पहिलो, उनीहरूले आफ्नो प्राथमिकता निर्धारण गर्न सकेका छैनन । एउटा मन्त्री नियुक्त भएपछि उसले तत्कालै गर्नुपर्ने र गर्न सक्ने प्रारम्भिक सुधारबारे उनीहरू बेखबरजस्ता छन् । त्यसले प्रारम्भिक राहत महसुस गर्न सकेनन् । दोस्रो, उनीहरूको विज्ञ समूह र सल्लाहकार टिम कमजोर छ । आफन्त र पार्टी कार्यकर्तालाई अवसर दिने नाममा कमसल खालका स्वकीय सचिव, विज्ञ र सल्लाहकार नियुक्त गरेका छन् । त्यसैले अधिकांश मन्त्रीका सचिवालय मन्त्रीलाई सही निर्णय लिन र प्रभावकारी कामका लागि सल्लाह दिनुभन्दा सम्पर्क कार्यालय वा भनसुन अड्डाजस्ता बनेका छन् । जहाँ बिहानदेखि साँझसम्मै व्यक्तिगत काम लिएर आउने कार्यकर्ता र स्वार्थ–समूहको भीडभाड मात्र देखिन्छ । तेस्रो, मन्त्रीहरूले कर्मचारीतन्त्रको विश्वास जित्न सकेका छैनन् । मन्त्रालयभित्र पार्टीगत आस्था, भेग र जातीय आधारमा भेदभाव हुने गरेको निजामती कर्मचारीको गुनासो छ । सत्तारुढ पार्टी निकट कर्मचारी संगठनले इशारामा मन्त्रीहरू चल्ने गरेका छन् । त्यसले कर्मचारीको ठूलो हिस्सा अघोषित रूपमै प्रतिपक्षझैँ असहयोग गर्दै आएको छ । “कर्मचारीतन्त्रलाई चरम राजनीतिकरणले गाँजेको छ । त्यसैले राम्रो समन्वय, हातेमालो नगरे मन्त्री असफल हुने सम्भावना अधिक रहन्छ,” ०७० को चुनावी सरकारका मन्त्रीसमेत रहेका पौडेल भन्छन्, “सरकार फेरिनासाथ एकथरी सरुवा, बढुवाका फाइल बोकेर चुरीफुरी गर्दै हिँड्छ । अर्को, प्रतिपक्षजस्तो निहुँ खोज्छ । त्यसलाई मन्त्रीले राम्ररी बुझ्नुपर्छ ।”

सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा आफूलगायत अधिकांश मन्त्री नयाँ भएकाले सुरुका ६ महिना विभागीय काम सिक्दैमा बितेको बताउँछन् । “धेरै कुरा सिक्यौँ, आत्मविश्वास पनि बढेको छ । भित्रभित्रै काम पनि भइरहेका छन्, अब नतिजा निस्कन्छ,” उनी भन्छन्, “आफ्नै नीति, कार्यक्रम र बजेटमा १ साउनदेखि सरकारले गति लिएको छ । जनताले छिट्टै परिवर्तन महसुस गर्नेछन् ।”

Page 30
Page 31
Page 32
विशेष

स्वार्थी घेराभित्र प्रधानमन्त्री

मेडिकल कलेजदेखि निजी स्कुलका सञ्चालकसम्म
- माधव बस्नेत

दृश्य एक
कक्षा ११ को नयाँ पाठ्यक्रम नयाँ शैक्षिक सत्र साउनबाट लागू गराउने योजनामा थिए, शिक्षामन्त्री गिरिराजमणि पोखरेल । त्यसका लागि मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम लागू गराएरै छाड्ने घोषणासमेत गरेका थिए । तर, गोल्डेनगेट कलेजका सञ्चालक रमेश सिलवाललगायत नयाँ पाठ्यक्रम साउनबाट लागू गराउन नदिने खेलमा लागिपरे । सिलवाल मदन भण्डारी फाउन्डेसनसँग आबद्ध छन् । उनीहरुको चेतावनीबाट शिक्षामन्त्री पोखरेल टसमस भएका थिएनन् । तर, सिलवाललगायतको टोलीले प्रधानमन्त्री केपी ओलीको राजनीतिक शरणमा पुगेर लामो मन्त्रणा गर्‍यो । त्यसपछि ओलीले शिक्षामन्त्री पोखरेललाई नयाँ पाठ्यक्रम एक वर्षका लागि स्थगित गर्न निर्देशन दिए । प्रधानमन्त्रीकै निर्देशन पाएपछि पोखरेलले नयाँ पाठ्यक्रम स्थगित नगर्ने कुरै भएन । सिलवाललगायत पुरानै पाठ्यक्रमका पक्षधरले आफू अनुकूल निर्णय गराएरै छाडे ।

दृश्य दुई
रातो बंगलालगायतका विद्यालयलाई कर कार्यालयले मूल्य अभिवृद्धि कर तिराउन पत्राचार गरेको थियो । मूल्य अभिवृद्धि कर र आयकर नतिरे उनीहरुलाई कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । कर कार्यालयको यस कदमविरुद्ध ती विद्यालयहरुले प्रधानमन्त्री ओली, अर्थमन्त्री युवराज खतिवडालाई गुहारिरहेका थिए । नभन्दै १५ जेठमा अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गर्दा निजी विद्यालयलाई मूल्य अभिवृद्धि करमा १ प्रतिशत कर छूट गराएको घोषणा भयो । ०६५ मा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा निजी विद्यालयलाई लगाउन थालेको करसमेत कटाइयो । आफूले सुरु गरेको प्रगतिशील कर कटाएको भन्दै भट्टराईले ट्वीट नै गरे । यता, महँगा निजी विद्यालय सञ्चालकहरुले प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेर कर कार्यालयलाई नै आफ्नो सामथ्र्य देखाए ।

दृश्य तीन
गृह मन्त्रालयले एनजीओ/आईएनजीओको उपल्लो तहमा कार्यरत व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न र सरकारलाई बुझाउन निर्देशन दिएको थियो । मन्त्रालयको यो निर्देशनबाट हतासिन पुगेका एनजीओकर्मीले प्रधानमन्त्री ओलीलाई गुहारे । यसपछि ओलीले गृहमन्त्री रामबहादुर थापालाई सरकारी निवास बालुवाटारमै बोलाएर एनजीओ/आईएनजीओमा कार्यरतहरुको सम्पत्ति विवरण माग्ने कार्य बन्द गर्न सुझाए । प्रधानमन्त्रीको यो सुझावपछि एनजीओकर्मीहरुलाई हाइसन्चो भयो ।

तीन दृष्टान्तले प्रधानमन्त्री केपी ओली र उनी निकटहरू स्वार्थ–समूहको घेरामा पर्दै गएको देखाउँछन् । ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला दिनमा खुला रूपमै सरकारलाई विभिन्न स्वार्थ–केन्द्रहरूले घेरा हाल्न थालेको र काम गर्न नदिएको बताउने गरेका छन् । तर, त्यसरी घेरा हाल्ने स्वार्थ–समूह को हो ? उनीहरूले त्योचाहिँ खुलाएका छैनन् ।

प्रधानमन्त्री ओलीले प्रायश: आफ्ना भाषणमा मुलुकको समृद्धिबाहेक आफ्नो कुनै स्वार्थ नभएको र लोभलालचबाट मुक्त भइसकेको बताउने गरेका छन् । मानौँ, प्रधानमन्त्री ओली व्यक्तिगत रूपमा लोभलालच, मोह आदिबाट मुक्त पनि होलान् । तर, आफूलाई मजबुत रूपमा घेरेर बसेका विभिन्न स्वार्थ–समूहबाट उनी टाढा हुन सक्लान् ? यसैमा उनी नेतृत्वको सरकारको सफलता/असफलता निर्भर हुनेछ । लामो समय ओलीका दौँतरीसमेत रहेका पूर्वएमाले नेता राधाकृष्ण मैनालीका शब्दमा, स्वार्थ–समूहको घेरामा परेकैले प्रधानमन्त्री ओली आफ्नो छविबाट माथि उठ्न सकेका छैनन् । नेतृत्वको उचाइ बढ्दै जाँदा ओली भने खुइलिँदै गएका छन् । “ओलीजी वर्षौंदेखि एउटा निश्चित स्वार्थ–समूहको घेरामा छन् । उनलाई राजनीतिकभन्दा व्यापारिक चासोका गैरराजनीतिक मान्छेले घेरेका छन्,” मैनालीको कथन छ, “वरिपरिका समूहले घेरेकैले उनी आफूलाई नयाँ सम्राट ठान्छन् । ओली आफ्नो स्वार्थ–समूहको घेराकै कारण असफल हुनेछन् ।”

स्वार्थ–समूहको एक मात्र अभीष्ट राजनीतिक भर्‍याङ चढेर मुनाफा कमाउनु हो । यस्ता स्वार्थ–समूहले प्रधानमन्त्री ओली र उनी निकटहरूलाई यति मजबुत घेरामा राखेका छन्, उम्कन निकै गाह्रो छ । आफ्नो स्वार्थ अहित हुने थोरै मात्र व्यवधान आइलागे पनि यो समूह ओलीलाई भेट्न पुग्छ र आफू अनुकूल निर्णय गराइछाड्छ । पूर्वएमाले पंक्तिको ठूलो ताँती निजी विद्यालय, एनजीओ/आईएनजीओ, सहकारी, हाइड्रो, निजी क्लिनिक/अस्पताल सञ्चालकको छ । विगतदेखि नै लाग्दै आएको मुख्य आरोप हो– एमाले निजी विद्यालय सञ्चालक, एनजीओ/आईएनजीओको पार्टी हो ।

हुन पनि प्रधानमन्त्री ओली तथा पूर्वएमालेका शीर्ष नेताहरूलाई मन्त्री, सांसद, पार्टीका केन्द्रीय सदस्यले चाहेका समयमा भेट्न पाउँदैनन् । तर, निजी विद्यालय सञ्चालकले जुनसुकै बेला भेट्न सक्छन् । राजधानीको कालोपुल र बौद्धमा जेभिएर इन्टरनेसनल कलेज चलाउँदै आएका लोकबहादुर भण्डारी धेरैजसो समय ओलीसँगै हुन्छन्, जो एमाले झापा–काठमाडौँ सम्पर्क मञ्चका पूर्वअध्यक्षसमेत हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको खटनपटन चल्ने मदन भण्डारी फाउन्डेसनमा समेत आबद्ध रमेश सिलवालको प्रसंग त उल्लेख भई नै सक्यो ।

भण्डारी र सिलवाल मात्र होइन, नेकपाका धेरै मन्त्री, सांसद, मेयर/उपमेयर, गाउँपालिका अध्यक्ष/उपाध्यक्षहरू निजी विद्यालय, हाइड्रो, सहकारी, एनजीओ/आईएनजीओ सञ्चालक छन् । ओली सरकारमा दोस्रो वरीयतामा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाइड्रो, निजी कलेजमा लगानी गरेका छन् । पोखरेलकी श्रीमती मीरा ध्वजुको नाममा बरुण हाइड्रोमा १० हजार कित्ता सेयर छ भने मोर्डन कन्या मल्टिपल कलेजमा पाँच हजार कित्ता सेयर रहेको उनको सम्पत्ति विवरणमा देखिन्छ ।

ओलीका अर्का विश्वासपात्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको काठमाडौँको गुडविल फाइनान्समा ७० हजार कित्ता सेयर छ भने अन्य थुप्रै फाइनान्स तथा बैंकहरूमा समेत उनको सेयर छ । महासेठले सबैभन्दा बढी लगानी घरजग्गामा गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पानीखोला हाइड्रोमा ३० लाख रुपियाँको सेयर हालेका छन् । उनको गण्डकी विकास बैंकमा २६ हजार कित्ता सेयर छ । सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजधानीको ब्राइट बचत तथा ऋण सहकारी संस्थामा १० हजार कित्ता सेयर हालेका छन् ।

पूर्वसांसद तथा पोलिटब्युरो सदस्य विजय पौडेल माइलस्टोन कलेज र सहकारीका प्रमुख हुन् । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले निजी विद्यालय चलाएका छन् । यी उदाहरण प्रतिनिधि घटना मात्र हुन् । प्रधानमन्त्री ओलीकी प्रमुख सुझावकर्ता राष्ट्रपति विद्यादेवी भण्डारीका जेठा ज्वाइँ उमेश थापाले ट्रिनिटी कलेज, त्रियोग स्कुललगायत झन्डै आधा दर्जन निजी विद्यालय, कलेज चलाएका छन् । यस्ता स्वार्थ–समूहले मुनाफा कमाउने कार्यमा ठेस लाग्ने निर्णय गर्न देलान् ? सम्भावना न्यून देखिन्छ । व्यापारिक समूहको त कुरै छाडौँ– निजी विद्यालय, अस्पताल, सहकारी, एनजीओ/आईएनजीओ, हाइड्रो, घरजग्गालगायतमा लगानी गर्ने नेताहरूको संख्या बग्रेल्ती छ ।

एनजीओ/आईएनजीओमा पनि यस्तै स्वार्थ–समूह हावी छ । ०४६ को जनआन्दोलनमा वाम शक्तिलाई विदेशी समर्थन जुटाउने जिम्मा तत्कालीन नेकपा मालेले सुशील प्याकुरेल र प्रकाश काफ्लेलाई दिएको थियो । आन्दोलन सफल भएपछि मानव अधिकारका क्षेत्रमा काम गर्ने भनेर उनीहरूकै पहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जन्माइयो । प्याकुरेल हाल राष्ट्रपति भण्डारीका सल्लाहकार छन् भने काफ्ले दुर्घटनामा बिते । कुनै बेला इन्सेकलाई नेकपा इन्सेकसमेत भनिन्थ्यो । हाल इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल छन् । फागुन ०६५ मा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा प्याकुरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए । अन्त्यमा ओलीलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिए । पूर्वएमाले एनजीओ/आईएनजीओ क्षेत्रलाई हेर्न केन्द्रमा ‘मानव अधिकार एलाइन्स’ विभाग नै बनाएको थियो, जो अद्यापि छँदैछ । यसैबाट पनि बुझ्न सकिन्छ, ओली र उनी निकटहरूलाई घेर्ने एनजीओ/आईएनजीओको लहरो निकै लामो छ ।

जताततै स्वार्थ–समूह

ओली नेतृत्वको पार्टीमा निजी अस्पताल सञ्चालकहरूको फेहरिस्त पनि बृहत् छ, जो बिरामीको उपचारभन्दा पनि नाफा कमाउनकै लागि खोलिएका हुन् भन्नेमा शंका छैन । निजी अस्पताललाई मर्यादित बनाउने माग राखेर शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत प्राध्यापक डा गोविन्द केसी २७ दिनसम्म अनशन बस्नुपर्‍यो । स्वार्थ–समूहका अगाडि ओलीले बेलैमा माग पूरा गर्ने कुनै तत्परता देखाएनन् । केसी आफ्ना मागबाट नगलेपछि मात्र २७आँै दिनमा उनी माग सम्बोधन गर्न तयार भए । प्रस्तावित मनमोहन मेडिकल कलेजमा एमालेका सैयौँ नेता/कार्यकर्ताको लगानी छ ।

वीरगन्जमा नेसनल मेडिकल कलेज चलाइरहेका वसुरुद्दिन अन्सारीलाई आफ्नो पार्टीमा भित्र्याएर ओलीले स्थानीय निर्वाचनमा वीरगन्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार नै बनाएका थिए । झापामा बीएन्डसी मेडिकल कलेज सञ्चालन गर्न हत्ते गरिरहेका दुर्गा प्रसाईंलाई त ओलीले नाति भनेर धाप दिइरहेका छन् ।

“निजी अस्पताल सञ्चालकहरूको ठूलो स्वार्थ–समूह नेकपामा हावी छ । उनीहरू प्रधानमन्त्री ओलीको एकदमै निकट छन्,” पूर्वनेकपा एमालेको स्वास्थ्य विभागमा कार्यरत एक नेता भन्छन्, “स्वार्थ–समूहको घेराबाट निस्कन ओलीलाई गाह्रो छ ।”

भर्खरै श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार सञ्चालन गरेकाहरूसँग ६ करोड रुपियाँ धरौटी मागेका थिए । सर्वसाधारणलाई जथाभावी विदेश पठाउने तर उनीहरूको बिचल्ली भएमा उद्धारसमेत नगर्ने वैदेशिक रोजगार व्यवसायीको बोलावाला बढेपछि त्यसलाई निरुत्साहित गर्न मन्त्री विष्टले उक्त कदम चालेका थिए । तर, वैदेशिक रोजगार व्यवसायीको ठूलो पंक्ति ओलीको दैलोमा पुग्यो । उनीहरूले प्रधानमन्त्रीसँग फोटो सेसन नै चलाए । यसपछि अहिले विष्टले अगाडि सारेको ६ करोड धरौटीको प्रावधान लावारिस बन्न पुगेको छ ।

एमालेमा वैदेशिक रोजगार व्यवसायीको संगठन नै छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ एमालेकै कार्यकर्ता हुन् । झापा–५ बाट निर्वाचित नेकपाका सांसद एलपी साँवा लिम्बूको पनि वैदेशिक रोजगार कम्पनी छ । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षसमेत रहिसकेका लिम्बू ओलीका भरोसापात्र हुन् ।

हालै नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीविरुद्ध पूर्वमन्त्री, सांसद तथा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले जिल्ला प्रशासन कार्यालयमा उजुरी हाले । कपनको एउटा सडक अधिकारीले ठेक्का लिएर निर्माण कार्य नगरेको भन्दै थापाले उजुरी हालेका थिए । रसुवाका ‘क’ श्रेणीका ठेकेदार जनार्दन ढकाललाई एमालेले ०७० र ०७४ को दुवै निर्वाचनमा टिकट दिएको थियो । ०७० को निर्वाचनमा विजयी भएका उनी ०७४ मा भने पराजित भए । एमालेमा ठेकेदारको ठूलो पंक्ति हावी छ ।

सांसद थापाका अनुसार ओलीलाई ठेकेदारको ठूलो स्वार्थ–समूहले घेरेको छ । त्यसैले उनीहरू ठेक्का लिने र शक्तिकेन्द्रलाई रिझाएर वर्षौंसम्म काममा ढिलाइ गरिरहेका छन् । भन्छन्, “प्रधानमन्त्री ओलीलाई ठेकेदारहरूको ठूलो स्वार्थ–समूहले घेरेको रहेछ । ओली ती स्वार्थ–समूहबाट बाहिर निस्कन कठिन देखिन्छ ।” ठूला आयोजनाहरू बेलैमा नसकिनु, विलम्ब हुनुमा निर्माण व्यवसायीकै हात छ । उनीहरूले शक्तिकेन्द्रलाई रिझाएर काममा विलम्ब गर्दै आएका छन् ।

सरकारले १५ जेठमा बजेट सार्वजनिक गर्दा कर्मचारीको तलब वृद्धि गरेन । करको दायरा भने बढायो– त्यो पनि १ साउनबाट लागू हुने गरी । तर, बजेट भाषणकै भोलिपल्टबाट थोक तथा खुद्रा व्यापारीले भारी मात्रामा मूल्य बढाए । त्यसलाई रोक्न सरकार अहिलेसम्म लागेको छैन । व्यापारीको प्रभावमा परेरै ओली सरकारले मूल्यवृद्धिविरुद्ध नियमन नगरेको जानकारहरू बताउँछन् ।

हुन पनि, राजनीतिक पार्टीका ठूला चन्दादाता उद्योगी–व्यापारी नै हुन् । असार पहिलो साता गरेको चीन भ्रमणमा ओलीले व्यापारी सोनाम शेर्पाको हिमालय एयरलाइन्स प्रयोग गरे । जबकि, उनी नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानमा जानुपर्ने थियो । व्यापारीको प्रभावमा परेरै ओलीले हिमालय एयरलाइन्स प्रयोग गरेको बुझ्न कठिन छैन ।
घरजग्गा व्यवसायी इच्छाराज तामाङलाई एमालेले ०७० मा समानुपातिक सूचीबाट सभासद् नै बनायो । नेकपामा प्राय: त्यस्ता नेता छैनन्, जसले जग्गा दलालीको काम नगरेका हुन् । ठूलादेखि सानासम्म धेरै नेताहरू घरजग्गा व्यवसायमा संलग्न छन् । सरकारले सिन्डिकेट तोड्ने निर्णय गर्दा सर्वसाधारणले ठूलो स्यावासी दिए । सिन्डिकेट तोड्ने निर्णयबाट सरकारले केही दिन वाहवाह पनि पायो । तर, दिन बित्दै जाँदा यातायात क्षेत्रको मनपरी ज्यूँका त्यूँ छ ।

पछिल्ला दिनमा कारोबार रोक्का भएका यातायात व्यवसायीका खातासमेत सरकारले फुकुवा गरिदिएको छ । यातायात क्षेत्रको सिन्डिकेट तोड्न पहलकदमी चालेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्री महासेठले सरुवा गरेर अन्यत्रै थन्क्याइदिएका छन् । त्यस घटनाले सरकार सिन्डिकेट पक्षधरको घेरामा परिसकेको प्रमाणित गर्छ । “सिन्डिकेट पक्षधरले मेराविरुद्ध कुरा लगाए होलान् । उनीहरूका कुराबाट प्रभावित भएर सरकारले सरुवा गरेको होला,” भट्टराई लख काट्छन्, “नत्र कार्यकाल पूरा नहुँदै सरुवा गर्नुपर्ने नराम्रो काम केही गरेको थिइनँ ।”

निजामती कर्मचारीभित्र यति ठूलो स्वार्थ–समूह छ, जसले आफू अनुकूल नभए प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव कसैको पनि निर्देशन स्वीकार्दैन । ट्ेरड युनियन गठन गरेर त्यसको अधिकारका नाममा सरकारलाई आफू अनुकूल घेराबन्दी गर्नु कर्मचारीले पहिलो अधिकार सम्झेका छन् । त्यसैले नै प्रदेश सरकारका लागि सरकारले अपवादबाहेक न केन्द्रबाट कर्मचारी खटाउन सकेको छ, न त नयाँ नियुक्त गर्न ।

त्यसो त निजामती कर्मचारीभित्र स्वार्थ–समूहको जगेर्ना एमालेले नै गरेको हो । ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हायलकायल बनाउन एमालेले आफू निकट कर्मचारी च्यापेर ठूलो आन्दोलन गर्‍यो । त्यसयता हरेक सरकारलाई निजामती कर्मचारीले आफू अनुकूल डोहोर्‍याउँदै आएका छन् । नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष भोला पोखरेल भन्छन्, “हामीले सरकारलाई आफ्नो स्वार्थ अनुकूल घेराबन्दीमा पारेका छैनौँ । पार्ने प्रयास पनि गर्दैनौँ । तर, कर्मचारीका समस्या पनि बुझिदिनुपर्छ भन्ने मान्यता भने राख्छौँ ।”

दुई तिहाई बहुमत भएको ओली सरकारलाई स्वार्थ–समूहको घेरा तोडेर शिक्षा, स्वास्थ्यलगायतलाई सर्वसुलभ बनाउने ठूलो अवसर छ यतिबेला । तर, मुनाफाबाहेक अर्को उद्देश्य नभएका स्वार्थ–समूह हावी भएपछि शिक्षा, स्वास्थ्य सस्तो हुने कुरै भएन । मानव अधिकारकर्मी कृष्ण पहाडीका अनुसार सरकार स्वार्थ–समूह र किर्ते धन्दा गर्नेहरूको संरक्षक बन्दैछ । र, उनीहरूले सरकारलाई आफ्नो घेराबाट बाहिरिनै नसक्ने गरी अप्ठेरोमा पारिरहेका छन् । “ओली सरकार कमाउ खाउहरूको फन्दामा पर्दै गएको देखिन्छ,” पहाडी भन्छन्, “ओलीका लागि अझै सच्चिने अवसर छ । उनले त्यो अवसर उपयोग गर्छन्/गर्दैनन् । त्यसैमा उनको सफलता भर पर्छ ।”

प्रधानमन्त्री ओली स्वार्थ–समूहबाट घेरिँदै जाने खतरा बढिरहेको नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालको ठम्याइ छ । “प्रधानमन्त्री ओलीको नियत पवित्र छ । तर, स्वार्थ–समूहको फन्दामा परियो भने उद्देश्य पवित्र हुँदाहँुदै पनि गन्तव्यमा पुग्न सकिन्न,” भुसाल भन्छन्, “प्रधानमन्त्री ओलीलाई स्वार्थ–समूहले घेरामा पार्ने त होइनन् ? अहिलेको चिन्ता नै यही हो ।”

Page 33
Page 34
Page 35
Page 36
दृष्टिकोण

आशाका ६ महिना

विशेष
- रामेश्वर खनाल

राजधानीका मूल सडकबीचमा छाडा गाईवस्तु यत्रतत्र देखिन्छन् । प्रत्येक हप्ता कहीँ न कहीँ गाडीको ठक्करले यीमध्ये एकाध ढल्छन् । रºतारमा चल्ने गाडीले किचेर, सडेर गिलित्त नभएसम्म ती हटाइँदैन । सडकमा यत्रतत्र फोहोरको डुंगुर देखिन्छ । विदेशी पर्यटकले हेर्न रुचाउने ठाउँ पुग्ने सडक–गल्ली घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे हुन्छन् । मुख्य सहरका फुटपाथ भत्किएका छन् । गाडी पार्किङ जथाभावी छ ।

सहरको केन्द्र भागका गल्ली छिचोलेर गन्तव्यमा पुग्दा एउटा सानोतिनो युद्ध जितेजस्तो लाग्छ । बसपार्क बेहाल छन् । सार्वजनिक शौचालय थपिएका छैनन्, भएकामा नाक नथुनी छिर्न सकिन्न । चुनावका बेला पार्क र हरियालीको कुरा गर्ने मेयरको एकवर्षे कार्यकालमा रत्नपार्क र खुलामञ्च झन् साँघुरिएका छन् । भूकम्पले भत्किएका सांस्कृतिक, पुरातात्विक सम्पदामध्ये दातृ निकायले सीधा सहयोगमा निर्माण गर्न वाचा गरेका आयोजनाबाहेक अरू जस्ताको तस्तै छन् । भत्केको धरहरा, पुनर्निर्माण गर्न पानी फालेर सुख्खा पारिएको रानीपोखरी काठमाडौँका मेयरलाई गिल्ला गर्ने विषय बनेका छन् ।

काठमाडौँ सहरमा महानगरपालिका कार्यालय पनि छ र भनेर प्रश्न गर्नुपर्ने स्थिति आइलागेको छ । तर, काठमाडौँका मेयर यो सबै बाहिरबाट आएर बसेका मानिसले गरेको
टिप्पणी भन्नुहुन्छ । सञ्चारमाध्यमले नकारात्मक कुरा मात्र प्रचार गर्‍यो भन्नुहुन्छ ।

काठमाडौँ उपत्यकाभित्रको अर्को नगरपालिका हो, भक्तपुर । त्यहाँ पनि सबै चीज कहाँ राम्रो भएको छ र ! हनुमन्ते किनारका बस्ती डुबानमा परे, फेरि डुबानको जोखिम यथावत् छ । खेती जग्गा जथाभावी घडेरीका लागि चकलाबन्दी भएको छ । मूल सडकमा छाडा गाई–डिंगा भक्तपुरमै बढी देखिन्छन् । तर, त्यहाँका मेयरले यो–यो गरेँ भनेर डिङ हाँकेका छैनन्, सक्ने काम बिस्तारै गर्दै गएका छन् । पुरातात्विक सम्पदाको पुनर्निर्माण व्यवस्थित ढंगले हुँदैछ । भित्री गल्लीहरू काठमाडौँभन्दा सफा छन् । सार्वजनिक बस बिसौनी काठमाडौँका भन्दा व्यवस्थित छन् । मेयरले नगरवासीका गुनासा सुन्छन् । ठूला दलका समर्थक र पत्रकारहरू भएजस्तो नेपाल मजदुर किसान पार्टीको पक्षमा कोलाहल मच्चाउने वस्तुत: कोही छैन । तर पनि राम्रो काम भएको छ भनेर सञ्चारमाध्यमले भक्तपुरकै चर्चा गर्छन् । आम मानिसले कामका आधारमा सरकारको मूल्यांकन गर्छ । काम भएको छ भने सञ्चारमाध्यमले नकारात्मक कुरा मात्र खोतलेर समाचार बनाउँदैनन् ।

काठमाडौँ र भक्तपुरले एकै समयमा निर्वाचित नगरपालिका पाए । भक्तपुरको मेलो सर्दैछ । काठमाडौँले मेलोमेसो मिलाउन सकेन । पहिलो वर्षमै प्रतिरक्षात्मक अवस्थामा पुग्यो । कुनै संस्था वा निकायमा नेतृत्वले पहिलो वर्षमा काम देखाउन सकेन भने त्यसपछि सम्हालिएर काम देखाउन गाह्रो हुन्छ । प्रणाली कमजोर हुँदै जान्छ । आदेशहरू पालना हुँदैनन् । निर्णय कार्यान्वयन हुँदैनन् । नयाँ समस्या थपिन्छन्, पुराना बल्झिँदै जान्छन् । सब चीज असरल्ल, लथालिंग हुन्छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वले मौका गुमाउँदै छ ।

काठमाडौँमा अर्को ठूलो, शक्तिशाली सरकार छ– संघीय सरकार । संघीय सरकार काठमाडौँ महानगरपालिका पथमा हिँड्दै छ वा भक्तपुर नगरपालिकाले समातेको बाटोमा ?
संघीय सरकारका प्रारम्भिक दिनका निर्णय र कामहरू सकारात्मक थिए । धेरै वर्षपछि पहिलो पटक आम नागरिकले मुलुकमा सरकार छ भन्ने अनुभूति भएको कुरा व्यक्त गर्थे । नागरिक हितविरुद्धका माग राख्ने आन्दोलनकारी र दबाब समूहका सामु विगतमा सरकार सधैँ झुक्थ्यो । यो सरकारले त्यस्ता समूह र सिन्डिकेटसामु नझुक्ने बरु तिनलाई ध्वस्त बनाई छाड्ने संकल्प देखायो । आम नागरिक र सबैजसो सञ्चारमाध्यमले सरकारलाई साथ दिए । भलै त्यो क्रममा सरकारले गरेका केही काम न्यायसम्मत भएनन् कि भनेर प्रश्न गर्न सकिने ठाउँ थिए । सरकारले लिएको अठोटको अन्तरनिहित उद्देश्य हेरे मानिसले, प्रक्रियाबारे बहस गर्न वा सुन्न रुचाएनन् ।

संघीय सरकार बनेको यो साता ६ महिना हुँदैछ । एक वर्षभित्र पनि सरकारका काम सही दिशामा छन् भनेर नागरिकले अनुभूति गर्न सकेनन् भने त्यसपछि सरकारले सम्हालिएर काम गर्न गाह्रो हुन्छ । पछिल्लो दुई महिनाजतिको अवधिमा मन्त्रिपरिषद्का सदस्यको बोली र काम गराइ, सार्वजनिक चासोका विषयमा सरकार अलमलिएजस्तो देखिन्छ । तथापि, समष्टिमा स्थिति खस्किएको छैन ।

भाषणमा सार्वजनिक खपतका लागि ठूलठूला कुरा गरे पनि सरकारका लिखित, आधिकारिक, नीति र कार्यक्रम ठीक छन् । सरकारको बजेटले अहिलेको समयमा मुलुकलाई चाहिने ‘समष्टिगत आर्थिक स्थायित्व’ कायम गर्ने अठोट लिएको देखिन्छ । मन्त्रीहरूको बोली र काम गर्ने शैलीका बारेमा आलोचना भएका छन् । तर, ठूलो बदमासी वा आर्थिक दुराचार भएको कुरो उठेको छैन । कतिपय मन्त्रीले लिएकानिर्णय वा गर्दै गरेका काममा सार्वजनिक आलोचना भएपछि सच्याएका छन् ।

नागरिकको आवाज सुनेर सच्याउनु कमजोरी होइन, उत्तरदायित्वको अभिव्यक्ति हो । छिमेकी मुलुकसँगको सम्बन्धमा सुधार नै आएको देखिन्छ । नेपालको प्रत्यक्ष आर्थिक सम्बन्ध भएका मुलुकहरूमा नेपाली श्रमिकको सुरक्षा र हित प्रवद्र्धनका मामिलामा सरकारका क्रियाकलाप परिणामउन्मुख देखिन्छन् । मन्त्रीहरूले रणनीतिक महत्त्वका परियोजनाको स्थलगत भ्रमण गरेका छन् । देखिएका समस्या तत्काल समाधान गरेका छन् वा गर्ने प्रयत्न गरेका छन् । आम मानिसले बलियो, दुई तिहाई बहुमतसहितको सरकारसँग आºनो दैनन्दिन समस्याको तत्काल समाधान होस् भनेर चाहना राख्छन् नै । यो पूरा नहुँदा आक्रोश व्यक्त हुन्छ । सरकारको आलोचना हुन्छ, जुन स्वाभाविक हो । तराई, पहाड, हिमाल सबैतिर सडक निर्माणको गति सुस्त छ । निर्माण व्यवसायीले ठेक्का लिएर आम मानिसको जीवन सहज तुल्याउने महत्त्वपूर्ण पूर्वाधारका आयोजना अधकल्चो राखेका छन् ।

काठमाडौँका सडकको हाल बेहाल छ । मानिसले ज्यादै गतिलो सडक नभए पनि कम्तीमा खाल्डाखुल्डी पुरियोस् भनेका छन् । पर्यटनमन्त्री भन्नुहुन्छ, ‘पहिला देश अनि विदेश ।’ काठमाडौँका बासिन्दाले बिदामा कतै जान खोज्ने हो भने सडक ठीक छैन । नगरकोट, ककनी, दक्षिणकाली सबैतिरका सडक जीर्ण छन् । नागढुंगा पार गर्न घन्टौँ लाग्छ– धूलोले सडक नै कुइरीमण्डल हुन्छ । यो सडकको दुरावस्थाबारे त बाइरोडमा गीत नै बज्छ । यी सडकमा काम गराउन चाहेको भए चार महिना पर्याप्त समय हो । त्यसमाथि सडकमा खाल्डो यो सरकारले पारेको हो र भन्ने अभिव्यक्ति आउँदा नागरिक पक्कै रुष्ट हुन्छन् । विदेशी पर्यटकले समेत यस अवधिमा नेपालबाट सम्झना लिएर जाने विषय धूलो, धूवाँ र हिलो बनेको छ । यो त राम्रो होइन ।

सवारी चालक अनुमतिपत्र पाउन महिनौँ कुर्नुपर्छ । कतिपय युवालाई यही अनुमतिपत्र विदेशमा अलि गतिलो जागिर पाउने आधार बन्न सक्थ्यो । ६ महिनामा यसलाई नियमित बनाउन सकिन्थ्यो । नागरिकले नियमित रूपमा सेवा लिने मालपोत, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन, कृषि प्रसार सेवा, सरकारी अस्पताल, जनस्वास्थ्य कार्यालय कतै पनि सुधारको कुनै प्रयत्न भएको छैन । नागरिकले आºनो अधिकारका रूपमा रहेको सरकारी सेवा लिन बिचौलिया, दलाललाई सम्पर्क नगरी हुन्न । अतिरिक्त शुल्क नबुझाई हुन्न । गणतन्त्र नेपालको पहिलो सरकारले ६ महिनाको अवधिमा यसलाई कम गर्न केही त काम गर्न सक्थ्यो । तर, प्रणाली जसरी चलेको थियो, त्यसरी नै चलेको छ । प्रदेश तथा स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने निकायहरूको हस्तान्तरण गर्न नसकेकाले सेवाग्राहीले पाउनुपर्ने सेवा सुध्रिएको छैन । स्थानीय स्तरका विकास निर्माणका काम पनि अल्झिएका छन् ।

यसैबीच केही हप्ताअघि सरकारका राम्रा कामको प्रचार भएन, खराब कुरा मात्र बाहिर आए । कार्यकर्ताहरू प्रतिकारमा उत्रिनुपर्‍यो भन्नेजस्ता कुरा माथिल्लो स्तरबाट बोल्न थालियो । मतदाताले तिरस्कार गरेको, प्रतिनिधिसभामा खासै हैसियत नभएका दलले सरकारको काममा भाँजो हाल्न थाले भन्ने पनि उच्च स्तरबाट व्यक्त हुन थाल्यो । यो राम्रो संकेत होइन । सरकार यति चाँडो प्रतिकार वा प्रतिरक्षामा उत्रन खोज्नु ठीक होइन । सञ्चारमाध्यमले सरकारका कामको बढाइचढाइ गरेनन् पनि भनिएको छ ।

प्रतिपक्षी दलको काम नै सरकारलाई सावधान गराइरहनु हो । उसको तरिका ठीक भएन, अनाहकमा विरोध गर्‍यो भने फेरि मतदाताले दण्डित गर्लान् । त्यति टाढा पुग्नै परेन, अहिले पनि नागरिकले प्रतिपक्षी दललाई साथ दिँदैनन् । डर–त्रास सिर्जना गर्दा पनि विप्लव समूहलाई कहाँ नागरिकको साथ छ र !अन्य सार्वजनिक संस्थाहरूझैँ सञ्चारमाध्यमका पनि कमजोरी छन् । तर, एउटा यथार्थ के हो भने सञ्चारमाध्यमले नेपाली समाजमा रहेको नैराश्य चिर्न सकारात्मक कुरा खोजी–खोजी ल्याएका छन् । सञ्चारमाध्यमले नराम्रा कुरा मात्र उजागर गरेका छैनन्, खोजी आशा जगाउने कुरा पनि आम चर्चामा ल्याएका छन् । महावीर पुनले आºनो कामको प्रचार गरिदेऊ भनेर सञ्चारमाध्यममा बिन्ती बिसाउँदै हिँडेका होइनन् । सञ्चारमाध्यमले उनको कामको चर्चा गर्छन् । डा गोविन्द केसी आºनो इमान र कामले चिनिएका हुन् । सञ्चारमाध्यमले साथ दिएकाले मात्र उनी र उनले उठाएका सामाजिक मुद्दा लोकप्रिय भएका होइनन् । कृषि अनुसन्धान र कृषिको व्यावहारिक शिक्षामा आºनै प्रयत्न र लगानीमा खटेका मदन राईले मेरो प्रचार गरिदेऊ भनेर सञ्चारमाध्यम गुहारेका छैनन् । शक्ति समूहका सुनिता दनुवार, चरिमाया तामाङ आदिको काम सञ्चारमाध्यमले चर्चा गर्छन् । उनीहरूबाट कुनै स्वार्थ पूर्ति हुन्छ भनेर होइन । गंगालाल हृदय केन्द्रको उन्नयनमा डा भगवान कोइरालाको चर्चा गर्छन् । नेपाली नागरिकता त्यागिसकेका व्यक्तिले विदेशमा कुनै ख्यातिका काम गर्दा नेपालीको शिर ठाडो पारे भनेर सञ्चारमाध्यमले शीर्ष समाचार बनाउँछन् । सञ्चारमाध्यम नायकहरू खोजी गरिरहन्छन् ।

नाकाबन्दीका बेला वर्तमान प्रधानमन्त्रीले लिएको अडानलाई मुलुकले एकढिक्का भएर साथ दियो । सबै सञ्चारमाध्यमले उहाँलाई हिरो बनाए । यो सरकार बनेपछि सिन्डिकेट उन्मूलन गर्न चालेको कदम र लिएको अडानका कारण वर्तमान गृहमन्त्रीलाई उहाँका सारा विगत बिर्सेर सञ्चारमाध्यमले हिरो बनाएकै हुन् । उदाहरण थुप्रै छन् । पक्कै हो, हिरो बनाएको व्यक्तिले नराम्रो काम गरेको भेट्यो भने उत्तिकै उल्लीबिल्ली पनि गर्छन् । सरकारका काम राम्रा भए भने पत्रकार सम्मेलन गरेर जानकारी गराउनुअघि नै सञ्चारमाध्यमले टिप्छन् ।

‘ब्रेकिङ–न्युज’, ‘डेभलपिङ–स्टोरी’ को जमाना जो छ अहिले । सरकारको भनाइ कुरेर सञ्चारमाध्यम बस्दैनन् ।सरकारले बुझ्नु आवश्यक छ, यो सरकार असफल होस् भन्ने चाहना कसैको छैन । राजनीतिक स्थायित्व खोजेको नेपाली समाजले स्थायित्व पनि काम लाग्दो रहेनछ भन्नुपर्ने दिन आओस् भन्ने चाहना राखेको छैन । प्रतिपक्षी दलले सडकमा जतिसुकै हल्ला गरे पनि राजनीतिक अस्थिरता पक्कै चाहँदैन ।

दुई वर्षसम्म यो सरकार आºनै अन्तरकलहले लथालिंग हुनेबाहेक ढल्ने सम्भावना छैन । दुई वर्षसम्म प्रतिनिधिसभाले चाहेर पनि प्रधानमन्त्री हटाउन सक्दैन । देशी–विदेशी शक्ति जोसुकै होस्, यो सरकारलाई हल्लाउन सक्दैनन् । सातमध्ये ६ प्रदेशमा संघीय सरकारको नेतृत्व गरेको दलको बहुमत छ । बहुसंख्यक स्थानीय तहमा यही दलको नेतृत्व छ । यत्तिको अनुकूल अवसर लोकतान्त्रिक नेपालको इतिहासमा सायदै कुनै सरकारले पायो । सरकारको एक वर्ष पुग्न अझ ६ महिना छ । सरकारका काम नागरिकको जीवन सहज तुल्याउने दिशामा छन् भनेर देखाउन यो पर्याप्त समय हो ।

नागरिकले नियमित सेवा लिने अग्रपंक्तिका कार्यालयहरूको काममा सुधार गरियो, सेवा लिन बिचौलिया प्रयोग गर्नुपर्ने परिपाटीको अन्त्य गरियो र सेवा दिन अनावश्यक कागजात तथा विवरण माग्ने प्रथालाई अन्त्य गरियो भने आम रूपमा परिवर्तनको अनुभूति हुन्छ । संविधानले जनताको प्रत्यक्ष सरोकारका कतिपय सेवा प्रादेशिक तथा स्थानीय तहको जिम्मेवारीमा राखेको छ । बितेको ६ महिनामा जिम्मेवारी हस्तान्तरणको काम पूरा हुन सकेन । प्रादेशिक र स्थानीय सरकार दुवै अन्योलमा छन् । प्रहरी र जिल्ला प्रशासनले सहयोग
गरेनन् । गुनासो प्राय: प्रदेशका मुख्यमन्त्रीहरूको भनाइ छ ।

संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र आधा दर्जन नयाँ आयोगहरूको व्यवस्था गरेको छ । यी आयोगलाई पूर्णता दिइयो भने पनि सरकारको काम देखिन सक्थ्यो । संविधान कार्यान्वयनमा सरकारको अग्रसरता देखिन्थ्यो ।

६ महिना पुग्न लाग्यो, पाँच प्रदेशले न नाम तोक्न सके, न त राजधानी । खुलेर नबोले पनि नाम र राजधानी तोक्न माथिबाट लाइन आएन भन्ने भनाइ सुनिन्छ । प्रादेशिक राजधानीहरू तोकिएर शासकीय पूर्वाधारका काम सुरु हुन सके मानिसमा उत्साह सञ्चार हुन्थ्यो ।

गणतन्त्रको घोषणा भाडाको भवनमा भयो । एक युगपछि त्यही भाडाको भवन गणतन्त्रको अभ्यासस्थल भएको छ । सरकारले बितेको ६ महिनामा संघीय गणतान्त्रिक नेपालको संसद् भवन निर्माणको काम प्रारम्भ गर्न सक्थ्यो । यो कुनै जटिल काम थिएन । विश्वका विभिन्न मुलुकमा संसद् भवन लोकतन्त्र र सार्वभौमसत्ताको प्रतीक बनेका छन् । खोई हाम्रो प्रतीक ?
जनसुविधाका पूर्वाधार आयोजना निर्माण व्यवसायीले ठेक्का लिएर अलपत्र पारे वा स्तरहीन काम गरे भन्ने मुलुकभरि आम नागरिकको प्रमुख गुनासो छ । स्वदेशी निर्माण व्यवसायी कुशल भएनन् भने तीव्र गतिको विकासको चाहना पूरा हुन सक्दैन । स्वदेशी निर्माण व्यवसायीको विकल्प खोज्न हुँदैन पनि ।

सरकारले निर्देशन दिएर काम हुन्छ भन्ने ठान्छ । मन्त्रीपिच्छेका निर्देशन छन् । निर्देशन दिएर मात्र काम हुँदैन भन्ने नेपालको ५० वर्ष लामो अनुभव छ । तत्कालीन राजा वीरेन्द्रका क्षेत्रीय भ्रमणपिच्छे निर्देशन हुन्थे । निर्देशन कागजमा । त्यसका प्रगति पनि कागजमा । प्रधानमन्त्रीका रूपमा सूर्यबहादुर थापा निर्देशन दिन र अनुगमनलाई डोर खटाउन माहिर थिए । काम भएन । व्यवस्था नै ढल्यो ।

मुख्य कुरा काम गर्न सक्नेलाई जिम्मेवारी सुम्पने, लक्ष्य तोक्ने र पूरा नगरे कारबाही गर्ने नै हो । काम नहुनुमा सार्वजनिक खरिद सम्बन्धी कानुन र प्रक्रियालाई दोष दिएर पन्छिन खोज्ने ऐतिहासिक प्रवृत्ति छ । विद्यमान कानुनले काम नगर्ने आयोजना प्रमुखलाई कारबाही गर्न सरकारलाई पर्याप्त अधिकार दिएको छ । प्रयोग हुनुपर्‍यो । हाम्रा पक्षका कर्मचारी भनेर काम नगरे पनि काखी च्याप्नु भएन । ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने पर्याप्त प्रावधान छन् । सार्वजनिक खरिद ऐनको सही पालना गर्ने हो भने कमजोर निर्माण व्यवसायीलाई राजनीतिक दबाबका आधारमा काम दिने गुन्जायस छैन । सक्षम निर्माण व्यवसायी छनोट गर्न योग्यता निर्धारण गर्दा नै ध्यान पुर्‍याउन कानुनमा व्यवस्था छ । पालना हुनुपर्‍यो । यसका साथै स्वदेशी निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न सरकारी पहलकदमी आवश्यक छ । आगामी ६ महिनामा अत्यावश्यक पूर्वाधार निर्माणका आयोजनामा निर्माणको गति, गुणस्तर बढ्यो भने सरकारप्रतिको विश्वसनीयता पक्कै बढेर जान्छ ।

बितेका ६ महिनामा निजी क्षेत्रले खुलेर ठूला लगानीका योजना घोषणा गरेको छैन । संयोग, यो सरकारको पालामा विगतमा निजी क्षेत्रले लगानी प्रतिबद्धता गरेका जलविद्युत्, होटल, उत्पादनशील उद्योग निर्माणका विभिन्न चरणमा छन् । यी आयोजना यसै वर्षमा सम्पन्न गर्न तत्काल अवरोध हटाइदिएर सहयोगी हुन मात्र खोज्यो भने पनि उच्चजस्तो देखिएको यो वर्ष सरकारले राखेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्य पूरा हुन सक्छ । नागरिक समाजबाट यदाकदा उठेका अनेकथरी मागको प्रतिकार गर्दै सरकारले समय खेर फाल्नु हुँदैन । सरकारले काम देखाओस्, यो सरकार असफल हुँदै हुँदैन ।

Page 37
Page 38
Page 39
बजार

कारवालको मेला

- नेपाल संवाददाता

पुरानो कार दिने,नयाँ कार लिने । रेनोको आधिकारिक वितरक हो, एडभान्स अटोमोबाइल प्रालि । एडभान्सले रेनो कारप्रेमीका लागि २२ देखि २९ साउनसम्म एक्सचेन्ज सुविधाका लागि देशभर रेनो क्याप्चर मेला आयोजना गरेको छ ।


रेनोको क्याप्चर, क्वीड, डस्टर र लजी मोडलमा एक्सचेन्ज सुविधा दिइएको छ । अभियानले ग्राहकलाई ३ लाख रुपियाँसम्मको एक्स्चेन्ज बोनस अफर, २ वर्षसम्म फ्रि सर्भिसिङ, एक आर्थिक वर्षको सडक कर छुट, स्पट फाइनान्सको सुविधा, तुरुन्त मूल्यांकन र एक्सचेन्जजस्ता सुविधा उपलब्ध गराएको छ । ग्राहकले प्रत्येक टेस्ट ड्राइभ गरेर आकर्षक उपहार जित्न सक्नेछन् । सायद यसैलाई भन्छन्, मेलामा मोज ।

बजार

एनबी र आईएमइबीच बैंकास्योरेन्स

- नेपाल संवाददाता

बैंकिङ र बिमा क्षेत्रले आपसी सहकार्यलाई अंगाल्न थालेका छन् । नेपाल बंगलादेश (एनबी) बैंक र आईएमई लाइफ इन्स्योरेन्स यसका पछिल्ला उदाहरण हुन् । एनबीको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमईको जीवन बिमा गराउन र यसबारे आवश्यक जानकारी पाउन सकिने भएको छ । आईएमई र एनबी बैंकबीच यस सम्बन्धमा बैंकास्योरेन्स सम्झौता भएको छ । आईएमई लाइफले हाल ५० स्थानबाट विभिन्न शाखामार्फत सेवा दिइरहेको छ भने विभिन्न १० योजना बजारमा ल्याएको छ ।

बजार

अब टम्बो फोन

- नेपाल संवाददाता

मोबाइल फोनका नाम पनि गजब छन् । जस्तो कि टम्बो । हो, यही नामको मोबाइल फोन शंकराचार्य मोबाइल प्रालिले नेपाली बजारमा भित्र्याएको छ । भारतीय बजारमा चार महिनाअघि १० मोडल सार्वजनिक गरेको टम्बो पहिलो पटक नेपाल आएको हो ।


टम्बोले नेपालमा ६ मोडलका फिचर फोन र २ मोडलका स्मार्ट फोन बिक्रीमा ल्याएको छ । टम्बोको स्मार्ट फोन टिए २ र टिए ३ मा फेस अनलग र फुलभ्युजस्ता विशेषता छन् । कम्पनीले आफ्नो उत्पादनमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र १ वर्षसम्म स्क्रिन रिप्लेसमेन्ट वारेन्टी दिएको छ ।

बजार

पैसा पठाउने नयाँ काइदा

- नेपाल संवाददाता

लेनदेन कतिसम्म सहज भएको छ, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई हेरौँ । एनसीएचएलले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणाली सेवाग्राहीका लागि लाभदायी भएको छ । अब अनलाइन सेवाको प्रयोग गरेर सीधै बैंक खाताबाट रकम पठाउन सकिने भएको छ ।


एनसीएचएल प्रणालीमा आबद्ध बैंकका ग्राहकले आफ्नो खाताबाट प्रति कारोबार एक लाख रुपियाँसम्म सीधै ट्रान्सफर गर्न सक्नेछन् । ग्राहकले आफ्नो बैंक नम्बर वा मोबाइल नम्बरको आधारमा समेत रकम ट्रान्सफर गर्न सक्नेछन् । यो सुविधा लिने ग्राहकले सुरुमा कनेक्टिप्स डट कममा एक पटक दर्ता गर्नुपर्छ । दर्ताको क्रममा आफ्नो बैंक खाताको विवरणसमेत भरेर उक्त फाराम डाउनलोड गरेर आफ्नो बैंकबाट भेरिफाइ गराउनु पर्छ । हाल एनसीएचएलमा आबद्धमध्ये १९ वटा बैंक तथा वित्तीय संस्थामा यो सुविधा लागू गरिएको छ ।

बजार

एलायन्सको कमाण्ड श्रेष्ठलाई

कर्पोरेट क्षेत्र चलायमान छ । चलायनमान छन्, यस क्षेत्रका प्रमुख कार्यकारीहरु पनि । जस्तो युगेशभक्त वादे श्रेष्ठ । एलाइन्स इन्स्योरेन्स (हाल प्रभु) बाट आईएमई जनरल इन्स्योरेन्स (तत्कालीन एनबी) पसेका श्रेष्ठ आईएमईमा नायब प्रमुख कार्यकारी थिए । बिमा क्षेत्रमा दुई दशकको अनुभव भएका श्रेष्ठले पदोन्नतिपछि एलाइन्सको नेतृत्व लिएका छन् ।

 

Page 40
नयाँपुस्ता

शरीर मेरो, कमेन्ट तिम्रो ?

जानेर या नजानेर शरीरको बनोटमाथि खिसीट्युरी गर्ने आम प्रवृत्ति
- विभु लुइटेल

कीर्तिपुरकी अपूर्वा शर्मा, १९, को मोटोपनलाई लिएर सानैदेखि साथीसंगीले उपहास गर्थे । साथीहरूले पिज्जा र बर्गर खाइरहँदा उनी आपैँmलाई सान्त्वना दिन बाध्य हुन्थिन् । अझ आफ्नो शरीरको व्यंग्य स्वरूप उपनाम राखिदिँदा मन दुखाउँथिन् । त्यसैले उनको बाल्यकालको अधिकांश समय डाइट प्लान बनाउँदै बित्यो ।

 

समय बित्दै जाँदा अपूर्वालाई लाग्न थाल्यो, आफ्नो प्राकृतिक स्वरूपमा किन खुसी नहुने ? डाइट प्लान अनुरूप खान मन लाग्न छाड्यो । त्यसो त, मोटोपनका कारण लाग्न सक्ने रोगसँग उनी परिचित छिन् । भन्छिन्, “स्वास्थ्यलाई प्राथमिकतामा राख्छु । तर, समाजले अथ्र्याउने ‘फिट’ शब्दमा आफूलाई फिट गर्न खोज्दिनँ ।”


एक वर्षदेखि अमेरिका बस्दै आएकी रश्मी श्रेष्ठ, २६, लाई पनि साथीभाइ, इस्टमित्र मात्र नभएर बाटोमा हिँड्ने जोकोहीले खिसीट्युरी गर्थे । १ सय २० किलोकी रश्मीलाई रोग भने केही थिएन । “मोटोपन वंशमै थियो । न व्यायाम गएर दुब्लाउन सकेँ, न त मुख बारेर,” उनी भावुक हुन्छिन् ।


लुगा किन्न गयो, आफ्नो साइजको नपाइने, सार्वजनिक यातायातमा दुई जनाको सिट एक्लैलाई चाहिने, त्यसमाथि वरपरकाले नचाहिँदा उपनाम राखिदिने । कसैले यी उपनाम लिएर एकनास गिज्याइरहँदा मुख छाडेको अनुभव पनि छ उनीसँग । “अमेरिकामा भने बडी सेमिङको सिकार भएको अनुभव छैन । त्यसैले नेपालका दिन सम्झन पनि मन छैन,” उनी लामो सास फेर्दै भन्छिन् ।


शारीरिक संरचनालाई लिएर कसैको मानमर्दन गर्नाले समाजमा स्वीकारोक्तिको भावना कम हुँदै जाने समाजशास्त्री चैतन्य मिश्रको ठम्याइ छ । “धेरैजसो मोटो शरीर रोगको भण्डार हुने देखिँदै आएको छ । त्यसैले केही मानिसले शरीरको आकृतिलाई भन्दा पनि रोगलाई इंगित गरी बडी सेमिङ गर्ने हुन सक्छन्,” मिश्र भन्छन्, “आफूभन्दा भिन्न स्वरूपको मान्छे देख्दा हामी ‘एब्नर्मल’ को संज्ञा दिन हतारिन्छौँ । यस्तो मानसिकता व्याप्त रहेसम्म कुनै न कुनै हिसाबले सबैको खिसीट्युरी भइरहन्छ ।”


‘प्रयांक्स्टर रिभाइवल’ नामक युट्युब च्यानलको दर्शकका प्रतिक्रियामा यसका सञ्चालक आशीष प्रसाईंलाई मानिसले तथानाम गरेको देख्न सकिन्छ । कारण, उनको कालो छाला । “च्यानल खोलेको पहिलो दिनदेखि नै मलाई यस्ता प्रतिक्रिया आउँथे,” उनी ननिको मान्छन् । अनेकौँ रंगभेदी प्रतिक्रिया उक्त च्यानलको कमेन्ट सेक्सनमा छ्याप्छ्याप्ती भेटिन्छन् । त्यस्ता प्रतिक्रियाको सम्बोधन गर्न उनले कहिल्यै उचित ठानेनन् । भन्छन्, “कसैले अगाडि नै आएर काले भन्यो भनेचाहिँ ‘हो, हजुर त साह्रै गोरो, अनुहार टल्किएर मान्छे चिन्नै गाह्रो भयो’ भन्दिन्छु । त्यति भनेपछि को बोलोस् π”


आशीषलाई आफ्नै छाला प्यारो लाग्छ । छालाको रंगकै कारण दिइएका नराम्रा उपनामले उनलाई छुँदैनन् । यसै सन्दर्भमा आशीष रिचार्ड राइमको एक कविताको अंश सम्झन्छन्, त्यसको नेपाली रुपान्तरण करिबकरिब यस्तो छ–
‘न कालो धुन हुनेछ, न त सेतो धुन,
केवल संगीत हुनेछ,
त्यसै संगीतमा भाका मिलाई
तिमी हामी भ्रातृत्वको गीत गाउँला ।’
घुम्रिएको कपालका कारण ‘चाउचाउ’, ‘गुन्द्रुक’ जस्ता उपनाम पाउने गरेकी कोटेश्वरकी आयुसा ढकाल, २१, को मनस्थितिमा सानै उमेरदेखि यसले गहिरो प्रभाव पार्‍यो । यस्ता प्रतिक्रियाबाट छुट्कारा पाउन कपाललाई इस्त्री लगाउँदा धेरै पटक निधारै पोलिन् । कपालका लागि विभिन्न कस्मेटिक उत्पादन प्रयोग गरिन् । कपाल बिगँ्रदै गए पनि सीधा बनाउने
लालसा मेटिएन ।


पछि कपाल साह्रै रुखो हुँदै गएपछि महसुस गरिन्, उनको जस्तो कर्ली कपाल बनाउन मान्छे हजारौँ खर्चिन्छन् । त्यसपछि उनले आफ्नो कपाललाई माया गर्न थालिन् । घुम्रिएको कपाल भएकी चर्चित अमेरिकी मिडिया पर्सनालिटी ओपरा विन्फ्रेको आत्मविश्वासले पनि उनलाई प्रभावित तुल्यायो । आफ्नो मौलिक स्वरूप स्वीकार्न सके यस्ता व्यवधानबाट पार पाइने अनुभव उनको छ । सुनाउँछिन्, “हिजोआज जसले जे भने पनि मतलव गर्दिनँ ।”


अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीलाई उनको मुहारको लाम्चो आकृति हेरी सामाजिक सञ्जालमा उपहास गर्ने सयौँ छन् । उनी भन्छन्, “मलाई ‘चुसेको आँप’ भन्नेलाई म रोक्न सक्दिनँ । त्यसैले त्यस्ता प्रतिक्रियाको मतलब नै गर्दिनँ ।” मूल्यांकन गर्नु नै छ भने व्यक्तिको काम र आचरणको गर्नुपर्ने धारणा उनको छ । “कसैले शारीरिक बनोटबारे नचाहिँदा टीकाटिप्पणी गर्छन् भने त्यो तिनको समस्या हो,” उनी सुनाउँछन् ।


‘बडी सेमिङ’ ले शरीरको आकारलाई लिएर कुनै पनि प्रकारका नकारात्मक टिप्पणी गर्ने आचरणलाई बुझाउँछ । पातलो शरीर भएकालाई पनि मोटो शरीर भएकालाई जत्ति नै जिस्काउने गरिएका थुप्रै उदाहरण छन् । बच्चालाई माया गरी बोलाउने क्रममा अभिभावकले नै ‘काले’, ‘भुन्टे’, ‘पुड्के’ जस्ता उपनाम राखिदिने चलन समाजमा व्याप्त छ । शारीरिक अवयवका प्रवृत्तिलाई लिएर नाम राख्नुअघि अभिभावक पनि सचेत हुनुपर्ने धारणा राख्छन्, त्रिवि मनोविज्ञान केन्द्रीय विभागका प्राध्यापक शिशिर सुब्बा ।


“सबैको सहने प्रवृत्ति समान हुँदैन । कसैलाई मोटु भन्दा मायाको अनुभूति हुन्छ भने कसैलाई अपमानको,” मनोविज्ञ सुब्बा भन्छन्, “गोरो बच्चालाई माया गरी काले भन्दा उसले चित्त नदुखाउला । तर, कालो बच्चालाई त्यही भन्दा उसलाई त नराम्रो लाग्छ नै ।”


उनका अनुसार शरीरलाई लिएर नकारात्मक प्रतिक्रिया प्राप्त गर्दा धेरैको आत्मविश्वास नै कम भएर जान्छ । यस्ता अत्यधिक प्रतिक्रिया सामना गर्ने व्यक्ति समाजमा घुलमिल हुन रुचाउँदैनन् र पछिपछि डिप्रेसनग्रस्त हुन्छन् । यस्तै व्यक्तिलाई लक्षित गरी सुब्बा भन्छन्, “ऐनामा आफ्नो शरीर हेर्दै रुन छाडौँ । हामी सबै कुनै न कुनै हिसाबले सुन्दर छौँ ।”

Page 41
Page 42
पर्सोनाज

चैतन्य चोला

- कुमार नगरकोटी

मोक्षघाटमा म कसैलाई पर्खिबसेको थिएँ । डुंगामा ।
प्रभातकालीन वातावरण शान्त एवम् मनोरम थियो । चराहरुले आफ्नो पखेटामा बोकी ल्याएको सूर्यको पहिलो किरण धरतीमा चुहाइसकेका थिए । मेरो वृद्ध काया लाम्चिलो छाया पानीमा
चलमलाएको थियो ।


म मानिसहरुलाई डुंगामा राखी नदीको पल्लो किनारा पुर्‍याउँछु । प्राय: मोक्षघाटमा यात्रीहरु कुरिरहन्छु । खासमा म जर्मन लेखक हर्मन हेस्सरचित पात्र हुँ, सिद्धार्थ । कतिपयले मलाई लिरिकल उपन्यास सिद्धार्थमा पढिसक्नुभएको होला । यहाा चर्चा गर्न लागेको एउटा घटना भने उपन्यासमा कतै पनि छैन ।


त्यो बिहान एक भलाद्मी मेरो डुंगामा चढे । सुकिलो पोशाकधारी सानो ज्यानका मानिस । चम्किलो मुहार र चुम्बकीय आकर्षण भएको व्यक्तित्व । गाढा नीला आँखा । लाग्थ्यो, ती गहन आँखामा ज्ञानको नीलो सागर लुकिबसेको छ । उनको नाम चैतन्य मिश्र थियो ।


उनको हातमा एउटा झोला झुन्डिएको थियो पहेँलो रंगको । डुंगा चढ्नुअघि उनले आफ्नो गोडाबाट चप्पल खोलेका थिए । र, चप्पललाई शिर निहुराएर ढोगेका थिए । कस्तो आश्चर्य † जलविहारमा हामीले कुराकानी गर्‍यौँ ।


म : अलि राम्रोसित बस्नुस् । हुरीबतास चल्यो भने उडाई लैजाला ।


चैतन्य : मेरो चैतन्य चोलाको चिन्ता नलिनुस् । जीवनमा अनेक हुरीबतासलाई मैले सहेको छु/झेलेको छु ।


म : झोलामा के छ ?


चैतन्य : चैतन्य चोला ।


म : कस्तो राम्रो ! कता जाँदै हुनुहुन्छ ?


चैतन्य : म आफ्नो बालापन भेट्न जाँदैछु ।


बाल्यकालका स्वच्छता–निष्कपटता, चञ्चलता–निश्छचलता लगायत निर्दोषपनासित साक्षात्कार गर्न म घरबाट निस्केको हुँ, जसलाई सांसारिक घनचक्करमा मैले चटक्कै बिर्सेँ ।
म : डुंगा चढ्नुअघि तपार्इंले चप्पललाई ढोग्दा मलाई अचम्म लाग्यो ।


चैतन्य : यता आउनुअघि म द्वारबाहिरै चप्पल फुकालेर मन्दिर प्रवेश गरेको थिएँ । फर्केर गोडा घुसार्नै लाग्दा चप्पलले मसित भन्यो, ‘चैतन्य, तिमी कस्तो बैगुनी † मैले नै तिमीलाई चेतनाको मन्दिरसम्म ल्याइपुर्‍याएँ । तिम्रो बोधयात्रामा सधैँ तिम्रो साथ दिएँ । तिमीलाई काँडाहरुबाट जोगाएँ । तर, आज मन्दिर छिर्ने बेलामा आफू एक्लै छिर्‍यौ ।’ चप्पलको कुरा सुनी म झसंग भएँ । चप्पलले आज मलाई ठूलो ज्ञान दियो । चप्पललाई मैले गुरु ठानेँ । त्यसैले मैले गुरुको पाउमा शिर झुकाएको हुँ, ढोगेको हुँ ।
कस्तो आश्चर्य !


आँखामा ज्ञानको नीलो सागर बोकी निस्केका ती मानिसलाई मैले बिर्सनै सकिना । डुंगाको चैतन्य–संवाद मेरो हृदयमा पछिसम्म गढेर बस्यो । नदीको पल्लो किनारामा मैले त्यो दिन उनलाई बिदाइ गरेको थिएँ । पहेँलो झोला झुन्ड्याउँदै आफ्नो बालापनको निर्दोष पर्सोना खोज्न उनी आफ्नो बाटो हिाडेका थिए । जाँदा मलाई
‘पर्खिबस्नू, म फर्किआउँछु’ भनेका थिए । तर, कैयौँ दिन बिते,
उनी फर्केर आएनन् ।


बरु एक दिन एउटा बालक आयो । उसले सुकिलो पोशाक लगाएको । हातमा पहेँलो झोला झुन्ड्याएको ।
उसका आँखा नीला थिए । उसले मसित भन्यो, “बाजे, मलाई नदीपारि पुर्‍याइदिनुस् न । चकलेट दिउँला ।” झोलाबाट एउटा क्याटबरी निकालेर उसले मलाई दिन चाह्यो । मैले ‘भैगो बाबु पर्दैन’ भनेँ ।


ज्ञानको नदी तर्न चाहने त्यो बालकलाई मैले चिनिहालेँ । तैपनि, उसको मनको कुरा खोल्ने हेतु सोधेँ, “तिमी को हौ र कता जाँदैछौ ?”
“म चैतन्य हुँ,” बालकले भन्यो, “म मानव–समाजको अध्ययन गर्न संसारतिर जाँदैछु ।”


उसका नीला आँखामा मनुष्यनिम्ति एउटा सपना थियो र उसको बालबोलीमा अद्भुत आत्मविश्वास । उसको मुलायम हातका मसिना औँलाहरु सुम्सुम्याउँदै मैले भनेँ, “भविष्यमा तिमी समाजशास्त्रका प्रोफेसर बन्नेछौ । मानव–समाजको गहन अध्ययन गर्ने ज्ञानी मानिस हुनेछौ । किताब लेखेर अन्धकार समाजमा ज्ञानको प्रकाश छर्नेछौ । मानवलगायत जगत्का सम्पूर्ण प्राणीप्रति तिमी गुनी हुनेछौ । तिमी ज्ञान र गुनले ओतप्रोत एक असल मनुष्य बन्नेछौ । तिमीलाई मेरो आशीर्वाद  छ ।’


बालक डुंगाबाट ओर्लियो । यात्राका निम्ति मैले उसलाई शुभकामना दिएँ । झोलाबाट उसले एकजोर चप्पल निकालेर भुइामा राख्यो र हिाड्नुअघि शिर झुकाएर चप्पललाई ढोग्यो । ऊप्रतिको करुणाभावले मेरा आँखा रसाए ।


मेरो छाती हर्षले ढक्क फुल्यो र उसको चैतन्य–यात्राप्रति ढुक्क भएँ ।

Page 43
मनोरञ्जन

रङ

कभर गर्ल
- नेपाल संवाददाता

गाउने भनेपछि हुरुक्कै हुन्थिन्, त्रिशाला गुरुङ । परिवारलाई भने उनले गाएको फिटिक्कै मन नपर्ने । परिवार चाहन्थ्यो, नेपाल मेडिकल कलेजमा एमबीबीएस गरिरहेकी छोरीको सबै ध्यान पढाइमै होस् । त्रिशालालाई भने जसरी हुन्छ, गाउनु थियो । तर, गाएको भिडियो रेकर्ड गरेर फेसबुकमा राखुँ भने सबैले थाहा पाउने । भएभरका आफन्त फेसबुकमा । 

 

त्यही बेला इन्स्टाग्राम आयो, मोबाइलले रेकर्ड गर्दै स–साना क्लिप्स राख्न थालिन् । जुन गीत मन पर्‍यो, गायो, रेकर्ड गर्‍यो अनि विनासम्पादन अपलोड गर्‍यो । एमबीबीएस चौथो वर्षमा अध्ययनरत त्रिशालाले खुसी हुँदै सुनाइन्, “मेरो ‘प्यासन’ मात्र थियो । तर, फलोअर्स ह्वात्तै बढ्यो । अनि त, गाउने लत लागिहाल्यो ।”


यो दुई वर्षमा त्रिशालालाई १ लाख ४० हजारले इन्स्टाग्राममा पछ्याएका छन् । अहिले पनि बेला–मौकामा गीत राख्छिन् । तर, उनको क्रेज यसमा मात्र सीमित छैन । राजधानीका रेष्टुराँमा बरोबर प्रस्तुति दिइरहिन्छन् । युट्युबमा उनको अफिसियल च्यानललाई ६३ हजार ५ सयले सब्सक्राइब गरेका छन् ।


पछिल्लो कभर गीत ‘सपना भई...’ ले युट्युबमा ३६ लाख भ्युज पाएको छ । नेपाल ट्रेन्डिङमै छायो । कन्सर्ट–अफरको ओइरो लागेको छ । भन्छिन्, “यति हिट भइएला भनेर सोचेकै थिइनँ । इन्स्टाग्राम वरदान पो भयो ।”

Page 44
तीन किताब

आमाको अर्को रुप

आन्विका गिरी   आख्यानकार

तोत्तो–चान पढेपछि लाग्यो– मेरी छोरी र मेरै लागि लेखिएको किताब रहेछ । जापानी लेखक तेत्सुको कोरोयानागी लिखित यो किताबका कतिपय घटना मेरो जीवनसँग मिल्दाजुल्दा छन् । म सानो छँदा खुब चकचके थिएँ । मेरी छोरी पनि कक्षाकोठाको एकै ठाउँमा स्थिर भएर बस्न नसक्ने स्वभावकी छन् । नाचगान गर्ने, बाहिर ध्यान दिने खालकी । स्कुलबाट गुनासो आइरहन्थ्यो, म गइरहन्थेँ । छोरीको व्यवहारलाई विद्यालयले ठूलो समस्या ठान्यो । तर, म भन्थेँ– कुनै समस्या नै होइन यो । 

 

चार कक्षासम्म भारी गुनासो बोकेर मैले छोरीको स्कुल नै बदलिदिएँ । तोत्तो–चानको पनि उल्झन उस्तै छ– विद्यालय परिवर्तन गरिरहनुपर्ने । यो अहिले पनि छोरी र मेरा लागि दोहोर्‍याएर पढ्ने साझा किताब भएको छ । किताबको पहिलो पानाले नै मलाई तानेर अन्तिमसम्म लग्यो । अनुशासनको नाममा प्रश्न–निषेध गर्ने परम्परागत शिक्षा प्रणाली बदल्न पनि तोत्तो–चानले सघाउँछ । र, म लैंगिक समानताको भाव बाल्यकालदेखि नै दिनुपर्छ भन्ने सोचेर बालसाहित्य लेखिरहेकी छु । राजनीति मेरो पठनको रुचिको क्षेत्र हो ।


म्याक्सिम गोर्कीको आमा अरूले रुसी क्रान्ति बुझ्न पढे होलान् । तर, मैले आमाहरूको भूमिका र अप्ठेरा बुझ्न पाएँ । उपन्यासमा आमाले क्रान्तिमा सहयोग गरे होलान् । तर, मेरा लागि आमालाई नजिकबाट बुझ्न यो उपन्यास भरपर्दो सहयोगी बनिदियो । हामी विभिन्न क्रूर घटना सुन्छौँ– आफ्नै बच्चा बोकेर आत्महत्या गर्ने कस्तो निष्ठुरी आमा ? दुध नखुवाउने आमाहरूलाई गरिने गाली सुनेकै हो । तर, यो उपन्यास पढेपछि आमाको अर्को रूप पनि मैले देख्न पाएँ । घरका सातै दिदी–भाइले पढेका थियौँ, आमा । आमाहरूको संघर्ष र सम्बन्धलाई नजिकबाट देखायो किताबले । मेरी आमाको कुनै जागिर थिएन । घरको सबै काम आमाकै काँधमाथि थियो । तर, त्यो कामको कुनै अर्थ दिइन्नथ्यो । आमा भन्थिन्– आर्थिक रूपमा हामी सक्षम बन्नुपर्छ । आमाहरू जति आत्मनिर्भर हुन्छन्, त्यति नै स्वतन्त्रताको द्वार खुल्छन् ।


सन्तानले आमा र बालाई हेर्ने दृष्टि–पद्धति फरक हुन्छन् । आमालाई करूणा, माया, त्यागका आँखाले हेरिन्छ भने बालाई सम्मान, डर, निर्भरता, सामाजिक सम्मान आदिले । यो उपन्यास पढेपछि मेरी आमाको सामाजिक हैसियतबारे सोच्न थालेँ । र, आमालाई हेर्ने तरिकामा बदलाव आयो । आमासँगै आम महिलालाई हेर्ने मेरो दृष्टि पनि फेरियो ।
किताब पढ्ने मेरो गति तीव्र नै छ । म लेखकलाई भन्दा किताबलाई स्वतन्त्र ढंगले पढ्छु । र, त्यसरी नै मूल्यांकन गर्छु । सरल भाषाशैलीको पुस्तकसँग चाँडै झ्यामिन्छु । म तालिकाबद्ध अनुशासित पाठक होइन । पहिले गाह्रो लागेको पुस्तक बीचमै छोडिदिन्थेँ । तर, अचेल जबर्जस्ती किताब पढिछाड्छु ।


कुनै बेला म लैंगिक विषय–सन्दर्भमा आक्रोशित थिएँ । पढालेखा मान्छे पनि किन महिलाबारे उदार सोच राख्दैनन् भन्ने कुराले पिरोलिन्थेँ । सेकेन्ड सेक्स पढेपछि मेरो आक्रोशले जवाफ पायो । एकदमै माया गर्ने दाइले पनि बहिनीको प्रगतिमा किन साथ दिँदैन ? आफ्नो सर्वोच्चता कायम राख्नका लागि महिलालाई अघि बढ्न दिँदैन पुरुषले । तर, सिमोन द बुभाएरको यो किताब पढेपछि पुरुषवादी समाजको चिन्तन संरचनाबारे फरक रूपमा सोच्न थालेँ ।


एक दशकअघि घनश्याम भुसालको माक्र्सवाद प्रशिक्षणमा यस पुस्तकको महत्ता बुझेँ । र, खोजेर पढेँ । पुस्तकले पुरुष सर्वोच्चताका कारण र विभेदको भेद मेराअगाडि प्रस्ट खोलिदियो । प्रेमको नाममा महिलाको व्यक्तिगत निर्णयको ल्याकत खोस्ने पुरुषको हुर्काइ महफ्वपूर्ण हुँदोरहेछ भन्ने जान्न पाएँ । किताबले जीवनमा केही धारणा बनाउन सघाउँछ नै । तर, पढेका सबै मान्छे बदलिन्छ भन्ने पनि हुँदैन । नत्र विद्यावारिधि होल्डरले नै महिलाबारे तुच्छ टिप्पणी किन गर्थे !


प्र स्तुति : गुरुङ सुशान्त

Page 45
सम्झना

सूर्यास्त

- रमण घिमिरे

बाटो हिँड्दाहिँड्दै सुनेँ, ‘मनुजबाबु त बितेछन् ।’
२ जेठ ०७३ को अपराह्न मेडिकेयर अस्पताल, चाबहिलमा भेटिँदा हामीले खुसीमा सेल्फी समेत खिचेका थियौँ । त्यो सेल्फी हेरेर राम्रो भने उनले । प्रोस्टेटको समस्याले डा अर्जुनदेव भट्टकहाँ उपचार गर्न आएका रहेछन् । १२ वर्ष नपुग्दै एकै वर्ष बुवा र आमा गुमाएपछि आठ वर्षे भाइ पनि आफैँ हुर्काउँदाको कहर सुनाएका थिए त्यतिबेला ।


मैले चिनेका लेखक/कलाकार मनुजबाबु व्यवहारमा साह्रै सरल र सहज थिए भने सिद्धान्तमा अति अप्ठ्यारा । “तपाईंको जन्म दिन कहिले हो ?” उनको निवास हर्मिताजमा मैले सोध्दा बडो अप्ठ्यारो जवाफ दिएका थिए । “मानिस उसको योगदानले जन्मिन्छ । म देवकोटाको जन्म मुनामदन लेखेको वर्ष १९९२ लाई मान्छु । तर, मैले त्यसरी जन्मिन पाएको छैन । म हरेक सूर्योदयसँगै जन्मिन्छु र हरेक सूर्यास्तसँगै मर्छु । मलाई फेरि मेरो जन्मतिथि नसोध्नूस् ।”
चार वर्षकै उमेरमा पिता तुलसीसिंह मिश्रका मित्र माइला बाजेको चिलिम खाँदै गरेको चित्र बनाइदिएका रहेछन् उनले । त्यसैले दरबार हाइस्कुलबाट सुटुक्क भागेर जुद्धकला पाठशाला (अहिले ललितकला क्याम्पस) पुग्थे र चित्र बनाउन सिक्थे । पिताजीले थाहा पाएर रामधुलाइ गर्दा पनि जुद्धकला पाठशाला धाउन छाडेनन् ।


००६ मा राणाविरोधी क्रान्ति चरममा पुगेका बेला उनले पितालाई सोधेछन्– ‘बुवा ! यो प्रजातन्त्र भनेको के हो ?’ पिताले भनेछन्– ‘आफूलाई जे गर्न मन लाग्छ, त्यही गर्न पाइने व्यवस्था ।’ अनि उनको किशोर मनले भन्यो– यो प्रजातन्त्र त मेरो घरमा पो आउनुपथ्र्यो ।


नभन्दै पिताजी बितेपछि उनको प्रजातन्त्र आयो । उनी चित्रकलामा लागे, नरराज ढकालकहाँ गएर सङ्गीत सिके, बालकृष्ण समका अमरसिंह र भीमनिधि तिवारीको विवाहलगायत दर्जनौँ नाटकमा खेल्दै गए । छात्रवृत्तिमा तत्कालीन पूर्वी पाकिस्तानको ढाका आर्ट कलेज पढे । सन् १९६७ मा राजा महेन्द्र उनलाई भेट्न उनको आर्ट कलेजमै गएर भनेछन्– ‘तिमी यस वर्षको परीक्षा दिएर नेपाल आउनू !’


फर्केलगत्तै राजाले उनलाई नेपाल ललितकला संस्था (नाफा) को सदस्य बनाए । त्यसपछि उनले राजा महेन्द्रलाई देउता नै मान्न थाले ।


मनुजबाबु कस्ता चित्रकार हुन् भने एकै ठाउँ धेरै बेर स्थिर भएर बस्न नसक्ने व्यक्तिलाई पनि तीन घन्टा एउटै पोजमा बसाएर मुहार चित्र बनाए । तर, उनी फोटोबाट पेन्टिङ गर्ने कुराको घोर विरोधी थिए । उनलाई लाग्थ्यो, फोटो हेरेर पेन्टिङ गर्नु कसैको राम्रो कवितालाई सुन्दर हस्तलिपिमा उतारेर त्यसको मुनि आफ्नो नाम लेख्नुजस्तै नक्कली काम हो ।


०४६ सम्म ललितकला क्याम्पसमा प्राध्यापन गर्दै थिए मनजुबाबु । बहुदल आएपछि ‘म तिमीहरूको जागिर खान्नँ बरू आफ्नै बगैँचाको घाँस चर्छु’ भनेर ललितकला छाडिदिए । अनि, सार्वजनिक जीवनमा देखिएनन् । उनको विचार सकारे पनि नकारे पनि २९ वर्षसम्म उनी आत्मनिर्वासनबाट पटक्कै डगमगाएनन् ।

Page 46
पुस्तक

बर्किमार : थारु लोकमहाभारत

- अशोक थारु

शृंगारिक मानिने साउनको महिना, आच्छादित कालो मेघ, झरझर दर्केको वर्षे झरी । कोही मालुकाको पात त कोही खसर्‍या बाासको पातले ढाकिएको छतरी ओढेर, कोही खटौलीमा, कोही पिर्कामा, कोही काठको मुढामा बसेर धानको ब्याड काढिरहेका थारु पुरुषहरुको कण्ठबाट एक्कासि गुन्जिने गीत भाव हुन्छ–

बेबुरि बिना एक हम का चह्रावै, बिना बुढ्ढि टुह्मारे पाउ ।
ढनपटि ढन कुबेर टोर हिरडा बैस मोर डेओ र सिखा ।
भगमोटि सरन लेहबुा टोर नाम, डेबि ढरम डेबि बन्ढन बा ।।
(भगवती देवी ! म बुद्धिहीन, बाबरी फूलबिना तिम्रो पाउमा के
चढाऊा ? धनपति कुवेर मेरो हृदयमा बास गरुन् भन्ने कुरा उनलाई सिकाइदेऊ । म धर्मको बन्धनमा बााधिएर तिम्रो शरणमा आएको छु ।)


यी हरफ बर्किमारको समरौटी पैढारबाट उद्धृत गरिएको हो । विश्वसाहित्य बनिसकेको महाभारत थारु–लोकबाट कसरी अछुतो रहन सक्थ्यो र ! फलत: मानसी काव्यक्रिया कलामा निपुण थारु लोकमा बर्किमारको रचना हुन पुग्यो । शाब्दिक अर्थमा बर्की अर्थात् ठूलो,मार अर्थात् युद्ध ।


डङ्गौरा थारुलोकद्वारा डङ्गौरा थारु भाषामा रचिएको बर्किमार समरौटिक पैढार अर्थात् मंगलाचरणको अध्यायबाट प्रारम्भ भएर मूल महाभारतको आदिपर्व हुँदै स्वर्गारोहणको पैढारमा अन्त्य भएको छ ।


मूल महाभारत र बर्किमारमा केही ताफ्विक भिन्नता छ । बर्किमारमा अर्जुनको विकल्पमा भिवाा अर्थात् भीम नायक छन्, जसलाई थुप्रै काव्यमा
‘भलि र भिवाा अर्जुन ढनुर्ढर, काँरो मारि बहुट गाई’ भनेर नायक तुल्याइएको छ । स्वयंवरमा पनि मत्स्य वेधनमा भिवाा सफल भएर डुर्पटी अर्थात् द्रौपदीको पाणिग्रहण गर्दछन् । किन ? समाजशास्त्र र मानवशास्त्र नै पल्टाउनु पर्ला ।


मूल महाभारतीय पात्रका नाम उच्चारणगत पृथक्तालाई भाषाशास्त्रीय र ऐतिहासिकताको आधारमा मानकीकरणतर्फ गम्भीर हुन प्रेरित गर्दछ । काव्यमा क्षेत्रपालको सन्दर्भमा वैज्ञानिकहरुले क्षेत्रको परिकल्पना आआफ्नै तरिकाले गरेका छन् । मनोवैज्ञानिक कर्टल्युईले क्षेत्रको सिद्धान्तमा जीवनावकाशको परिकल्पना, जीववैज्ञानिक रुपर्ट सेल्डुकले मार्फाजिनेटिक फिल्डको सिद्धान्त र भौतिकशास्त्रमा क्वान्टमको प्रभावमा गुरुत्वाकर्षक ऊर्जा, समय र आकर्षण मिलेर बनेको क्षेत्रलाई महफ्व दिइएको पाइन्छ । गीतामा आकाश, तेज, वायु, जल, पृथ्वी, दस इन्द्रियहरु, शब्द, चेतना, धैर्य आदिलाई क्षेत्र भनिएको छ भने थारु लोकले प्रयोग गरेको क्षेत्र शब्दबारे दर्शनशास्त्र, भौतिक विज्ञान र मेटाफिजिक्सले के भन्ला ?


साहित्यिकताको सवालमा थारु लोकले द्रौपदीको मनोसंवेगलाई प्रतीकात्मक रुपमा करुण रसमा व्यक्त गरेको छ । थारु लोकले भेवााको उत्तेजित स्वभावको सन्दर्भमा यस्तो आशय आएको छ– तातो दुध सेलाएर पिउनुपर्छ, अन्यथा ओठ पोल्छ । तेज र क्षमाका गुण सबैमा हुन्छन् । योग्यजनले आफ्ना ती गुणको प्रयोग परिस्थितिअनुसार विवेकपूर्ण तरिकाले गर्नुपर्छ ।


थारु लोकले पुनर्जन्मबारे कोटारिन माईको मुखबाट व्यक्त गरिएको छ– पूर्वजन्ममा मैले केही पाप कर्म गरेकी थिएा होला, जसको परिणामस्वरुप मेरा पााच पुत्रलाई वनवास लाग्नु पर्‍यो ।


काव्यमा यस्ता दार्शनिक पंक्ति छन्– धन–सम्पत्ति, नाता–कुटुम्ब, तेरो–मेरो आदि कारणले आउने कामना निरर्थक हुन्छन् । सांसारिकताप्रतिको आसक्ति नै वास्तविक मृत्यु हो । प्राकृतिक मृत्युपश्चात सांसारिक औपचारिकताको लागि दानका वस्तु मात्र यो नश्वर शरीरसँग चितामा जान्छ, जो सँगै नष्ट हुन्छ । मृत्युपश्चात रहने धनको के मूल्य हुन्छ ?
समष्टिगत रुपमा बर्किमारले थुप्रै प्रश्न तेस्र्याउाछ । किन डङ्गौरा थारुहरुले पाण्डवहरुलाई आफ्नो ग्रामीण देवस्थल ठह्न्वामा देवताको रुपमा स्थापना गरेका छन् ? कुन्तीलाई स्थापित गर्ने थारु लोकले द्रौपदीलाई किन त्याग्यो ?


बर्किमारलाई थारु, नेपाली, अंग्रेजीमा एकैसाथ प्रकाशन गराएर विश्वसाहित्यको पंक्तिमा उभ्याइदिने मनसायका साथ यो पंक्तिकारसमक्ष आइपुगेका सूत्रधार कुर्त मेयर पनि पााच पाण्डवजस्तै स्वर्गारोहण भए । उनलाई स्वर्गमा लैजान पुष्पक विमान आयो होला ? उनी सँगसँगै धर्मराज गए होलान् ?


दिनेश चाम्लिङ राई, कल्पना घिमिरे र दीपेन्द्र गौचनले पुन: एक पटक फर्केर हेर्दा कस्तो लाग्ला ? राज्य अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ मा हस्ताक्षर गर्‍यौँ भन्नेमा सीमित भइदिने हो कि ? पुस्तान्तरण हुादै आएको मौखिक परम्परालाई थारु युवाले निरन्तरता देला ? हाम्रो दैलोतर्फ सुस्तरी पाइला सार्दैछ बडा दसैँले । गवाल्या टीका अर्थात् नवमी र राजा टीका अर्थात् दशमीको दिनमा पुन: हामीले सेतो टीका र जमरा लाउादै मादलको विशेष धुनमा पुन: बर्किमार गाउनेछौँ ।

Page 47
समीक्षा

नायक कि खलनायक ?

- राजकुमार बानियाँ

थम राणा प्रधानमन्त्री जंगबहादुरलाई खलनायक बनाउने चेष्टा त इतिहासमा भएकै छ । उनलाई नेपोलियन, हिटलर, क्रमवेल आदि महानायकको हाराहारी राख्ने कोसिस पनि नभएको होइन । जंगबहादुरकै साहिँला छोरा पद्मजंग राणाले डेढ सय वर्षअगावै लेखेका रहेछन्, लाइफ अफ महाराजा सर जंगबहादुर राणा (जीसीबी, जीसीएसआई) अफ नेपाल ।

सन् १९०९ (१९६६ विसं) मा इलाहावादको पायोनियर प्रेसमा मुद्रित अनि ०३७ मा रत्न पुस्तक भण्डारबाट पुनर्मुद्रित त्यही पुस्तकको कीराले खाएको अन्तिम प्रति भेट्टाएर अनुवादक रामबहादुर पहाडीले पुस्तकाकार दिएका छन्, जंगबहादुरको जीवनयात्रा ।

जंगबहादुरबारे अनेक तिलस्मी कहानी छन् नेपाली समाजमा । सनकी युवराज सुरेन्द्रको उक्साहटमा त्रिशूलीको पुलबाट घोडासँगै हाम फालेको, अग्निगर्भबाट आमाछोरालाई निकालेको, मत्ताहात्ती वशमा ल्याएको, धरहराबाट दुईवटा छातासहित हाम फाल्ने वाचा बाँधेको आदि । पुस्तकले पनि साहस, तुजुक, ह्याउ र फूर्तिमा जंगबहादुरलाई ‘सुपरम्यान’ नै देखाएको छ ।

चिनियाँ सम्राट्बाट उनले पाएको तक्मा ‘स्वाङ लिङ पुम्मा को को वाङ स्याङ’ को अर्थ हुन्छ– ‘सेनानायक, सर्वश्रेष्ठ, साहसी पुरुष, सकल काममा निपुण, बहादुर जनताका अग्रपुरुष र सर्वशक्तिमान राजा ।’ के जंगबहादुर धरतीकै सर्वश्रेष्ठ थिए त ?

रानी राज्यलक्ष्मीकी विश्वासपात्र पुतलीमैयाँमार्फत दरबारसँग हिमचिम बढाएका अनि कोतको नरसंहारपछि प्रधानमन्त्री र प्रधानसेनापतिका रूपमा उदाएका जंगबहादुरको आद्योपान्त बयान पुस्तकमा छ । र, यो भण्डारखाल र कोतपर्वको रक्तरञ्जित माहोल, भोट र अंग्रेजसितको कठिन लडाइँ अनि जंगबहादुरको बेलायत यात्राको विशाल दर्पण भएको छ ।
जंगबहादुरको बेलायत यात्राको रोजनामचा (डायरी) लाई स्रोतसामग्री बनाएर लेखिएको रहेछ पुस्तक । तर, त्यो डायरी जंगबहादुर आफैँले लेखे वा अरुलाई लेखाए ? पद्मजंगले यकिन गरेका छैनन् । पुस्तक छापिनु तीन वर्षअगावै बितेका पद्मजंगको लेखनमा कला र कपट दुवै भेटिन्छ ।

छोरा भएर पनि कतिपय ठाउँमा निर्ममसमेत भएका छन् पद्मजंग । पुतलीमैयाँसँगको प्रेम–सम्बन्धलाई नाटक मात्र नभनेर सहोदर मामा प्रधानमन्त्री माथवरसिंह थापाको हत्यापछि जंगबहादुरले गोहीको आँसु चुहाएको लेखेका छन् ।जंगबहादुरसँग असीमित अधिकार थियो । उनको मुखबाट झरेका प्रत्येक शब्द कानुन मानिन्थे । वंशजका आधारमा पद बाँडफाँट हुन्थ्यो । राष्ट्रको ढुकुटीको अपचलन कति भने बेलायतमा बिरामी हुँदा उनले डाक्टर फिस पाँच सय पाउन्ड दिँदा डाक्टरले एक सय पाउन्ड मात्र लिएछन् ।

पुस्तक पढ्दा जंगबहादुरको निजी र सरकारी व्यक्तित्व छुट्याउनै मुस्किल हुन्छ । १२ महिना २४ घन्टे ड्युटी । कसैको घरमा आगो लाग्दा उनै कुदेका छन्, राष्ट्रिय पुस्तकालयमा पुस्तक झिकाउनु पर्दा उनै तातेका छन्, घोडाको काठी बनाउन पनि उनकै आदेश चाहिएको छ, कुस्तीको पुरस्कार वितरणमा पनि उनकै गोडाले दु:ख पाएका  छन् ।

कताकता आँधीबेहरीमा परेको सामुद्रिक जहाजको एक्ला कप्तानजस्ता देखिन्छन् जंगबहादुर । केही हदसम्म उनले विश्वलाई वीरता र राष्ट्रवादको परिचय दिएकै हुन् । मुलुकलाई बाह्य आक्रमणबाट बचाउनुका साथै भारतको सिपाही विद्रोहमा सघाएको पुरस्कारस्वरुप कोलकातामा भर्तीकेन्द्र खुल्यो भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले पायो ।

लगातार दुई पुत्रवियोगले गलित अनि थकित जंगबहादुरको इहलीला समाप्तिको क्षण टिठलाग्दो छ । उनको अन्तिम सिकारलाई विम्ब बनाएर सेतो बाघ उपन्यास लेखे डायमनशमशेरले । राजेन्द्रविक्रमका पालामा १ करोड ९६ लाख प्रजा (जनसंख्या) या सन् १९४८ मा जंगबहादुर ३२ हजार सिपाही, दुई हजार क्याम्प सेवक, सात सय रासन कर्मचारीसहितको सिकारी दलबल लिएर तराई झरेका आदि प्रसंग भने विश्वसनीय लाग्दैनन् ।

जन्म र मृत्यु नै जीवनीको सीमास्तम्भ हो । पुस्तक जीवनीको सैद्धान्तिक पक्षबाट विचलित छैन । वास्तविकताबाट पनि विचलित छैन । पद्मजंगले आफूले देखेका, भोगेका र सुनेका आधारमा खिचेको बाबुको स्मृतिचित्र साहित्य र इतिहासको ठिम्मल उब्जा बनेको छ । लियो टल्सटायकृत वार एन्ड पिसका चारवटा ठेली उल्थाकार छवि पहाडीले दुरुस्तै राखेका छन् ।
शिलान्यासको ढुंगा खोज्न भवनै भत्काउने राजनीतिक प्रवृत्तिका कारण लेखक पद्मजंग स्वयं इतिहासको गर्तमुनि पुरिएका पात्र हुन् । त्यतिबेला राष्ट्रिय पुस्तकालयबाट युरोपेली आगन्तुकले फिर्ता नगरेका संस्कृतका हस्तलिखित ३९ ग्रन्थको सूची समेत पुस्तकमा उनले दिएका छन् । यो पुस्तक राणाकालीन इतिहासका जिज्ञासुका निम्ति ‘गोल्डेन टिकट’ नै हुन सक्छ ।


जंगबहादुरको जीवनयात्रा
लेखक : पद्मजंग राणा
प्रकाशक : ओरिएन्टल पब्लिकेसन
अनुवादक : रामबहादुर पहाडी
पृष्ठ : २९२
मूल्य : रु ४२५

Page 48
संस्मरण

ब्राजाकीको घडीभूत

- जीवनपानी

जीवनबाबु, मैले भूमिका लेखिसिध्याएँ, आज फुर्सद छ भने आउनुस् ।’१३ जेठ ०६२ । बिहानको करिब नौ बजे आएको फोनले मलाई खुसी बनायो । मनु ब्राजाकीले जहिल्यै बोलाए पनि फुर्सद छैन नभन्ने म । शनिबारको दिन, त्यो पनि जीवनपानीका तरङ्गहरूको भूमिका लिन बोलाउँदा फुर्सद छैन, आउँदिनँ भन्न त म बहुलाउनु पथ्र्यो ।

कतिखेर उहाँको निवासमा पुगूँझैँ भएको थियो मलाई । मेरो ‘कतिखेर आऊँ सर’ भनेर सोध्दा उहाँको जवाफ थियो, ‘म त दिनैभर घरैमा हुन्छु, बरु तपाईं आफ्नो अनुकूल मिलाएर आउनू ।’त्यतिबेला उहाँ बानेश्वरस्थित आलोकनगरमा बस्नुहुन्थ्यो । उहाँले ‘छालका उत्ताल तरङ्गहरू’ शीर्षकमा सुन्दर हस्ताक्षरसहित लामो भूमिका दिँदै भन्नुभयो– ‘भूमिका घरैमा लगेर फुर्सदले पढ्नु भए हुन्छ ।’ यति भनेर उहाँले भूमिकामा नलेखिएका गजल–विषयक केही सान्दर्भिक र मननीय तफ्वबारे बताउनुभयो ।

घरमा फुर्सदिलो भनेको उहाँ मात्रै हो । बाँकी सबै आ–आफ्ना काममा व्यस्त हुन्थे । कात्तिक, ०६० मा उहाँलाई मस्तिष्काघात भयो । यसपछि परिवारले उहाँलाई एक्लै बाहिर पठाउन चाहदैनथ्यो । डाक्टरले खुल्ला ठाउँमा एकाध घण्टा नियमित हिँड्नू तर एक्लै नहिँड्नू भनेका थिए । यस्तो विषम परिस्थितिले उहाँको डुलुवा स्वभावमा अचानक रोक लगाइदियो ।
घरबाट एक्लै बाहिर निस्कँदा उहाँ प्राय: ४/५ मिनेटको दूरीभन्दा टाढा जानुहुन्नथ्यो । मसँग बाहिर निस्कन भने परिवारको अनुमति लिनु पर्दैनथ्यो । भाउजूसँग सधैँ ‘ज्ञानु, म एकैछिन जीवनबाबुसँग बाहिर खुट्टा तन्काएर आउँछु है’ भनेर मात्रै निस्कनुहुन्थ्यो ।

हामी करिब २ बजेतिर घरबाहिर निस्कियौँ । पाँचै मिनेटमा चियानास्ताको पसल थियो । उहाँको सहज व्यवहार र नरम बोलीको गुरुत्वमा पसलवाला परिसकेको थियो । उधारो पनि चल्थ्यो । सुरुमा दुईवटा चिया भन्यौँ । उहाँले खुकुरी चुरोट सल्काउनुभयो । धूवाँ उडाउँदै परशु प्रधान, शैलेन्द्र साकार र नकुल सिलवाललाई सम्झनुभयो । ‘उनीहरूको घर यतै हो’ भन्दै खरीबोटतिर आँैलाले देखाउनुभयो । मित्र कुमुद देवकोटासँगका रोचक प्रसङ्ग झन्डै एक घण्टाजति सुनाउनुभयो । कतिपय कुरा बिर्सिंदा आफ्नो स्मरण शक्तिमा निकै ह्रास आएको भन्दै चिन्तित हुनुभयो ।
झन्डै १४ वर्ष उहाँले वनारसमा बिताउनुभएको रहेछ । ‘साहित्यका लागि वनारस मेरो जन्मथलो र नेपाल कर्मथलो’ भन्नुभयो । ०१६ देखि लेखिएका कथामा आफूले आफूलाई नपाउँदासम्म लेख्दै, च्यात्दै, फाल्दै गरेका प्रसंग पनि सुनाउनुभयो ।

मेरा आँखा अनायासै हातको घडीमा पुगे । साढे पाँच बजिसकेको रहेछ । घडीबाट आँखा उठाएर केही सेकेन्डमै म उहाँमा केन्द्रित भैसकेको थिएँ । भर्खरै अघिको उहाँको चन्द्रमुहारमा ग्रहण लागिसकेको थियो । रोषले सल्किएजस्ता नजरले पुलुक्क मतिर हेर्नुभयो । मेरो सातोपुत्लो उड्यो । अचानक यस्तो व्यवहारले मेरो हृदयमा महाभूकम्प आएझैँ भयो । उहाँ केही नबोली जुरुक्क उठ्नुभयो । जान्छु/जाऊँ केही नभनी फटाफट बाहिर निस्कनुभयो र निवासतिर लाग्नुभयो । म रनभुल्लमा परेँ । "

उहाँलाई के भएको हो ? मैले केही बुझ्न सकिनँ । घरबाट निस्कने बेलामा भाउजूले ‘बाबु, अहिले फर्किंदा दाइलाई घर अगाडिको ओरालोसम्म पुर्‍याइदिनू है’ भनेको सम्झिएँ । म उहाँलाई भेट्टाउन निस्किएँ । भेट्टाएँ । आफूसँगै छ भन्ने थाहा हुँदा पनि उहाँ न मतिर फर्किनुभयो, न त मसँग बोल्नु नै भयो । घरअगाडिको ओरालोमा पुगेपछि मैले ‘सर जानु है’ भनेँ । बिनाप्रतिक्रिया घरभित्र छिर्नुभयो । आत्मघाती गोल हानेर आफ्नो टिमलाई हराउने खेलाडीको अवस्थामा म घर पुगेँ । र, यसबारे घरमा केही कुरै गरिनँ । खाना खाएँ र सुतेँ । मस्तिष्कले आँखामा रातैभरि घडीको दृश्य निरन्तर पठाइरह्यो ।

घडी हेर्नुअगाडि उहाँ सामान्य अवस्थामा हुनुहुन्थ्यो । एकाएक उहाँमा आएका यी सम्पूर्ण परिवर्तनका कारण मैले घडीमा हेर्नु नै हो । मेरो बुझाइको आजसम्मको निचोड यही हो । मलाई सुनाइरहँदा उहाँको अवस्था एकप्रकारको ध्यानजस्तै थियो ।

उहाँको क्रियाकलापले मलाई एउटा कार्यक्रममा डीपी भण्डारीले एक विदेशी विद्वान्को भनाइ राख्दै आफ्नो मन्तव्य टुङ्ग्याएको सम्झना भयो । उहाँले भन्नुभएको थियो– ‘जब तिम्रा भाषण सुन्ने श्रोताले कान कोट्याउन थाल्छन्, तिमीले भाषण छिटो सक्नतिर लाग । जब हाई गर्न थाल्छन्, तिम्रो भाषण अझ छोट्याऊ तर जब उनीहरूले घडी हेर्छन्, एकछिन पनि नपर्खी भाषण रोकिहाल । यदि तिमीले अझै भाषण गर्न थाल्यौ भने उनीहरूले तिमीलाई बहिष्कार गर्छन् ।’

ठ्याक्कै यही भयो । मैले घडीमा हेर्नासाथ उहाँले तुरुन्तै आफ्ना कुरा भन्न छाड्नुभयो । त्यसो त घडी हेर्नु अगाडि उहाँलाई सुन्न झञ्झट लागेर मैले कान कोट्याउने, हाई गर्नेजस्ता अग्रिम सूचना दिएकै थिइनँ । अर्थात्, भयो आजको पुराण यही पूरा गर्नुस्, घण्टी बज्यो, पिरियड सकियो, मलाई फेरि अर्काे ड्युटीमा जानु छ, यी कुनै कुराको अपिल मैले गर्न खोजेकै थिइनँ । उहाँलाई सुनेर म थाकेकै थिइनँ । सम्भव भए समय रोकेर सुनिरहूँ भएको थियो ।

उहाँ मेरो लत बनिसक्नुभएको थियो । उहाँलाई हृदयमा सजाइसकेको थिएँ । रातभर निदाउनै सकिनँ । उहाँलाई कुनै पनि हालतमा गुमाउन चाहन्नथेँ । तर, उहाँको त्यस्तो क्रियाकलापले मसँग ‘अब म तँसँग कहिल्यै बोल्दिनँ’ भनेझैँ लाग्थ्यो ।

उज्यालो भयो । ब्युँझेर घडीमा टोलाएँ । घडीको सानैदेखि सोखिन म । तर, एकाएक घडीको थर्माेमिटरमा मेरो सोखको पारो एक सय डिग्री सेल्सियसबाट चिस्सिँदै जिरो डिग्री सेल्सियसमा जम्न पुग्यो । यसैले अब कहिल्यै घडी नलगाउने बाचा गरी हातको घडी फुकालेर टेबुलमा राखेँ । बेचैनका ज्वारले मन अशान्त थियो नै । साँच्चिकै सापेक्षतावाद भनेको के हो भनेर कसैले सोध्दा आइन्स्टाइनले एकचोटि भनेका थिए– ‘जब तिम्री प्रेमिका तिम्रो काखमा घन्टौँसम्म बस्छिन्, तिमीलाई एक मिनेट पनि बितेजस्तो लाग्दैन । तर, जब तिमी तातो स्टोभमाथि मात्रै एक मिनेट बस्छौ, तिमीलाई त्यो एक मिनेट घन्टौजस्तो लाग्छ ।’ सापेक्षतावादको यो दोस्रो अवस्थाजस्तै भएको थियो मलाई ।

आइतबारदेखिका ती ६ दिन सम्झिँदा मलाई अहिले पनि पसिना आउँछ । यदि शुक्रबारको टुप्पोमा शनिबार नहुँदो हो त, कति दयनीय हुँदो हो जिन्दगी !

२१ गते शनिबार बल्ल आइपुग्यो । मैले उहाँलाई भेटेर मन शान्त पार्ने निधो गरेँ । मुटु सम्हालेर बिहानै ७ बजेतिर उहाँलाई फोन गरेँ । फोन उहाँकै आवाजमा उठ्यो । ‘आज आऊँ सर ?’ भन्दा उहाँले ‘तपार्इंलाई फुर्सद भए आउनुस्, म त घरैमा छु’ भन्नुभयो । ११:३० बजे उहाँको निवासमा पुगेँ । घरमा एक्लै हुनुहुन्थ्यो । उहाँको अनुहारमा पुलुक्क हेरेँ । हेर्दा अनुहारमा त्यो दिनका भैरवहरू कतै देखिन्नथ्यो । त्यो दिनको महारहस्यको कारक घडी भएको भए वा मैले घडी नलगाएको उहाँलाई सजिलै थाहा होस् भनेर छोटो बाहुले कमिज लगाएर गएको थिएँ, ताकि उहाँलाई मैले गल्ती स्वीकारेको जानकारी होस् ।

खासमा त्यो दिन के भएको थियो  ? त्यो दिनको कुरा कोट्याउन मलाई उचित लागेन । त्यसपछि पनि उहाँसँग मेरा कैयौँ भेटमा यसबारे केही कुरा कहिल्यै भएनन् । कुरा नभए पनि हरेक भेटमा त्यो दिनको घटना झन् गाढा भएर सम्झनामा आइरहन्थ्यो । पछिल्ला दिनमा भने उहाँलाई सुनिरहँदा मैले त्यो दिनको गल्ती कहिल्यै दोहोर्‍याइनँ । उहाँलाई सुन्दा निकै महफ्व दिएर सुन्थेँ । उहाँसँगका यस्ता सबै लौकिक दर्शन र श्रवणको सिलसिला १९ माघ ०७४ देखि अलौकिक बने ।

१४ जेठ ०६२ देखि ५ फागुन ०७४ सम्म मैले हातमा घडी बाँधिनँ । त्यो अवधिभर अरुको हातमा घडी देख्दा मलाई उहाँको सम्झना अझ घनिष्ठ बनेर आउँथ्यो । ५ फागुनदेखि फेरि हातमा घडी बाँध्न थालेको छु ताकि उहाँलाई पहिलाजस्तै पलपल सम्झिरहूँ !

Page 49
Page 50
प्रविधि

हाकिममैत्री एआई

- नेपाल संवाददाता

अनलाइन अध्ययन प्लेटफर्म कोर्सएरामा समाविष्ट नयाँ आर्टिफिसियल इन्टलिजेन्स (एआई) टुलले हाकिमहरूलाई आफ्ना कर्मचारीका तागत र कमजोरी पत्ता लगाई तिनको कार्यगत दक्षता थाहा पाउन सहयोग गर्ने भएको छ । कोर्सएरामा किनिएका कोर्स अध्ययन गर्ने क्रममा प्रयोगकर्ताका अध्ययन शैली, परीक्षाको प्राप्तांकजस्ता विवरण अध्ययन गरी यस टुलले हाकिमलाई उसका कर्मचारीबारे सुसूचित गर्छ ।

कोर्सएरा एआई टुल समावेश गर्ने पहिलो अध्ययन प्लेटफर्म भने होइन । युडासिटीले विद्यार्थीका अध्ययन प्रणाली हेरी आफ्ना कोर्स परिष्कृत–परिमार्जित गर्छ । यसबाहेक विद्यार्थीलाई उचित कोर्स छान्न पनि यसले सघाउने गर्छ ।

प्रविधि

ग्यालेक्सी एस–७ असुरक्षित

- नेपाल संवाददाता

सामसुङ ग्यालेक्सी एस–७ फोनमा प्रयोग हुने माइक्रोचिपमा प्रयोगकर्ताका सुरक्षामा आँच आउने त्रुटि भेटिएपछि सामसुङका अन्य फोनको पनि अध्ययन सुरु भएको छ । अस्ट्रियाको ग्राज प्राविधिक विश्वविद्यालयका अनुसन्धानकर्ताले यो त्रुटि पत्ता लगाएका हुन् । तिनले यसलाई ‘मेल्टडाउन’ नाम दिएका छन् ।

दक्षिण कोरियाली मोबाइल कम्पनी सामसुङले आफ्ना फोनमा सुरक्षाका दृष्टिले त्रुटि नआऊन् भनी सुनिश्चित गर्न खोज्छ । ग्यालेक्सी एस–७ मा त्रुटि भेटिएपछि त्यहाँका इन्जिनियर आतंकित बनेका छन् ।

प्रविधि

एप्पलमा बसेको मन

- नेपाल संवाददाता

‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा...’ बोलको गीत गाएर थुप्रै फ्यान कमाएकी आस्था राउत एप्पलका ग्याजेटकी फ्यान हुन् । उनी पहिले सामसुङका फोन चलाउँथिन् । एकचोटि आईफोनमा हात बसेपछि एन्ड्रोइडतिर फर्केर हेर्न पनि मन लाग्न छाड्यो । त्यसैले अहिले आईफोन एक्ससम्म आइपुग्दा पनि उनको एप्पलमोह उस्तै छ । भन्छिन्, “एप्पलका अन्य ग्याजेट पनि जोड्दै जान मन छ ।”

यही मोहले उनलाई म्याकबुक र आईप्याड पनि किनाएको छ । पहिले एसरको ल्यापटप चलाउँदा भाइरसले दिएको सास्तीबाट छुट्कारा पाउन उनले म्याकबुक किनेकी हुन् । अहिले त्यही म्याकबुक उनलाई मनपर्ने हजारौँ गीत स्टोर गर्ने थलो बनेको छ । फ्यान्सी घडी लगाउने बानीले आस्थालाई एप्पल वाचबाट भने केही टाढा पारिदिएको छ । “अब बिस्तारै एप्पलकै घडीमा बानी बसालूँ कि जस्तो लाग्छ,” उनी भन्छिन् ।

फोनमा फुर्सदमा गीत गाउँदै रेकर्ड गर्नेदेखि लिएर पोट्रेट मोडमा अनेकौँ तस्बिर खिच्नु आस्थाका रूचिमा पर्छन् । सुनाउँछिन्, “फोटोग्राफी डिभाइसका हकमा मसँग गोप्रो पनि छ । तर, फोटो खिच्नेबित्तिकै हेर्न नमिल्ने हुँदा अलि झन्झटिलो लाग्छ ।” फोटोग्राफीतर्फको अभिरूचिलाई मूर्त रूप दिन छिट्टै एउटा राम्रो क्यामरा किन्ने योजना रहेको उनी बताउँछिन् । आस्थाको रुचिमा आफ्नै स्टुडियो हेडफोन्स पनि छन् । उनी दिक्क मान्दै सुनाउँछिन्, “स्टुडियोको हेडफोन्स धेरैले चलाइसकेका हुन्छन् । म हेर्दैमा विरक्त !”

प्रविधि

बढे नेटफ्लिक्स प्रयोगकर्ता

- नेपाल संवाददाता

अमेरिकी मिडिया सेवाप्रदायक कम्पनी नेटफ्लिक्सको प्रयोग अमेरिकामा मात्र सीमित छैन, चीन, उत्तर कोरिया, सिरियालगायतका केही देशलाई छोडेर विश्वव्यापी भइसकेको छ । यसमा रहेका हजारौँ चलचित्र तथा टेलिभिजन शृंखला दिनहुँ लाखौँले हेर्ने गरेका छन् । विज्ञापनरहित भएकाले पनि यसलाई धेरैले रुचाउने गरेका छन् ।

नेपालमा नेटफ्लिक्स प्रयोगकर्ताले भोग्ने गरेको मुख्य समस्या हो, अन्तर्राष्ट्रिय भुक्तानी माध्यमको अभाव । पहिलो महिना नि:शुल्क सेवा पाइने भए पनि रजिस्टर गर्दा डेबिट, क्रेडिट वा पेपाल अकाउन्ट समावेश गरिएकै हुनुपर्छ । त्यसैले नेपालमा नेटफ्लिक्स अकाउन्ट खोल्न जटिल छ । त्यसमाथि, भने अनुरुपको द्रुत इन्टरनेट सेवा नपाउँदा भिडियो राम्ररी नचल्ने झन्झट त छँदैछ । तापनि, विदेशमा भएका साथीभाइका सहयोगले, नभए कुकी सम्पादन गरी ह्याकको विधि अपनाएरै भए पनि यसका प्रयोगकर्ता बढ्दै गइरहेका छन् ।नेटफ्लिक्सका विकल्पमा हुलु, अमेजन प्राइमजस्ता थुप्रै सेवा प्रदायक छन् । तर, नेटफ्लिक्समा विविध सामग्री उपलब्ध भएका कारण यिनको प्रयोगकर्ता तुलनात्मक रूपमा कम हुनु स्वाभाविकै हो ।

प्रविधि

स्न्यापच्याटको सोर्स कोड गिटहबमा

- नेपाल संवाददाता

आईओइसमा स्न्यापच्याट एप्लिकेसनको अब्जेक्टिभ–सी प्रयोग गरी लेखिएको सोर्स कोड अवैधानिक रूपमा गिटहबमा प्रकाशित भएपछि यसका डेभलपरमाझ तनावग्रस्त अवस्था सिर्जना भएको छ । स्न्यापच्याटको अनुरोधमा केही समयमै उक्त रेपो हटाइए पनि धेरैले कोड ब्याकअप गरिसकेको आशंका गरिएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तबाट खालेद अलशेहरी नाममा कोड पुस गर्ने व्यक्तिको गिटहब अकाउन्ट बनाइएको थियो । तर, अपराधीले यस्तो अपराधका लागि अनिवार्य रूपमा छद्मनाम र भीपीएन प्रयोग गर्छन् । कोड प्रकाशनको शैली हेर्दा यो कार्य ह्याकरको नभई कुनै गहन अध्येताको हुनुपर्छ भन्नेजस्ता धारणा बाहिर आइरहेका छन् ।

 

Page 51
Page 52
चित्रपट

निथ्रुक्कै...

- क्रान्ति पाण्डे

मौसम वर्षातको छ । कति बेला पानी पर्ने हो, कति बेला घाम लाग्ने हो, ठेगानै हुन्न । छाता च्यापेर हिँड्यो, पानी पर्दैन । छाता घरमै छाड्यो, पानी दर्किहाल्छ । प्रकृतिको लीला यस्तै छ । रुमानी मनलाई त वर्षात बहकिने बहाना बन्ला । तर, स्कुले केटाकेटीका निम्ति अपर्झट ओइरिने झरी त झुरै पो हँुदोरहेछ । राजधानीको मरुहिटीमा देखिएकी अभिभावकले बर्सादीको ओत दिएर बालबालिकालाई त जोगाइन् । आफू भने निथु्रक्कै !

 

Page 53
Page 54
झल्याकझुलुक

फ्लपको लस्कर

- नेपाल संवाददाता

अनुपविक्रम शाही अभिनीत फिल्म महिनैपिच्छेजसो हलमा लागिरहेका हुन्छन् । तर, नाफा त परै जाओस्, लगानीसमेत उठाउँदैनन् । जस्तो : उनको मुख्य भूमिका रहेको हुर्रे मात्र होइन, वीराङ्गना र झमकबहादुर पनि हिट भएन । पछिल्ला दुई फिल्म त आए/गएको पत्तै भएन । वीराङ्गनाको निर्माण पक्षसँग लफडा नै पर्‍यो । तैपनि, अनुपलाई फिल्मको खडेरी छैन । १ भदौमा उनी अभिनीत जय शम्भु प्रदर्शन हुँदैछ । बिग बजेटको यस फिल्ममा उनीसँगै प्रशान्त ताम्राकार र वर्षा शिवाकोटीको अभिनय छ । यसको व्यापारले उनको करिअरमा खास अर्थ राख्नेमा सन्देह छैन । त्यसैले प्रमोसनमा अनुपको लगाव हुनुपर्ने हो । विडम्बना ! प्रचारात्मक कार्यक्रमलाई बेवास्ता गर्ने उनको बानी यसपटक पनि बदलिएको देखिएन ।

झल्याकझुलुक

जता पनि स्वस्तिमा

- नेपाल संवाददाता

प्रतिक्षीत फिल्म हुन्– नाई नभन्नु ल ५, जय भोले र छक्कापञ्जा ३ । तीनै फिल्ममा एउटै हिरोइनको अभिनय छ, स्वस्तिमा खड्का । यी फिल्मले उस्तै शैलीका गीत सार्वजनिक गरेका छन्, जसमा स्वस्तिमाले नै कम्मर मर्काएकी छन् । आउँदो दसैँमा जय भोले र छक्कापञ्जा २ एकसाथ प्रदर्शन हुने सम्भावना छ । बुलबुल नामक फिल्ममा टेम्पो चालकका रुपमा देखिँदैछिन्, त्यसैले सुटिङ सुरु नहुँदै चर्चा बटुलिरहेकी छन् । फिल्म त भइहाल्यो, म्युजिक भिडियोमा पनि उस्तै व्यस्त छिन् । पति निश्चल बस्नेतसँग नाचेको ‘नाच फिरिरि...’ गीतले युट्युबमा एक सातामा १६ लाख भ्युज पायो । लाग्छ, पाएजति नछोड्ने रणनीति अवलम्बन गरिरहेकी छन् स्वस्तिमा । नाफा/घाटा, पछिको कुरा !

Page 55
झल्याकझुलुक

हिरो–हिरोइनको चिसो

- नेपाल संवाददाता

प्रदीप खड्का र पूजा शर्मा एकै साथ चम्किए, प्रेमगीतबाट । जसै फिल्म हिट भयो, प्रदीप–पूजाको दोस्ती दुश्मनीमा बदलिहाल्यो । फेसुबकमा समेत एकअर्कालाई ‘ब्लक’ गरे । न प्रेमगीत २ मा पूजा अटाइन्, न पूजाले निर्माण गरेको म यस्तो गीत गाउँछुमा प्रदीपले खेले । बरु चिसोपन बढ्दै गयो । हुँदाहुँदा उनीहरुका फिल्म एकआपसमा भिड्ने भएका छन् । २२ भदौमा पूजाको रामकहानी र प्रदीपको रोजी रिलिज हुने पक्का–पक्की भएको हो, जसमा प्रतिशोधको पल्ला भारी देखिन्छ । प्रेमगीतको सफलताको जस लिन प्रदीप र पूजाबीच सधैँ होडबाजी चल्छ । उनीहरुमा ‘म ठूलो स्टार हुँ’ भन्ने दम्भ प्रत्यक्ष/अप्रत्यक्ष देखिन्छ । नत्र, एकै दिन फिल्म रिलिज गर्नुको अर्को कारण केही होला र ? दीप खड्का र पूजा शर्मा एकै साथ चम्किए, प्रेमगीतबाट । जसै फिल्म हिट भयो, प्रदीप–पूजाको दोस्ती दुश्मनीमा बदलिहाल्यो । फेसुबकमा समेत एकअर्कालाई ‘ब्लक’ गरे । न प्रेमगीत २ मा पूजा अटाइन्, न पूजाले निर्माण गरेको म यस्तो गीत गाउँछुमा प्रदीपले खेले । बरु चिसोपन बढ्दै गयो । हुँदाहुँदा उनीहरुका फिल्म एकआपसमा भिड्ने भएका छन् । २२ भदौमा पूजाको रामकहानी र प्रदीपको रोजी रिलिज हुने पक्का–पक्की भएको हो, जसमा प्रतिशोधको पल्ला भारी देखिन्छ । प्रेमगीतको सफलताको जस लिन प्रदीप र पूजाबीच सधैँ होडबाजी चल्छ । उनीहरुमा ‘म ठूलो स्टार हुँ’ भन्ने दम्भ प्रत्यक्ष/अप्रत्यक्ष देखिन्छ । नत्र, एकै दिन फिल्म रिलिज गर्नुको अर्को कारण केही होला र ?

झल्याकझुलुक

अन्तिम अभिनय

- नेपाल संवाददाता

एउटा अभिनेताको आयु कति होला ? सम्भवत: जीवनपर्यन्त । कलाकारितामा संन्यास भन्ने शब्द अस्तित्वमा हुँदैन । तर कतिपय ‘भेट्रान’ अभिनेता अभिनयबाट दीर्घकालीन विश्राम लिन्छन् । तीन पटक ओस्कार अवार्ड जितेर रेकर्ड राखेका ड्यानियल डे–लिविसको ‘रिटायर्ड’ को चर्चा सेलाउन नपाउँदै अर्का महान् अभिनेता रोबर्ट रेडफर्ड, ८१, ले संन्यासको घोषणा गरेका छन् । द ओल्ड म्यान एन्ड द गन उनको अन्तिम फिल्म हुने भएको छ । इन्टरटेन्मेन्ट विक्लीसँग रोबर्टले भनेका छन्, ‘गर्न सक्दिनँ कहिल्यै भन्नुहुन्न । तर, म के निष्कर्षमा पुगेको छु भने अबचाहिँ अभिनयबाट निवृत्त हुन्छु । २१ वर्ष हुँदादेखि यही काम गर्दै आएको छु ।’

सन् १९६० मा रोबर्टले आफ्नो करिअर सुरु गरेका थिए, टल स्टोरीबाट । यसबीचमा उनका द भ्वाइस अफ चार्ली पोन्ट, थ्री डेज अफ कन्डर, आउट अफ अफ्रिका, अल द प्रेजिडेन्ट्स मिन, स्पाई गेमलगायत तीन दर्जनभन्दा बढी फिल्म प्रदर्शन भए । उनलाई मेगास्टार बनाउने फिल्मचाहिँ बुच क्यासिडी एन्ड द सन्डान्स किड् हो । सन् १९७३ उनका लागि निकै फलदायी रह्यो । द स्टिङ नामक फिल्म ब्लकबस्टर मात्र भएन, ओस्कार अवार्डमा उत्कृष्ट अभिनेता विधामा मनोनयनमा समेत परे । यसपछि त उनी हलिउडको आकर्षणको केन्द्रमा परिहाले । तर, स्क्रिप्टले मन जितेपछि मात्र फिल्म खेल्ने बानीलाई करिअरको अन्त्यसम्म निरन्तरता दिए ।

अभिनेताको रुपमा मात्र रोबर्टलाई लिइयो भने अपुरो हुन्छ । उनी अभिनयबाट जति सफल भए, त्योभन्दा कयौँ गुणा ख्याति कमाए, फिल्म निर्देशनबाट । सन् १९८० मा रिलिज भएको अडिनरी पिपल उनको डेब्यु निर्देशन थियो । यही फिल्मले चार विधामा ओस्कार अवार्ड जित्यो । रोबर्ट आफैँले उत्कृष्ट निर्देशकको अवार्ड पाए । क्युज सो नामक अर्को फिल्मबाट फेरि ओस्कार जिते । अभिनय र निर्देशन मात्र होइन, निर्माणमा पनि सक्रिय रहे । प्रतिष्ठित सन्डान्स फिल्म फेस्टिभलका संस्थापक पनि रोबर्ट नै हुन् ।

दुई वर्षअगाडि बीबीसीसँगको अन्तर्वार्तामा रोबर्टले अभिनयबाट थाकिसकेको बताएका थिए । त्यसबेलादेखि नै उनले संन्यास लिने अनुमान सुरु भएको थियो । तर, द ओल्ड म्यान एन्ड द गन खेलेपछि मात्र उनले यो निर्णय लिएका छन् । यस फिल्ममा बैंक चोरका रुपमा देखा परेका छन्, जसले सत्र पटक बैंक चोरेको छ, सत्रै पटक जेलमा परेको छ । यसलाई सत्य घटनामा आधारित फिल्म भनिएको छ । बीबीसीसँग रोबर्टले भनेका छन्, ‘मेरो अन्तिम चरित्रप्रति असाध्यै उत्साही छु । किन कुनै नयाँ, सकारात्मक र उत्साहप्रद काम नगर्ने भन्ने लागेको छ । निर्देशनमा अझ एकाग्र हुन्छु ।’

Page 56
फिल्म

अविश्वसनीय तर सन्देशमूलक

कथामा भावनात्मक रंग दिनुको सट्टा प्रसंगबेगरका कमेडीमा रमाउनु दु:खद पक्ष
- गोकर्ण गौतम


छोरी घरभित्रै खुम्चनुपर्छ, कलाकारितामा लाग्नैहुन्न भन्ने साँघुरो सोचलाई चिर्न लागिपरेको छ, बलिउड । यस्ता सिनेमाले महिला सशक्तीकरणमा कहीँ न कहीँ योगदान पुर्‍याउँछन् । प्रचुर गायन भएर पनि बाबुको कारण बाहिर निस्कन नसकेकी छोरीको संघर्ष देखाइएको सेक्रेट सुपरस्टारले काफी प्रशंसा बटुल्यो । यतिबेला छोरीलाई गायिका बनाउन मरिहत्ते गर्ने बाबुको कथा समेटिएको फिल्म प्रदर्शित छ, फन्ने खान । अतुल मान्जरेकर निर्देशित फिल्ममा अनिल कपुर, ऐश्वर्या राय बच्चन, राजकुमार रावको मुख्य भूमिका छ । फन्ने खान बेल्जियन फिल्म एभ्रिबडिज् फेमसको रिमेक हो । कथा र पात्र बलिया भए पनि अविश्वसनीय र नाटकीय प्रस्तुतिले फिल्मलाई अब्बल हुनबाट रोकेको छ ।

आफू मोहम्मद रफी बन्न नसके पनि छोरी लता शर्मा (पिहु सन्द) लाई लता मंगेशकर बनाउने सपना बुनेका छन्, प्रशान्त शर्मा (अनिल) ले । कुनै समयका आर्केस्ट्रा गायक प्रशान्त आºना साथीभाइमाझ फन्ने खानका रुपमा परिचित छन् । स्वर मीठै भए पनि मोटी भएकै कारण लतालाई स्टेजमा मजाकका रुपमा उडाइन्छ । गायिका बन्ने सपनाबाट हार खान्छिन् । त्यही बेला प्रशान्तले आफ्ना साथी अधीर (राजकुमार) सँग मिलेर चर्चित गायिका बेबी सिंह (ऐश्वर्या) लाई अपहरण गर्छन् । उद्देश्य उही, बेबीलाई प्रयोग गरेर छोरीलाई हिट बनाउने । तर, लप्पनछप्पन नजान्ने प्रशान्तको चाह पूरा होला कि अरु तनाव आइलाग्छ ? यसकै वरपर घुमेको छ फिल्म ।

गायिकालाई चाहिने प्रधान गुण हो, श्रुतिमधुर आवाज । तर, स्वर मात्र होइन, शरीर पनि आकर्षक हुनुपर्ने अपेक्षा राख्छ समाज । त्यसैले त, मोटो ज्यान लताको गायन करिअरका लागि अवरोध बनिदिन्छ । हीनताबोध पलाउँछ तर उनका बाबु प्रशान्तचाहिँ छोरीको गायन प्रतिभाप्रति विश्वस्त छन् । आफैँ एकल एल्बम निकालिदिने धोको छ उनको । बाबुछोरीको यही प्रेमिल रसायन फन्ने खानको ‘ब्युटी’ हो । तर, बेबी सिंहको अपहरण भएसँगै फिल्मको लय बिथोलिन्छ । कथावस्तु र पात्र अनुसार यथार्थपरक ढंगले कथा अगाडि बढाउनुको सट्टा नाटकीय बनाइन्छ । प्रशान्तले बेबीको म्यानेजरले टेप रेकर्ड दिएको, प्रशान्त र बेबीको भेट, म्यानेजर र लतासँगको सम्बन्ध, रियालिटी सोमा अपहरणको प्रत्यक्ष प्रसारणलगायतका दृश्यमा निर्देशक मान्जरेकरको परिपक्वता झल्कँदैन । कथामा भावनात्मक रंग लेपन गर्नुको सट्टा प्रसंगबेगरका कमेडीमा रमाउनु दु:खद पक्ष हो ।

साना बजेट र स्टारसँग फिल्म खेल्दाखेल्दै ऐश्वर्याको प्रेमीको भूमिकामा देखिनु राजकुमार रावको छलाङ हो । अनिल कपुर र ऐश्वर्याजस्ता ख्याति कमाएका कलाकारबीच पनि उनी आफूलाई ‘मार्क’ गराउन सफल छन् । ऐश्वर्यासँगको अन्तिम दृश्य ज्यादै प्रेमिल छ । चुलबुले बाबुको भूमिकामा अनिल प्रिय लाग्छन् । आफ्नो उमेर सुहाउँदो शक्तिशाली भूमिकामा ढाल्दै लगेका छन् उनले । चरित्र अनुरुप ऐश्वर्याको सौन्दर्य र आनीबानीले दर्शकको ध्यान तानिरहन्छ । डेब्यु फिल्ममै जीवन्त अभिनय पस्किएकी छन् पिहु सन्दले । आनो शारीरिक बनोटसँग हीनताबोध गर्ने युवतीका लागि उनी आत्मविश्वासको स्रोत बन्न सक्छिन् । खासमा चारै मुख्य चरित्र आ–आºनो कोणबाट उम्दा छन् । तर, पटकथा बुन्ने क्रममा कमजोरी भएको छ । त्यसैले मध्यान्तरपछि फिल्म त्यति चोटिलो लाग्दैन । यद्यपि, ‘मोहब्बत...’, ‘हल्का–हल्का...’, ‘अच्छे दिन...’ लगायतका गीतलाई कथावाचनकै रुपमा प्रयोग गरिएको छ ।प्रभावकारी ‘ट्रिटमेन्ट’ नभएकाले फन्ने खान दर्शकको अपेक्षा पूरा गर्न असमर्थ छ । कताकता कथा नै अलपत्र परेको भान हुन्छ । तर, अनिल, ऐश्वर्या र राजकुमारका लागि मात्र हेर्दा भने निराश हुनुपर्दैन ।

Page 57
अचानक

‘बासी पस्केर दिन्नँ’

- मनबहादुर बस्नेत

दुई दशक पुरानो इटालियन नाटक कान्ट पे वान्ट पेको नेपाली संस्करण सकेको तिरौंला नत्र फिरीमा चल्दैछ, काठमाडौँको मण्डला थिएटरमा । रंगकर्मी सरिता गिरी नाटकमा गृहिणीको भूमिकामा छिन् । राज्यको अव्यवस्थाले सिर्जित सास्तीकी एक पात्र गिरीसँगको कुराकानी :

इटालीको त्यो अवस्था अहिलेको हाम्रो समाजसँग मिल्छ ?
नाटक लेख्दा त्यहाँको समाजमा उथलपुथल थियो । राज्यले कर लिन्थ्यो तर व्यवस्थापन भताभुंग । जनताले दु:ख पाएपछि करको औचित्य खोजियो । अहिले नेपालको अवस्था काटीकुटी त्यस्तै छ । सबैतिर भद्रगोल । नियम/कानुन छैन । नाटक हेर्नेहरूले त हाम्रै पीडा ठान्छन् ।

नाटकमा धेरैले निरन्तरता दिन सक्दैनन् । तपाईं त गुरुकुलको पहिलो छिमल भएर पनि टिकिरहनुभएको छ कसरी ?
धेरैले सोध्छन्, नाटक खेलेर बाँच्न पुग्छ ? गुरुकुलमै पढ्दा १०/१५ हजार रुपियाँ पाउँथ्यौँ । बाहिर नाटक खेल्दा थप हुन्थ्यो । त्यसैले पैसा कमाउनतिर कहिल्यै ध्यान गएन । नाटक प्यासन हो । कसरी टिक्ने ? व्यक्तिको जिउने शैलीमा भर पर्छ ।

आफ्नो अभिनय कौशलमा पहिलेभन्दा के भिन्नता पाउनुहुन्छ ?
म नयाँ नाटक आउनासाथ जिरोबाट सोच्छु । पुरानोलाई छाड्छु । त्यसबारे केही आउँदैन भन्ने सोचेर काम थाल्छु । बरु चरित्र नयाँ खोज्छु । बासी पस्केर दिन्नँ ।

फिल्मभन्दा नाटकमा सक्रिय हुनुहुन्छ । फिल्म नपाएर हो ?
वर्षमा फाट्टफुट्ट खेलिरहेकै छु । स्क्रिप्ट राम्रो लाग्यो भने खेल्छु । मरिहत्ते गर्दिनँ । फिल्म त आइरहेकै हुन्छन् । आफू त्यसमा फिट हुनुपर्‍यो ।

हिजोआज नाटक निर्देशनमा महिला आगमन बढ्दैछ । तपार्इं त्यतातिर किन नलागेको ?
मैले ‘एक्टिङ’ मात्रै पढेँ । निर्देशन र कलाकारिता फरक कुरा हुन् । निर्देशनमा मैले सिक्न बाँकी छ । त्यसैले अहिले निर्देशन गर्दिनँ ।

निर्देशन पढ्ने सोचमा हुनुहुन्छ ?
यो वर्षको अन्तिमतिर पढ्न बाहिर जान्छु होला । फेरि मैले अहिलेको उमेर अनुसार जति अभिनयमा मिहिनेत लगाउन सक्छु, पछि सक्दिनँ । यो उमेरमै निर्देशनमा लागेर पछि के गर्ने ? रिटायर्डमेन्टको उमेरलाई साँचेकी छु निर्देशन ।

गुरुकुललाई कत्तिको मिस गर्नुहुन्छ ?
पढेको, सिकेको र हुर्केकै त्यहाँ । सधैँ नाटक गथ्र्यौं । स्टेज नचढेको दिनै हुँदैनथ्यो । अहिले त ५/६ महिनामा स्टेज देखिन्छ । धेरै मिस गर्छु ।

Page 58
नोटबुक

त्रिविको मिचाइ

- विभु लुइटेल

क्म्प्युटर विज्ञान तथा सूचना प्रविधिको स्नातक तहको अन्तिम बोर्ड परीक्षा भएको महिनौँ बितिसकेको थियो, नतिजा आउने सुरसार थिएन । डीनको कार्यालय घेराउ र उपकुलपतिलाई निवेदन लेखी ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन । ०७० मा सुरु भएको चार वर्षे कार्यक्रम ०७५ मा आएर सकियो । तर, त्रिभुवन विश्वविद्यालयले आफ्नो दुनो सोझ्याउने उपाय निकालिहाल्यो । लब्धांकपत्रमा ०७५ मा नभई, ०७४ मै नतिजा प्रकाशन भएको देखाइयो । विदेशका विश्वविद्यालयमा भर्ना गर्न अब सबै विद्यार्थीले एक वर्ष ढिला भएको कारण सप्रमाण पेश गर्नुपर्ने हुन्छ । ती विश्वविद्यालयले अयोग्य विद्यार्थीका रूपमा हेर्छन् । त्रिविका पदाधिकारी भने यसमा तैँ चुप मै चुप छन् ।

त्यस्तै झमेलाको सामना ट्रान्स्क्रृप्ट लिँदा पनि भयो । १८ जेठमा आवेदन दिँदा परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले २५ दिनपछि मात्र ट्रान्स्क्रृप्ट दिन सकिने बताए । ३० दिनपछि जाँदा जवाफ आयो, “तपाइँको ट्रान्स्क्रृप्ट त आएकै छैन । केही दिनपछि आउनुहोस् ।” १५ साउनमा बल्ल ट्रान्स्क्रृप्ट हात पर्‍यो । उपकुलपतिलाई सोधेँ । डीन र पनिकाका पदाधिकारीलाई दोष लगाए । तिनलाई सोध्दा उल्टै उपकुलपति र रजिस्ट्रारलाई दोष लगाए । साँढेको जुधाइ, बाच्छाको मिचाइ ।

नोटबुक

इमरानबाट सिकौँ

- विभु लुइटेल

पाकिस्तानमा सर्वाधिक रुचाइएका पूर्वक्रिकेटर इमरान खानको चुनावपछिको भाषणले धेरैलाई मन्त्रमुग्ध तुल्यायो । परराष्ट्र सम्बन्ध सुदृढीकरणबारे उनले राखेको धारणाले त वाहवाही कमायो, प्रधानमन्त्री भवनलाई कुनै शैक्षिक संस्थामा र सम्पूर्ण गभर्नर निवासलाई होटलमा परिणत गरी धेरैभन्दा धेरै पर्यटक तान्ने उनको निर्णयको पनि चौतर्फी प्रशंसा भयो ।

हाम्रोमा भने अहिलेकाले मात्र नभई भूतपूर्व विशिष्ट पदाधिकारीले समेत सरकारी सेवासुविधा लिने चलन छ । कुनै मन्त्रीले आफूले पाउनुपर्ने आधारभूत सेवा–सुविधासमेत कटौती गरी सामाजिक हितमा टेवा पुर्‍याएका उदाहरण सायदै होलान् । भन्नेले भनिरहेका छन्, ‘इमरानसाग पैसाको छेलोखेलो छ । त्यति गरेर के नै फरक पर्‍यो ?’ तर, भ्रष्टाचारका कारण अधोगति लिएको पाकिस्तानलाई हुनेवाला प्रधानमन्त्रीको यस्तो उत्साहजनक मन्तव्यले केही राहत त पक्कै दिँदो हो ।

नोटबुक

कस्तो असंवेदना !

- विभु लुइटेल

सन् २०१२ मा भारतको नयाँ दिल्लीमा भएको निर्भया सामूहिक बलात्कार प्रकरणको सम्झना धेरैलाई होला । बीबीसीले यस घटनालाई लिएर गरेको भिडियो रिपोर्टिङमा अभियुक्तले निर्लज्ज भई महिला राती घुम्न निस्किएकाले बलात्कार हुनु स्वाभाविक रहेको र यसमा आफ्नो कुनै गल्ती नरहेको बताए । मिडियालाई पुलिसले पीडितको फोटोसहितको विवरण त उपलब्ध गरायो । सबैलाई मृत्युदण्ड दिए पनि एकलाई भने नाबालिग ठहर गर्दै हिरासतमुक्त गरियो । उनको विवरण कहीँ कतै खुलाइएन ।

हालै कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपश्चात हत्या भयो । त्यस्तो क्रुर तथा पाशविक घटनापछि सामाजिक सञ्जालमा उनको शवको हृदयविदारक तस्बिर व्यापक सेयर भयो । बलात्कारी त संवेदनहीन थिए नै, फोटो भाइरल बनाएर हामीले पनि हाम्रो संवेदना हराइसकेको प्रमाण दियौँ । पीडितका हकमा बालिग–नाबालिग मतलब गरिएन । बलात्कारका अधिकांश घटनामा यस्तै देखिने गरेको छ ।

हाम्रो रुढीवादी मान्यताले बलात्कारमा पुरुषको भन्दा बढी हात महिलाको रहेको ठान्छ । राती एक्लै हिँड्दा, छोटा लुगा लगाउँदा बलात्कृत हुने सम्भावना बढ्छ रे । त्यसो हुँदो हो त दिउँसै बलात्कार गरेर बालिकालाई झाङमा फालिँदैन थियो, बुर्का लगाएर पूरै आङ ढाकी हिँड्ने महिला बलात्कृत हुनु पर्दैनथ्यो । महिलालाई दोष लगाउने समाजले अब बुझ्न पर्‍यो, बलात्कारको कारण बलात्कारी हुन्, महिलाका आचरण होइनन् ।

Page 59
Page 60